सूचना नेपाल
१२ साउन २०८१, शनिवार

नेकपामा पुराना उम्मेदवार दोहोरिएनन्, के होला अर्थमन्त्री खतिवडाको सांसद पद ?

माघ ९ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले १६ जना उम्मेदवार टुंगो लगाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको सचिवाल बैठकले उम्मेदवारको टुंगो लगाएको प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिए ।

रिक्त १९ सदस्यमध्ये नेकपाले प्रदेश नम्बर २ मा २ सीट दिएर राजपासँग तालमेल गर्ने निर्णय गरिसकेको छ । राष्ट्रपतिले मनोनयन गर्ने कोटामा नियुक्त भएका डा. युवराज खतिवडासहित १९ जनाको पद रिक्त भएको हो ।

खतिवडाको ठाउँमा राष्ट्रपतिले मनोनित गर्न भएकाले १८ पदका लागि मात्र निर्वाचन हुनेछ । अर्थमन्त्री समेत रहेका खतिवडाको सम्बन्धमा के गर्ने भन्ने निर्णय नेकपाले गरिसकेको छैन ।

कार्यकाल सकिएपछि पनि उनी ६ महिनासम्म मन्त्री रहिरहन भने सक्छन् । ‘अन्य पुराना उम्मेदवार नदोहोरिएका कारण खतिवडा अपवाद बन्नुहोला जस्तो लाग्दैन, तर उहाँको नियुक्तिको प्रक्रिया बेग्लै भएकोले यसै भन्ने अवस्था छैन,’ नेकपा स्रोतले भन्यो । 

खतिवडाको कामप्रति प्रधानमन्त्री केपी शर्मा ओली सन्तुष्ट रहेपनि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने सन्तुष्ट छैनन् ।

खतिवडाको पहिलो बजेट नै चित्तबुझ्दो नभएको भन्दै प्रचण्डले पुरक बजेट ल्याउने प्रस्ताव गरेका थिए ।

चुनाव हारेकादेखि पार्टीमा विद्रोह गर्नेसम्म उम्मेदवार

नेकपाले प्रदेश नम्बर १ बाट इन्दु गौतम, देवेन्द्र दाहाल र गोपी अछामीलाई उम्मेदवार बनाएको छ ।

आछामी २०६४ सालको संविधानसभा निर्वाचनमा तत्कालीन माओवादीका तर्फबाट मोरङ ८ बाट प्रत्यक्ष निर्वाचित भएका थिए ।

प्रदेश नम्बर २ बाट तुलसा दाहाल र राधेश्याम पासवान तथा प्रदेश नम्बर ३ बाट गंगा बेलबासे र डा. बेदुराम भुसाल उम्मेदवार बनेका छन् । भुसाल नेकपा स्थायी समिति सदस्य हुन् । 

गण्डकी प्रदेशबाट भगवती न्यौपाने र नारायणकाजी श्रेष्ठ उम्मेदवार बनेका छन् । 

२०७४ सालको चुनावमा श्रेष्ठ तत्कालीन नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईसँग पराजित भएका थिए ।

प्रदेश नम्बर ५ बाट विमला घिमिरे, गोपाल भट्टराई र जगप्रसाद शर्मा उम्मेदवार बनेका छन् । कर्णाली प्रदेशबाट सुमित्रा बिसी र मायाप्रसाद आचार्य उम्मेदवार बनेका छन् ।

आचार्यले नेकपा प्रदेश समितिको सचिव पद अस्वीकार गरेका थिए ।

सुदूरपश्चिम प्रदेशबाट पूर्व माओवादी खेमाका तारामान स्वाँर र शारदा भट्ट उम्मेदवार बनेका छन् । स्वाँर यसअघि २०६४ सालको चुनावमा अछामबाट माओवादीको उम्मेदवार बनेका थिए ।

प्रतिकृया दिनुहोस्
ब्रेकिङ न्युज

समाचारसरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो

समाचारनेकपामा पुराना उम्मेदवार दोहोरिएनन्, के होला अर्थमन्त्री खतिवडाको सांसद पद ?

स्वास्थ्यके तपाईंंको पनि हतारमा खाना खाने बानी छ ?

खेलकुदइपिएलमा विदेशी खेलाडीका लागि नयाँ नियम

बिज्ञान / प्रविधीरुसले बनायो आवाजभन्दा २० गुणा तेज उड्न सक्ने मिसाइल, अमेरिका हेरेको हेर्यै

समाचारनेकपाले छान्यो नारायणकाजी श्रेष्ठसहित राष्ट्रिय सभाका १६ उम्मेदवार [नामावलीसहित]

समाचारसामान्य बदलावसहित प्रधानमन्त्री रोजगार कार्यक्रमको निरन्तरता, अढाइ अर्ब चाँडै पठाइँदै

प्रदेश ७डडेल्धुरामा भारी हिमपात : भिमदत्त राजमार्ग अवरुद्ध हुँदा ७ जिल्लाको यातायात ठप्प

अर्थ / पर्यटनसुनचाँदी धितोमा ३६ अर्ब ७९ करोड रुपैयाँ कर्जा

कला / साहित्यकसले पो देख्छ र मनको पहिरो !