सूचना नेपाल
१२ साउन २०८१, शनिवार

नेकपाका अध्यक्षहरु नै सिध्दान्तका दुइ किनारमा

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल अझै सैध्दान्तिक रुपमा एक नभैसकेको कुरा उनीहरुले नै स्पष्ट पारिदिएका छन् । यसबारे ओली र दाहालवीच गहिरो असहमति देखिएको छ ।

पार्टी एकता घोषणा भएको एक वर्ष पूरा भए पनि पार्टीमा वैचारिक र सैद्धान्तिक विषयमा मतभेद कायमै रहेको देखिएको छ । गत वर्षको जेठ ३ गते मदन–आश्रित स्मृति दिवसको अवसरमा एक भएका तत्कालीन एमाले र माओवादीभित्र अझै सैद्धान्तिक विषयमा मतभिन्नता रहेको देखेर कार्यकर्तावीच नै अन्योल बढेको देखिएको छ ।

एकताका घोषणाको समयमा तीन महिनाभित्र एकताका सम्पूर्ण प्रक्रिया टुंगो लगाउने घोषणा नेकपाका शीष नेताहरूबीच नै खुलमखुला वैचारिक विषयमा दोहोरी चल्न थालेका छन् । शुक्रबार बल्खुमा भएको २६औं मदन आश्रित स्मृति दिवसमा नेकपाका अध्यक्षद्वयका धारणा फरकफरक धारणा आए । 

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले ओलीले मदन भण्डारीका विचार छोड्न नमिल्ने धारणा व्यक्त गर्दा अर्का अध्यक्ष पुष्पकमल दाहालले जनताको बहुदलीय जनवाद (जबज) र एककाइसौं शताब्दीको जनवादको फ्युजनमा जोड दिए । 

प्रधानमन्त्री ओलीभन्दा पहिले मन्तव्य राखेका दाहालले मदन भण्डारीको सिद्धान्त नै अन्तिम नभएको बताए । ‘यसको मतलव मदन भण्डारीले हिजो भन्नुभएको थियो, त्यही मात्र अन्तिम भने होइन,’ दाहालले भने । उनले जबजलाई दोहो¥याइरहने कि अघि पनि बढ्ने भन्दै प्रश्नसमेत गरे । 

ओलीले जबजलाई मार्गदर्शक मान्नुपर्ने धारणा राखेका थिए । उनले मदन भण्डारीका विचारलाई छोडन् नमिल्ने बताए । ‘हिजो जे भन्नुभएको थियो त्यही अन्तिम त होइन तर उहाँका विचारलाई सिर्जनात्मक रूपमा अघि सार्दै लानुपर्छ,’ ओलीले भने, ‘जननेता मदन भण्डारीले अघि सारेको विचारधारालाई हाम्रो पार्टीले छाड्नै मिल्दैन र छाड्दैन ।’

पार्टी एकताको एक वर्ष बिते पनि शीर्ष नेताहरूबाट नै सैद्धान्तिक वैचारिक विषयमा अझै सहमति जुट्न नसकेको प्रस्ट भएको छ । त्यसो त केही दिनअघि भएको युवा संघको वार्षिकोत्सव कार्यक्रममा अध्यक्ष दाहाल र सचिवालय सदस्य ईश्वर पोखरेलको धारणा पनि बाझिएको थियो । 

नेकपाले शुक्रबार सबै जनवर्गीय संगठनको नेतृत्व टुंगो लगाएको घोषणा गरे पनि नेता कार्यकर्ताहरू भने नेतृत्वप्रति अझै रुष्ट छन् । नेकपाका नेता रघुजी पन्तले विधि प्रक्रियाअनुसार एकता प्रक्रिया टुंगो नलाग्दा पार्टीभित्र असन्तुष्टि बढिरहेको बताए । ‘दुईजनाले गरेको निर्णय नै पूर्ण हो भन्ने धारणाले साथीहरूमा निराशा छाएको छ,’ उनले भने, ‘प्रक्रियाअनुसार सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटीमा छलफल गरेर सबै विषय टुंग्याएको भए राम्रो हुन्थ्यो ।’

हिमालय टाईम्स दैनिकका अनुसार, एकताको एक वर्षमा अधिवेशन गरिसक्नुपर्ने भए पनि अझै एकताका बाँकी काम नै टुंगो लगाउन नसक्दा पार्टीलाई हेर्ने धेरैको दृष्टिकोण फरक हुँदै गएको भन्दै उनले चिन्ता व्यक्त गरे ।

प्रतिकृया दिनुहोस्
ब्रेकिङ न्युज

समाचारसरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो

समाचारनेकपामा पुराना उम्मेदवार दोहोरिएनन्, के होला अर्थमन्त्री खतिवडाको सांसद पद ?

स्वास्थ्यके तपाईंंको पनि हतारमा खाना खाने बानी छ ?

खेलकुदइपिएलमा विदेशी खेलाडीका लागि नयाँ नियम

बिज्ञान / प्रविधीरुसले बनायो आवाजभन्दा २० गुणा तेज उड्न सक्ने मिसाइल, अमेरिका हेरेको हेर्यै

समाचारनेकपाले छान्यो नारायणकाजी श्रेष्ठसहित राष्ट्रिय सभाका १६ उम्मेदवार [नामावलीसहित]

समाचारसामान्य बदलावसहित प्रधानमन्त्री रोजगार कार्यक्रमको निरन्तरता, अढाइ अर्ब चाँडै पठाइँदै

प्रदेश ७डडेल्धुरामा भारी हिमपात : भिमदत्त राजमार्ग अवरुद्ध हुँदा ७ जिल्लाको यातायात ठप्प

अर्थ / पर्यटनसुनचाँदी धितोमा ३६ अर्ब ७९ करोड रुपैयाँ कर्जा

कला / साहित्यकसले पो देख्छ र मनको पहिरो !