सूचना नेपाल
२४ माघ २०८१, बिहिवार

स्कुलको शुल्क तिर्न प्लास्टिकको फोहर

गुवाहाटी : भारतको असम राज्यको गुवाहाटीमा एक विद्यालयले शुल्कको साटो प्लास्टिकको फोहर लिने गरेको छ। आर्थिक रूपमा विपन्न १ सयभन्दा बढी विद्यार्थीलाई यस्तो व्यस्था गरिएको छ। उनीहरूले प्लास्टिकबाट हुने हानिका बारेमा स्थानीयलाई जागरुक बनाउने पनि गर्छन्। ‘

अक्षर’ नामक उक्त विद्यालय सन् २०१६ मा परमिता शर्मा र माजिन मुख्तरले शुरु गरेका हुन्। यहाँ आर्थिक रूपमा विपन्न ११० बालबालिका अध्ययनरत छन्। उनीहरूले प्रतिसाता शुल्कको रूपमा प्लास्टिकका थोत्रा १० देखि २० वटा सामान विद्यालयमा जम्मा गर्नुपर्छ। साथै स्थानीयलाई प्लास्टिक जलाउन नहुने सल्लाह दिने गर्छन्। रमिताले भनिन्, ‘हाम्रो विद्यालय निकै फरक छ। हामीले गरिब बालबालिकाका लागि शुरु गरेका हौं।’

अधिकांश बालबालिका शुल्क तिर्न नसकेर विद्यालयबाट निकालिएका विद्यार्थी हुन्। आर्थिक अभावमा पढ्न नपाएका विद्यार्थीलाई यसबाट राहत मिलेको छ। विद्यार्थीले विद्यालय परिसरमा पुराना प्लास्टिकबाट वातावरणमैत्री इँटा बनाएका छन्। ती इँटा विद्यालयमा शौचालय बनाउन र पर्खाल बनाउन प्रयोग गरिएको छ।

प्रतिकृया दिनुहोस्
ब्रेकिङ न्युज

समाचार390795651737853303

समाचार569284981737248530

समाचारसरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो

समाचारनेकपामा पुराना उम्मेदवार दोहोरिएनन्, के होला अर्थमन्त्री खतिवडाको सांसद पद ?

स्वास्थ्यके तपाईंंको पनि हतारमा खाना खाने बानी छ ?

खेलकुदइपिएलमा विदेशी खेलाडीका लागि नयाँ नियम

बिज्ञान / प्रविधीरुसले बनायो आवाजभन्दा २० गुणा तेज उड्न सक्ने मिसाइल, अमेरिका हेरेको हेर्यै

समाचारनेकपाले छान्यो नारायणकाजी श्रेष्ठसहित राष्ट्रिय सभाका १६ उम्मेदवार [नामावलीसहित]

समाचारसामान्य बदलावसहित प्रधानमन्त्री रोजगार कार्यक्रमको निरन्तरता, अढाइ अर्ब चाँडै पठाइँदै

प्रदेश ७डडेल्धुरामा भारी हिमपात : भिमदत्त राजमार्ग अवरुद्ध हुँदा ७ जिल्लाको यातायात ठप्प