रामधुनीमा सफारी चालकको हत्या प्रकरण : सुटरसहित ७ जना पक्राउ

सुनसरी, सुनसरीको रामधुनी नगरपालिका–९ मा दशैँलगत्तै सिटी सफारी चालक दिनेेशकुमार चौधरीको गोली हानी हत्या प्रकरणमा संलग्न आरोपमा सुटरसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ। सुनसरीका प्रहरी प्रवक्ता डीएसपी चन्द्र खड्काका अनुसार पक्राउ परेकामध्ये राजेश साह हत्याका मुख्य योजनाकार हुन्। अन्य पक्राउ परेकामा नन्दकिशोर साह, मोहम्मद इब्राहिम मिया, अंकित साह, प्रिन्स कुमार दास, गियास मन्सुरी र मिथलेश यादव रहेका छन्।

‘तन्त्रमन्त्र गरेर बिरामी बनायो’ भन्दै हत्या योजना

प्रहरीका अनुसार मुख्य आरोपी राजेश साहले आफूलाई दिनेशकुमार चौधरीले तन्त्रमन्त्र गरेर बिरामी पारेको दाबी गर्दै हत्याको योजना बनाएका थिए। योजनाअनुसार राजेशले सुटर मोहम्मद इब्राहिम मियालाई ६ लाख ५० हजार रुपैयाँ सुपारी दिएका थिए। त्यसमध्ये ३ लाख रुपैयाँ पेश्की भुक्तानी गरिसकिएको अनुसन्धानबाट खुलेको छ।

पुरानो रिसिइवी पनि रह्यो प्रमुख कारण

प्रहरीले प्रारम्भिक अनुसन्धानमा यो घटना पुरानो रिसिइवी र अन्धविश्वास दुवै मिसिएको कारणले भएको निष्कर्ष निकालेको छ। दशैँपछि घर फर्किरहेका दिनेशकुमार चौधरीलाई लक्षित गरी गोली प्रहार गरिएको थियो। प्रहरीले घटनामा प्रयोग भएको हतियार, सुपारी रकम र सम्पर्कका प्रमाण पनि बरामद गरेको जनाएको छ। पक्राउ परेका सातैजनामाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *