सूचना नेपाल
१२ साउन २०८१, शनिवार

विदेशी पुरुषसँग नेपाली महिलाको अनमेल बिहे बढ्दो

हाम्रोदेस

असार १, २०७६

– नागार्जुनकी ३६ वर्षीया महिलााले चीनको हेनान प्रान्तका ५६ वर्षीय पुरुषसँग विवाह गरिन् । दुवै जनाले मंसिर ८ गमा काठमाडौँ जिल्ला अदालतमा दर्ता विवाहका लागि निवेदन दिए । सबै कानूती प्रक्रिया पुगेकाले निवेदन स्वीकृत भयो ।

– न्युयोर्क बस्ने ६५ वर्षका पुरुषसँग खोटाङकी ३३ वर्षीया युवतीले विवाह गरिन् । दुवैजनाले काठमाडौँ जिल्ला अदालतमा निवेदन दिई दर्ता विवाहको प्रमाण पत्र लिए । उनीहरु कात्तिक २९ गते दर्ता विवाहका लागि कानुन व्यवसायीसहित अदालत पुगेका थिए ।

– ४८ वर्षीय भारतीय पुरुषले २४ वर्षकी नेपाली युवतीसँग विवाह गरे । युवतीको भन्दा दोब्बर उमेर भएकाले उनले अदालती विवाह गरेका हुन् । यो अदालती विवाह जेठ ८ मा भएको हो ।

विदेशीसँग भएका यी अनमेल विवाहका उदाहरण प्रतिनिधिमूलक हुन् । पछिल्लो समय काठमडौँ जिल्ला अदालतमा पुगेर यसरी विवाह गर्नेको संख्या बढेको छ । उमेर हेर्दा आफूभन्दा १० देखि ३२ वर्ष जेठा विदेशी पुरुषसँग नेपाली युवतीले विवाह गरेका छन् ।

यसरी दर्ता विवाह गर्नेमा अधिकांश पुरुष विदेशी र युवती नेपाली छन् । काठमाडौँ जिल्ला अदालतको तथ्यांक हेर्दा सबैभन्दा धेरै नेपाली युवतीले अमेरिकी पुरुषसँग विवाह गरेका छन् ।

अस्ट्रेलिया, बेलायत, चीन, दक्षिण कोरिया, जापान, क्यनाडा, फिलिपिन्स, फ्रान्स, बंगलादेश, मलेसिया, पाकिस्तानलगायत देशका पुरुषसँग पनि नेपाली युवतीले अदालती विवाह गरेका छन् । नागरिक दैनिकमा भाषा शर्माको समाचार प्रकाशित छ ।

प्रतिकृया दिनुहोस्
ब्रेकिङ न्युज

समाचारसरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो

समाचारनेकपामा पुराना उम्मेदवार दोहोरिएनन्, के होला अर्थमन्त्री खतिवडाको सांसद पद ?

स्वास्थ्यके तपाईंंको पनि हतारमा खाना खाने बानी छ ?

खेलकुदइपिएलमा विदेशी खेलाडीका लागि नयाँ नियम

बिज्ञान / प्रविधीरुसले बनायो आवाजभन्दा २० गुणा तेज उड्न सक्ने मिसाइल, अमेरिका हेरेको हेर्यै

समाचारनेकपाले छान्यो नारायणकाजी श्रेष्ठसहित राष्ट्रिय सभाका १६ उम्मेदवार [नामावलीसहित]

समाचारसामान्य बदलावसहित प्रधानमन्त्री रोजगार कार्यक्रमको निरन्तरता, अढाइ अर्ब चाँडै पठाइँदै

प्रदेश ७डडेल्धुरामा भारी हिमपात : भिमदत्त राजमार्ग अवरुद्ध हुँदा ७ जिल्लाको यातायात ठप्प

अर्थ / पर्यटनसुनचाँदी धितोमा ३६ अर्ब ७९ करोड रुपैयाँ कर्जा

कला / साहित्यकसले पो देख्छ र मनको पहिरो !