अरपोरा नाइट क्लबमा आगोलागी २५ जनाको मृत्यु , चार नेपाली पनि

भारतको गोवास्थित अरपोरा क्षेत्रमा अवस्थित एक नाइट क्लबमा शनिबार मध्यराति लागेको भीषण आगलागीमा परी चार नेपालीसहित २५ जनाको मृत्यु भएको छ । घटनामा ६ जना घाइते भएका छन्।

गोवा सरकारले सार्वजनिक गरेको विवरणअनुसार मृत्यु हुनेमध्ये २० जना क्लबका कर्मचारी थिए, जसमध्ये चार जना नेपाली नागरिक रहेको पुष्टि गरेको छ। हिन्दुस्तान टाइम्सका अनुसार मृत्यु हुने नेपालीमा चुर्णबहादुर पुन, विवेक कटवाल, सबिनसुदीप रहेका छन्। उनीहरूको स्थायी ठेगाना भने खुल्न बाँकी छ। गोवा सरकारले शव नेपाल पठाउने प्रक्रिया अघि बढाइने जनाएको छ।

इलेक्ट्रोनिक फायरक्रेकरका कारण आगलागी सुरु

अधिकारीका अनुसार क्लबभित्र नाचगान चलिरहेका बेला प्रयोग गरिएको इलेक्ट्रोनिक फायरक्रेकरबाट आगलागी सुरु भएको थियो। साँघुरा बाटोका कारण दमकल समयमै पुग्न नसक्दा आगो एकाएक फैलिएको थियो।
क्लबभित्र धेरैजसो मानिस भुइँतलामा र भान्सा आसपास थुनिएर ज्यान गुमाएको पाइएको छ। केही व्यक्तिको मृत्यु धुँवामा निसासिएर र केहीको जलेर भएको अधिकारीहरूले जनाएका छन्।

अवैध सञ्चालन, सुरक्षा मापदण्ड पालना नगरेको प्रारम्भिक निष्कर्ष

प्रारम्भिक अनुसन्धानले क्लबले आवश्यक अग्नि–सुरक्षा मापदण्ड पालना नगरेको र अवैध रूपमा सञ्चालन भइरहेको तथ्य बाहिर आएको छ।
गोवा प्रहरीले नाइट क्लबका महाप्रबन्धक र कर्मचारीसहित चार जनालाई पक्राउ गरेको छ। क्लबका मालिक सौरभ लुथरा र गौरव लुथराविरुद्ध पनि मुद्दा दर्ता गरिएको छ।
त्यसैगरी, नियमविपरीत क्लब सञ्चालन अनुमति दिएको आरोपमा गोवा सरकारका तीन वरिष्ठ अधिकारी निलम्बनमा परेका छन्।

मुख्यमन्त्रीको राहत घोषणा

गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले मृतकका परिवारलाई पाँच लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ राहत दिने घोषणा गरेका छन्। साथै, अनुमति बिना सञ्चालन भइरहेका नाइट क्लब तथा भीडभाड हुने स्थानहरूको तत्काल अडिट गर्ने तयारी भएको जनाएको छ।

मृतकहरूको सूची (देश/राज्य अनुसार)

नेपाल

  • चुर्ण बहादुर पुन
  • विवेक कटवाल
  • सबिन
  • सुदीप

अन्य राज्यहरू

  • मोहित — झारखण्ड
  • प्रदीप махतो — झारखण्ड
  • बिनोद महतो — झारखण्ड
  • सतीश सिंह — उत्तराखण्ड
  • सुरेन्द्र सिंह — उत्तराखण्ड
  • जितेन्द्र सिंह — उत्तराखण्ड
  • सुमित नेगी — उत्तराखण्ड
  • मनिश सिंह — उत्तराखण्ड
  • दिगम्बर पटिर — असम
  • राहुल तन्ती — असम
  • मनोजित माल — असम
  • सुनील कुमार — उत्तर प्रदेश
  • रोहन सिंह — उत्तर प्रदेश
  • डोमिनिक — महाराष्ट्र
  • मनोज जोरा — महाराष्ट्र
  • इसहाक — कर्नाटक
  • सुभास क्षेत्री — दार्जिलिङ, पश्चिम बंगाल
  • सरोज जोशी — दिल्ली
  • विनोद कुमार — दिल्ली
  • अनिता जोशी — दिल्ली
  • कमला जोशी — दिल्ली

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *