काठमाडौँ — आगामी राष्ट्रियसभा तथा प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने क्रममा नेपाली कांग्रेसले आज निर्वाचन आयोगमा दल दर्ता गरेको छ।
कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले नेपालखबरसँग कुरा गर्दै आइतबार बिहान ११ बजे दल दर्ता निवेदन दियिएको जानकारी दिए। “पार्टीको निर्णयअनुसार राष्ट्रिय सभा र प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्यौँ,” पौडेलले बताए।
आयोगको कार्यसूचीअनुसार आगामी माघ ११ गते राष्ट्रिय सभा निर्वाचन हुँदैछ भने फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुनेछ। राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ताको समय आजसम्म खुला थियो, जबकि प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ताको समय मङ्सिर १० गतेसम्म रहनेछ।
आगामी निर्वाचनमा कांग्रेसको औपचारिक सहभागितासँगै प्रमुख दलहरूको तयारी थप सक्रिय बनेको छ।
Leave a Reply