सूचना नेपाल
१२ साउन २०८१, शनिवार

सीपीएलको ड्राफ्ट आज, नेपाली क्रिकेटरको सम्भावना कति ?

काठमाडौं, ८ जेठ । चार नेपाली खेलाडी पनि ड्राफ्ट सूचीमा परेको क्यारेबियन प्रिमियर लिग (सीपीएल) को ड्राफ्ट आज लन्डनमा हुँदैछ । नेपाली समयअनुसार साँझ ७ः४५ मा शुरु हुने उक्त ड्राफ्टबाट नेपालबाट विदेशी फ्रान्चाइज लिग खेल्नको लागि सन्दीप पछिको दोश्रो क्रिकेटर को बन्ने भन्ने फैसला हुनेछ ।

ड्राफ्टमा स्टार लेग स्पीनर सन्दीप लामिछाने सहित, युवा खेलाडीहरु दिपेन्द्र लामिछाने, रोहित पौडेल र सोमपाल कामी रहेका छन् । सन्दीपले यसअघि सीपीएलमा आफ्नो कौशल देखाइसकेका छन् ।

सन्दीपले खेलेको सेन्ट किट्समा पछिल्लो समय नयाँ लगानीकर्ता आएसँगै नेतृत्व पनि परिवर्तन भएको छ । अघिल्लो नेतृत्वबाट यस वर्षको फेब्रअरी महिनामा हङकङको कम्पनी सिटी स्पोर्टस् ग्रुपले सम्हालेको छ । सिटी स्पोर्टस् ग्रुपले नै हङकङको काउलून क्यान्टोन्स क्लब सम्हालेको छ । सन्दीप र अष्ट्रेलियाको पूर्व क्रिकेटर माइकल क्लार्कले सन् २०१६ मा यहि क्लबबाट हङकङ टी–२० ब्लीट्ज खेलेका थिए ।

यहि क्लबले वास्तवमा सन्दीपको क्षमताको पहिचान गरेको थियो  । काउलूनले नै सन्दीपलाई हङकङमा खेल्न बोलाएपछि माइकल क्लार्कसँग भेट भएको र त्यहि यात्रा लम्बिदैं इन्डियन प्रिमियर लिग (आईपीएल) सम्म पुग्न सम्भव भएको थियो ।

सन्दीपलाई विश्व क्रिकेटमा चिनिनु अघि आफ्नो क्लबको लागि छान्ने क्लबनै सेन्ट किट्सको व्यवस्थापनमा भएकोले पनि सन्दीपले यस सिजनमा रिटेन हुने उच्च सम्भावना देखिएको छ ।

त्यस्तै सन्दीप पछिल्लो समय शानदार फर्ममा रहेको कारण पनि सन्दीप टोलीमै रहने सम्भावना देखिएको बताइन्छ । त्यो बाहेक सन्दीप जस्तो भरपर्दो खेलाडीलाई सस्तो मूल्य अर्थात् पाँच हजार डलरमा किनेको कारण पनि सेन्ट किट्सले उनलाई नछोड्नु मनासिव हुने देखिएको छ । अघिल्लो सिजन सीपीएलमा खेल्दा कप्तान क्रिश गेलले सन्दीपलाई दबावमा खेल्न सकिने परिपक्व खेलाडी भनेका थिए ।

युवा खेलाडीद्वय रोहित पौडेल र दिपेन्द्र सिंह ऐरी पहिलो पटक कुनै पनी विदेशी फ्रान्चाइच टी–२० को ड्राफ्टमा परेका हुन् । सोमपाल भने यसअघि अफगानिस्तान प्रिमियर लिगको ड्राफ्टमा परेका थिए ।

यूवा खेलाडीलाई फ्रान्चाइज टोलीले विशेष महत्व दिने भएकाले अन्य नेपाली खेलाडीको सम्भावना पनि रहेको छ । विशेषगरी पेस बलिङ र तल्लो क्रममा ब्याटिङ गर्ने क्षमताको कारण सोमपाललाई कुनै टोलीले लिन सक्ने सम्भावना रहेको छ । त्यस्तैगरी अलराउन्ड क्षमताका दीपेन्द्र ऐरी र रोहित पौडेल पनि राम्रो विकल्प हुन् । न्यूनतम मूल्यमा खरिद गर्न पाइने भएकाले यि खेलाडीको थोरै सम्भावना रहेको नकार्न सकिंदैन ।

यस सिजनको ड्राफ्टमा चार नेपाली खेलाडी सहित कुल ५ सय ३६ खेलाडी ड्राफ्टमा परेका छन् ।

वेष्ट इन्डिज बाहेक अन्य २० देशका खेलाडीहरु सूचीमा परेका छन् । सीपीएल ड्राफ्टमा नेपालबाहेक अफगानिस्तान, अष्ट्रेलिया, बंगलादेश, बर्मुडा, क्यानडा, इंग्ल्याण्ड, हङकङ, भारत, आयरल्याण्ड, केन्या, न्युजिल्याण्ड, ओमान, पाकिस्तान, स्कटल्याण्ड, दक्षिण अफ्रिका, श्रीलंका, युएई, अमेरिका, जिम्बाबे र वेष्ट इन्डिजका खेलाडी रहेका छन्।

प्रतिकृया दिनुहोस्
ब्रेकिङ न्युज

समाचारसरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो

समाचारनेकपामा पुराना उम्मेदवार दोहोरिएनन्, के होला अर्थमन्त्री खतिवडाको सांसद पद ?

स्वास्थ्यके तपाईंंको पनि हतारमा खाना खाने बानी छ ?

खेलकुदइपिएलमा विदेशी खेलाडीका लागि नयाँ नियम

बिज्ञान / प्रविधीरुसले बनायो आवाजभन्दा २० गुणा तेज उड्न सक्ने मिसाइल, अमेरिका हेरेको हेर्यै

समाचारनेकपाले छान्यो नारायणकाजी श्रेष्ठसहित राष्ट्रिय सभाका १६ उम्मेदवार [नामावलीसहित]

समाचारसामान्य बदलावसहित प्रधानमन्त्री रोजगार कार्यक्रमको निरन्तरता, अढाइ अर्ब चाँडै पठाइँदै

प्रदेश ७डडेल्धुरामा भारी हिमपात : भिमदत्त राजमार्ग अवरुद्ध हुँदा ७ जिल्लाको यातायात ठप्प

अर्थ / पर्यटनसुनचाँदी धितोमा ३६ अर्ब ७९ करोड रुपैयाँ कर्जा

कला / साहित्यकसले पो देख्छ र मनको पहिरो !