सूचना नेपाल
१२ साउन २०८१, शनिवार

जात्रै जात्राको आक्रामक व्यापार


351SHARES

काठमाडौं : शुक्रबारबाट प्रदर्र्शनमा आएको फिल्म ‘जात्रै जात्रा’ले देशभर आक्रामक व्यापार गरेको छ । सिंगल थिएटरको तुलनामा मल्टिप्लेक्समा व्यापार आक्रामक देखिएको छ । काठमाडौंका सिभिल मल, जय नेपाल, कुमारी, बिग मुभिज, छाया सेन्टर, ललितपुरको लबिम मललगायतमा दर्शकको चाप ९५ देखि शतप्रतिशत छ ।

चितवन, पोखरा लगायतका स्थानमा पनि दर्शकको चाप उच्च छ । चलचित्रका कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँले शुक्रबार र शनिबार दर्शकको चाप उच्च रहेको बताए । चलचित्रको इनिसियल व्यापार मात्र आक्रामक होइन, दर्शकले समेत यसलाई निकै नै राम्रो प्रतिक्रिया दिएका छन् ।

चलचित्रका कलाकार शनिबार गोपीकृष्ण हल पुगेका थिए । गोपीकृष्ण हलमा पुगेका नायक विपिन कार्कीले दर्शकको माया पाउने अपेक्षा गरे पनि यति धेरै माया पाउँछु भन्ने नलागेको बताए । नायिका वर्षा राउतले आफूहरूले मेहनत गरेर उत्कृष्ट चलचित्र बनाउने कोसिस गरेको र त्यो दर्शकको मायाले सफल भएको बताइन् ।

निर्देशक प्रदीप भट्टराईले चलचित्रको व्यापारसँगै दर्शकको प्रतिक्रिया पनि सुखद आएकाले चलचित्र लामो समयसम्म चल्नेमा विश्वस्त रहेको सुनाए ।

जीवनबारे धेरैले जवाफ खोजे पनि आजसम्म सर्वमान्य निचोड कसैले निकाल्न सकेको छैन । तर फिल्म ‘जात्रै जात्रा’ले भने गीतमार्फत नै निष्कर्ष निकालेको छ, ‘जीवन जात्रा हो ।’ जात्रालाई नेपाली समाजले दुईवटा अर्थमा लिन्छ— एउटा उत्सव, अर्को भद्रगोल । जीवन भद्रगोल मात्र छैन, उत्सवमय पनि छ । जीवनका यिनै आयामलाई बाँधेर निर्माण गरिएको चलचित्र हो— जात्रै जात्रा । तीन वर्षअघि प्रदर्शित ‘जात्रा’ जुन मोडमा आएर टुंगिन्छ, ‘जात्रै जात्रा’ त्यही फेरो समातेर अगाडि बढ्छ ।

प्रतिकृया दिनुहोस्
ब्रेकिङ न्युज

समाचारसरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो

समाचारनेकपामा पुराना उम्मेदवार दोहोरिएनन्, के होला अर्थमन्त्री खतिवडाको सांसद पद ?

स्वास्थ्यके तपाईंंको पनि हतारमा खाना खाने बानी छ ?

खेलकुदइपिएलमा विदेशी खेलाडीका लागि नयाँ नियम

बिज्ञान / प्रविधीरुसले बनायो आवाजभन्दा २० गुणा तेज उड्न सक्ने मिसाइल, अमेरिका हेरेको हेर्यै

समाचारनेकपाले छान्यो नारायणकाजी श्रेष्ठसहित राष्ट्रिय सभाका १६ उम्मेदवार [नामावलीसहित]

समाचारसामान्य बदलावसहित प्रधानमन्त्री रोजगार कार्यक्रमको निरन्तरता, अढाइ अर्ब चाँडै पठाइँदै

प्रदेश ७डडेल्धुरामा भारी हिमपात : भिमदत्त राजमार्ग अवरुद्ध हुँदा ७ जिल्लाको यातायात ठप्प

अर्थ / पर्यटनसुनचाँदी धितोमा ३६ अर्ब ७९ करोड रुपैयाँ कर्जा

कला / साहित्यकसले पो देख्छ र मनको पहिरो !