सूचना नेपाल
२४ माघ २०८१, बिहिवार

इपिएलमा विदेशी खेलाडीका लागि नयाँ नियम

भरेस्ट प्रिमियर लिग (इपिएल)ले विदेशी खेलाडीको हकमा नयाँ नियम लागू गरेको छ । १ देखि १५ चैतसम्म काठमाडौंमा हुने इपिएल प्रतियोगितामा धनगढी तथा पोखरा प्रिमियर लिगमा सहभागी विदेशी खेलाडीले सहभागिता जनाउन नपाउने भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान)ले मान्यता प्रदान गरेसँगै इपिएलका निर्देशक आमिर अख्तरले बिहीबार विज्ञप्ति जारी गर्दै घरेलु लिगमा सहभागी विदेशी खेलाडी इपिएलमा सहभागी हुन नपाउने स्पष्ट पारेका छन् । नयाँ नियमअनुसार अब धनगढी तथा पोखरा प्रिमियर लिगका चर्चित विदेशी खेलाडीलाई इपिएलमा देख्न पाइनेछैन ।

निर्देशक अख्तरले इपिएलमा नयाँ प्रयोग गर्न र प्रतियोगितालाई रोमाञ्चक बनाउनकै लागि विदेशी खेलाडीका हकमा नयाँ नियम बनाइएको बताए । इपिएलमा सहभागी हुन चाहने विदेशी खेलाडीले सम्बन्धित राष्ट्रको ‘नो अब्जेक्सन लेटर’ अनिवार्य रूपमा प्रस्तुत गर्नुपर्ने उनले बताए ।

‘घरेलु लिगमा सहभागी भएकाबाहेक अन्य विदेशी खेलाडीले इपिएलमा भाग लिन एनओसी लेटरका साथ आउनुपर्छ,’ अख्तरले भने, ‘मलाई विश्वास छ, यसपटकको इपिएलमा उत्कृष्ट विदेशी खेलाडी आउनेछन् ।’ 

इपिएलको व्यवस्थापनले यसपटक खेलाडीलाई अनुबन्ध गर्न औसत मूल्य नै दुई लाख राखेको छ । एक टोलीले खेलाडीलाई दुई लाखभन्दा बढी मूल्य तिरेर भिœयाउँदा अनुबन्धित रकममध्ये ६० प्रतिशत खेलाडी तथा ४० प्रतिशत आयोजकको नाममा रहने इपिएलले जनाएको छ । खेलाडी किनबेच २ देखि ९ जनवरीसम्म हुनेछ । 

यसैगरी, नेपाली खेलाडीको रिलिज र ट्रेडको नियम लागू हुने उनको भनाइ छ । बिहीबारै सार्वजनिक भएका १८ खेलाडी ए समूहमा समावेश छन् । इपिएलमा सहभागी प्रत्येक फ्रेन्चाइज टोलीले समूह एका खेलाडीलाई ट्रेडमा राख्न पाउनेछन् । यस समूहमा राष्ट्रिय टोलीका खेलाडी छन् । 

प्रतिकृया दिनुहोस्
ब्रेकिङ न्युज

समाचार390795651737853303

समाचार569284981737248530

समाचारसरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो

समाचारनेकपामा पुराना उम्मेदवार दोहोरिएनन्, के होला अर्थमन्त्री खतिवडाको सांसद पद ?

स्वास्थ्यके तपाईंंको पनि हतारमा खाना खाने बानी छ ?

खेलकुदइपिएलमा विदेशी खेलाडीका लागि नयाँ नियम

बिज्ञान / प्रविधीरुसले बनायो आवाजभन्दा २० गुणा तेज उड्न सक्ने मिसाइल, अमेरिका हेरेको हेर्यै

समाचारनेकपाले छान्यो नारायणकाजी श्रेष्ठसहित राष्ट्रिय सभाका १६ उम्मेदवार [नामावलीसहित]

समाचारसामान्य बदलावसहित प्रधानमन्त्री रोजगार कार्यक्रमको निरन्तरता, अढाइ अर्ब चाँडै पठाइँदै

प्रदेश ७डडेल्धुरामा भारी हिमपात : भिमदत्त राजमार्ग अवरुद्ध हुँदा ७ जिल्लाको यातायात ठप्प