सूचना नेपाल
१२ साउन २०८१, शनिवार

निजी विद्यालय तत्काल बन्द हुँदैन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी ओलीले तत्काल निजी विद्यालय बन्द गराउने पक्षमा सरकार नरहेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले निजी क्षेत्रले शिक्षामा गरेको लगानी सुरक्षित हुने स्पष्ट पारे । उनले सरकारी विद्यालयमा गुणस्तरीय शिक्षाको व्यवस्था गरेपछि निजी क्षेत्रका विद्यालय आफै बन्द हुने तर्क गरे । बिहीबार काठमाडौंमा सुरु भएको हिसान शैक्षिक मेला उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकारी विद्यालयको स्तरमाथि उठाएपछि निजी क्षेत्रमा पढाउन कसैले पनि नलैजाने बताए । तर सरकारी विद्यालयले गुणस्तरीय शिक्षा नदिएसम्म निजी विद्यालय चलाउन पाउने प्रधानमन्त्री ओलीको भनाई छ । 

‘प्रतिस्पर्धाको जवाना छ । मैले निजी क्षेत्रलाई भनेको छु – निजी क्षेत्रलाई खतरामा पारिनेछ । सामुदायिक शिक्षालयहरुको स्तर यसरी माथि उठाईन्छ, निजी क्षेत्रको विद्यालयमा पैसा बुझाउन कोही आउँदैनन् ।,’ ओलीले भने, ‘जब सामूदायिक विद्यालयको शिक्षा गुणस्तरीय र निःशुल्क हुन्छ, तब निजी विद्यालय आफै बन्द हुन्छन् ।’

ओलीले निजी क्षेत्रलाई शिक्षामा लगानी बढाउन पनि आह्वान गरे । शिक्षा र स्वास्थ्य क्षेत्रमा राज्यले गरेको लगानी पर्याप्त नहुने प्रधानमन्त्री ओलीको भनाई थियो ।

प्रतिकृया दिनुहोस्
ब्रेकिङ न्युज

समाचारसरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो

समाचारनेकपामा पुराना उम्मेदवार दोहोरिएनन्, के होला अर्थमन्त्री खतिवडाको सांसद पद ?

स्वास्थ्यके तपाईंंको पनि हतारमा खाना खाने बानी छ ?

खेलकुदइपिएलमा विदेशी खेलाडीका लागि नयाँ नियम

बिज्ञान / प्रविधीरुसले बनायो आवाजभन्दा २० गुणा तेज उड्न सक्ने मिसाइल, अमेरिका हेरेको हेर्यै

समाचारनेकपाले छान्यो नारायणकाजी श्रेष्ठसहित राष्ट्रिय सभाका १६ उम्मेदवार [नामावलीसहित]

समाचारसामान्य बदलावसहित प्रधानमन्त्री रोजगार कार्यक्रमको निरन्तरता, अढाइ अर्ब चाँडै पठाइँदै

प्रदेश ७डडेल्धुरामा भारी हिमपात : भिमदत्त राजमार्ग अवरुद्ध हुँदा ७ जिल्लाको यातायात ठप्प

अर्थ / पर्यटनसुनचाँदी धितोमा ३६ अर्ब ७९ करोड रुपैयाँ कर्जा

कला / साहित्यकसले पो देख्छ र मनको पहिरो !