सूचना नेपाल
१२ साउन २०८१, शनिवार

सामुहिक बलात्कारमा संलग्न तीन जना पक्राउ

बेनी : बेनी नगरपालिका–४ डाँडाखेतमा १५ वर्षीया किशोरीमाथि सामुहिक बलात्कारमा संलग्न तीन जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। बेनी नगरपालिका– ५ का २६ वर्षीय कृष्ण बिक, २१ वर्षीय विकास किसान र १९ वर्षीय प्रेम किसानलाई बिहीबार जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन आयोजना गरी सार्वजनिक गरेको हो। 

घटनालगत्तै फरार विकास र प्रेम गाउँबाटै पक्राउ परेका हुन्। भागेर बागलुङको बुर्तीवाङ जाँदै गरेका कृष्णलाई मालिका गाउँपालिका–२ रुमबाट पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक महेन्द्र मरासिनीले बताए। 

‘उनीहरुविरुद्ध जवरजस्ती करणी मुद्दा दर्ता गरी जिल्ला अदालत म्याग्दीबाट अनुसन्धानका लागि हिरासतमा राख्न तीन दिनको म्याद थप गरेका छौँ,’ मरासिनीले भने, ‘प्रारम्भिक बयानका क्रममा अपराध स्विकार गरेका छन्।’

जेठ ६ गते राती १२ बजे घर नजिकैको शौचालय गएर फर्कँदै गरेकी किशोरीलाई नजिकैको बारीमा लगेर बलात्कार गरेका थिए। चिच्याउन र हारगुहार गर्न नपाउने गरी मुख थुनेर पालैपालो करणी गरेको पीडितकी आमाले दिएको जाहेरीमा उल्लेख छ। 

उनीहरुले मंगलबार बिहान सिंगा तातोपानी प्रहरी चौकी मार्फत उजुरी गरेका थिए। पीडित बालिका तीन घण्टा बेहोस भएकी थिइन्। उनको अवस्था अझै विक्षिप्त छ। किशोरीको बेनी अस्पतालमा उपचार भइरहेको छ। 

किशोरी र उनकी आमालाई प्रहरी कार्यालयमा रहेको आपतकालीन सहायता केन्द्रले आश्रय दिएको छ। आरोपितहरुले प्रारम्भिक बयानका क्रममा अपराध स्विकार गरेका प्रनाउ मरासीनिले बताए। 

पीडितले विकास किसानलाई चिनेको बताएपछि विकासको बयानको आधारमा कृष्ण र प्रेम पक्राउ परेका हुन्। कृष्ण केही दिनअघि विदेशबाट घर आएका थिए। उनीहरु तीनै जनाले बेनपा ५ डडुवामा लागेको मेलामा मदिरा सेवन गरेका अनुसन्धानका क्रममा खुलेको छ। 

मेला सकिएपछि राती किशोरीको गाउँमा गएका थिए। 

प्रतिकृया दिनुहोस्
ब्रेकिङ न्युज

समाचारसरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो

समाचारनेकपामा पुराना उम्मेदवार दोहोरिएनन्, के होला अर्थमन्त्री खतिवडाको सांसद पद ?

स्वास्थ्यके तपाईंंको पनि हतारमा खाना खाने बानी छ ?

खेलकुदइपिएलमा विदेशी खेलाडीका लागि नयाँ नियम

बिज्ञान / प्रविधीरुसले बनायो आवाजभन्दा २० गुणा तेज उड्न सक्ने मिसाइल, अमेरिका हेरेको हेर्यै

समाचारनेकपाले छान्यो नारायणकाजी श्रेष्ठसहित राष्ट्रिय सभाका १६ उम्मेदवार [नामावलीसहित]

समाचारसामान्य बदलावसहित प्रधानमन्त्री रोजगार कार्यक्रमको निरन्तरता, अढाइ अर्ब चाँडै पठाइँदै

प्रदेश ७डडेल्धुरामा भारी हिमपात : भिमदत्त राजमार्ग अवरुद्ध हुँदा ७ जिल्लाको यातायात ठप्प

अर्थ / पर्यटनसुनचाँदी धितोमा ३६ अर्ब ७९ करोड रुपैयाँ कर्जा

कला / साहित्यकसले पो देख्छ र मनको पहिरो !