लुम्बिनीको पुनरागमन: पोखरालाई हराउँदै प्लेअफ आशा कायम

काठमाडौँ, १३ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल) को आजको पहिलो खेलमा लुम्बिनी लायन्सले पोखरा एभेञ्जर्सलाई तीन विकेटले पराजित गर्दै प्लेअफ पुग्ने सम्भावनालाई जीवन्त राखेको छ।

लगातार हारपछि दबाबमा रहेको लुम्बिनीले आफ्नो पाँचौँ खेलमा उत्कृष्ट प्रदर्शन गर्‍यो। पाँच खेलबाट ४ अंक बटुलेसँगै लुम्बिनी तालिकामा पाँचौँ स्थानमा उक्लिएको छ।
हार बेहोरे पनि पोखराको प्लेअफ सम्भावना भने सकिएको छैन। चार खेलमा एक जीतसहित पोखराको झोलामा दुई अंक छन्।

पोखराले दिएको १५१ रनको लक्ष्य लुम्बिनीले १९.४ ओभरमा सात विकेट गुमाउँदै पूरा गर्‍यो।
लुम्बिनीकै कप्तान रोहित पौडेलले ४० रनको महत्वपूर्ण पारी खेले, निरोशन दिकवेल्ला ३७ रनका साथ चम्किए भने सन्दीप जोराले २५ रन जोडे।

पोखराका विपिन खत्री, मार्क टेलर र सागर ढकालले दुई–दुई विकेट लिए, जिमी निशमले एक विकेट थपे।

यसअघि टस हारेर ब्याटिङ थालेको पोखराले २० ओभरमा पाँच विकेटको क्षतिमा १५० रन बनाएको थियो। सुरुआत खराब भए पनि जिमी निशम र एडम रोसिङटनले पाँचौँ विकेटका लागि ९२ रनको साझेदारी गर्दै टोलीलाई सम्मानजनक स्कोरमा पुर्‍याए।

रोसिङटनले ६३ बलमा पाँच छक्का र सात चौकासहित ८१ रनको धुआँधार पारी खेल्दा निशमले ५१ रन जोडे।

लुम्बिनीतर्फ शेर मल्ल र तिलक भण्डारीले दुई–दुई विकेट लिए भने गुलबदिन नाइबले एक विकेट हात पारे।

आजै हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स आमनेसामने हुँदैछन्।

?????????????? ???????? ????????????? ??????????????? ??????? ??????? ?????? ????? ???????? ??? (??????) ??????? ????????????? ?????? ????????? ????? ????????? ? ???????? ????????? ???? ????? ????? ????? ???????? ?????? ? ??????? ??????? ?????÷????