सूचना नेपाल
१२ साउन २०८१, शनिवार

विश्वमै दुर्लभ गिद्धले चल्ला कोरल्यो

जाजरकोट, ९ जेठ। विश्वमै दुर्लभ मानिएको सुन गिद्ध र सेतो गिद्धले जाजरकोटमा चल्ला कोरलेको छ । यहाँको नलगाड नगरपालिका–५ पोखराको महादेवस्थान जङ्गलको सल्ली रूखमा लगाएको गुँडमा चल्ला कोरलेको हो ।

त्यस्तै विश्वमै दुर्लभ तथा लोपोन्मुख मानिएको सेतो गिद्धले बारेकोट गाउँपालिका–९ काप्तीको जङ्गलमा गुँड लगाएर चल्ला कोरलेको पक्षी संरक्षण सङ्घका केन्द्रीय सदस्य एवं पशु प्राविधिक गोविन्दबहादुर सिंहले बताए।
     
दुई÷तीन वर्षअघि सुन गिद्धले सोही जङ्गलमा अण्डा काढे पनि चल्ला भने कोरल्न सकेको थिएन । स्थानीयवासीका अनुसार सुन गिद्धले वर्षको एकपटक मात्र बच्चा कोरल्छ । जथाभावी वन फडानी, आगलागी वन अतिक्रमणलगायतका कारण यसको बासस्थान नास भई सङ्कटमा परेको छ ।
 
विश्वमै सङ्कटासन्ना अवस्थामा पुगेका दुर्लभ गिद्धले चल्ला कोरल्नु सुखद खबर भएको पक्षी संरक्षणकर्मी सिंहले जानकारी दिएकाछन्। जाजरकोटमा सुन गिद्ध, सेतो गिद्ध, हिमाली गिद्ध र हाडफोर गिद्धको बासस्थान रहेको चराविद् बद्री बरालले बताएकाछन् । एक अध्ययनका अनुसार जाजरकोटमा हिमाली गिद्ध ७५, हाडफोर गिद्ध छ, सुन गिद्ध दुई र सेतो गिद्ध चार फेला परेका छन् ।

पछिल्लो समय पशु उपचारमा प्रयोग गरिएको डाइक्लोफेनेक औषधिका कारण गिद्ध लोप हुने अवस्थामा पुगेका छन् । यस जिल्लामा यो औषधि अन्य जिल्लाको तुलनामा कम प्रयोग हुने भएकाले यहाँ गिद्धको बासस्थानको दृष्टिकोणले उपयुक्त देखिएको चराविद् बरालको भनाइ छ ।

सेतो गिद्धले समुद्री सतहबाट एक हजार ५०० मिटर उचाइमा रहेको जङ्गलमा चल्ला कोरलेको हो । गत फागुन पहिलो साता अण्डा पारेको सुन गिद्धले वैशाखमा चल्ला कोरलेको उहाँले जानकारी दिएकाछन्। सुन गिद्धको बासस्थान रहेको महादेवस्थान गोठथात जङ्गलमा विगत पाँच वर्षदेखि अध्ययनका लागि महीनामा तीनपटक अध्ययन टोली गइरहेको छ । रासस

प्रतिकृया दिनुहोस्
ब्रेकिङ न्युज

समाचारसरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो

समाचारनेकपामा पुराना उम्मेदवार दोहोरिएनन्, के होला अर्थमन्त्री खतिवडाको सांसद पद ?

स्वास्थ्यके तपाईंंको पनि हतारमा खाना खाने बानी छ ?

खेलकुदइपिएलमा विदेशी खेलाडीका लागि नयाँ नियम

बिज्ञान / प्रविधीरुसले बनायो आवाजभन्दा २० गुणा तेज उड्न सक्ने मिसाइल, अमेरिका हेरेको हेर्यै

समाचारनेकपाले छान्यो नारायणकाजी श्रेष्ठसहित राष्ट्रिय सभाका १६ उम्मेदवार [नामावलीसहित]

समाचारसामान्य बदलावसहित प्रधानमन्त्री रोजगार कार्यक्रमको निरन्तरता, अढाइ अर्ब चाँडै पठाइँदै

प्रदेश ७डडेल्धुरामा भारी हिमपात : भिमदत्त राजमार्ग अवरुद्ध हुँदा ७ जिल्लाको यातायात ठप्प

अर्थ / पर्यटनसुनचाँदी धितोमा ३६ अर्ब ७९ करोड रुपैयाँ कर्जा

कला / साहित्यकसले पो देख्छ र मनको पहिरो !