सूचना नेपाल
१२ साउन २०८१, शनिवार

रुसले बनायो आवाजभन्दा २० गुणा तेज उड्न सक्ने मिसाइल, अमेरिका हेरेको हेर्यै

सी सेनाले आवाजको गति भन्दा २० गुणा तेज उड्ने एवनगार्ड हाइपरसोनीक मिसाइल सिस्टमलाई पहिलोपटक आफ्नो सेनामा सामेल गरेको छ । यस्ता मिसाइलहरू आफ्नो बाटो आफैं खोजेर हिंड्न सक्ने व्यवस्था गरिएको रुसी अधिकारीहरूले बताएका छन् ।

सँगसँगै यस्ता मिसाइलहरूलाई कसैले आक्रमण गर्न नसक्ने बताइएको छ ।

रुसी रक्षा मन्त्रालयले यी मिसाइलहरू कहाँ तैनाथ गरिएको छ भन्ने जानकारी दिएको छैन । रुसी सञ्चारमाध्यमहरूले स्रोतको हवाला दिँदै युराल पर्वतमा यस्ता मिसाइलहरू राख्न सक्ने सम्भावना रहेको समाचार प्रकाशित गरेका छन् ।

रुसले पहिलोपल्ट परमाणु हतियार बोकेर उड्न सक्ने यस्ता मिसाइलहरू बनाएको बताएका छन् । मंगलवार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भनेका थिए, ‘अहिले कुनै पनि देशसँग यस्ता हाइपरसोनीक मिसाइलहरू छैनन्, र यो मामिलामा हामी दुनियाँमै पहिलो भएका छौं ।’

रक्षा मामिलाका जानकार जोनाथन मार्कसले हाइपरसोनीक मिसाइल सिस्टमलाई सेनामा सामिल गरेर रुसले अमेरिकालाई पनि पछाडि छोडेको प्रतिक्रिया दिएका छन् ।

प्रतिकृया दिनुहोस्
ब्रेकिङ न्युज

समाचारसरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो

समाचारनेकपामा पुराना उम्मेदवार दोहोरिएनन्, के होला अर्थमन्त्री खतिवडाको सांसद पद ?

स्वास्थ्यके तपाईंंको पनि हतारमा खाना खाने बानी छ ?

खेलकुदइपिएलमा विदेशी खेलाडीका लागि नयाँ नियम

बिज्ञान / प्रविधीरुसले बनायो आवाजभन्दा २० गुणा तेज उड्न सक्ने मिसाइल, अमेरिका हेरेको हेर्यै

समाचारनेकपाले छान्यो नारायणकाजी श्रेष्ठसहित राष्ट्रिय सभाका १६ उम्मेदवार [नामावलीसहित]

समाचारसामान्य बदलावसहित प्रधानमन्त्री रोजगार कार्यक्रमको निरन्तरता, अढाइ अर्ब चाँडै पठाइँदै

प्रदेश ७डडेल्धुरामा भारी हिमपात : भिमदत्त राजमार्ग अवरुद्ध हुँदा ७ जिल्लाको यातायात ठप्प

अर्थ / पर्यटनसुनचाँदी धितोमा ३६ अर्ब ७९ करोड रुपैयाँ कर्जा

कला / साहित्यकसले पो देख्छ र मनको पहिरो !