सूचना नेपाल
१२ साउन २०८१, शनिवार

डाक्टर दम्पत्तिको घरझगडा : निलमले मागिन् सुरक्षा र न्याय

हाम्रोदेस समाचार

२ असार, वीरगञ्ज । श्रीमान डा. राजेशकुमार साहविरुद्ध घरेलु हिंसाको मुद्धा लडिरहेकी डा. निलमकुमारी साहले आफूले कतैबाट न्याय पाउन नसकेको गुनासो गरेकी छन् । वीरगञ्ज महानगरपालिका-६ स्थित ससुरा गम्भिरा साहको घरमा बस्दै आएकी उनले आफू असुरक्षित बनेको समेत बताइन् ।

जिल्ला प्रहरी कार्यालय पर्सा अन्र्तगत रहेको महिला तथा बालबालिका सेवा केन्द्रमा ०७५ माघ २० गते दर्ता नं ७०५१ मा उनले हालेको घरेलु हिंसाको मुद्दा पर्सा जिल्ला अदालतमा गएको थियो । अदालतले गत वैशाख १६ गते जारी गरेको आदेशपछि डा. निलम वैशाख १९ गते ताल्चा फोडेर ससुराको घर पसेकी हुन् ।

आदेश बदर गर्न परेको निवेदन उपर कारबाही गर्दै पर्सा जिल्ला अदालतले जेठ १६ गते पूनः बैशाख १६ कै आदेश सदर गरेको छ ।

नेपाल पत्रकार महासंघ पर्सा शाखामा आइतबार पत्रकार सम्मेलन गर्दै डा. निलमले अदालतको आदेशबाट घरमा बसिरहेको अवस्थामा सासु-ससुरा र पति मिलेर पटक-पटक घरबाट निकाल्ने प्रयास गरेको बताइन् ।

आफ्ना मिलोमतोका व्यक्ति जोगी साह, वीरेन्द्र साह, अमिरका पासवान, लिला कुमारी, मोतिलाल साह, पुनम कुमारी समेतले मिलेर घर निकाला गर्न खोजेको उनको भनाइ छ ।

गत जेठ २६ गते अहिले बस्दै आएको घरको ढोका तोडफोड गरी, अपशब्द प्रयोग गरी गालीगलौज गर्नुको साथै कुटपिट र लछारपछार गर्दै घरबाट निकालेर सार्वजनिक ठाउँमा लगेर दुर्व्यबहार गरेको उनी बताउँछिन् ।

‘अदालतको आदेश नमान्ने सासु, ससुरा र पतिका कारण मेरो जीवन धेरै कष्टकर भएको छ । मलाई कुटपिट र दुर्व्यबहार भएको छ । तर प्रहरी-प्रशासनले जाहेरी दरखास्त दर्ता नगरेर मलाई असहयोग गरेको छ,’ उनले भनिन् ।

ससुरा गम्भिरा साह छोरा राजेश अंश लिएर छुट्टै बसिरहेको अवस्थामा आफ्नो भागमा परेको घरमा बुहारी निलमले जर्बजस्ती आएर कब्जा गरेको आरोप लगाउँछन् । निलम बस्न थालेपछि झण्डै एक महिना उनीहरु घरै गएनन् । अहिले चाहिँ सोही घरमा गएर बसेका छन् । आफूलाई घरबाट निकाल्नका लागि शारीरिक तथा मानसिक दुवै किसिमको यातना दिइएको निलमको भनाइ छ ।

‘यो गर्मीमा मलाई पंखा र पिउने पानीबाट समेत वञ्चित गरिएको छ,’ उनले भनिन्, ‘घरमा परिवारका सदस्य सबै आइरहेका छन्, मेरो श्रीमान आउँदैनन् । यसको मतलब के हो त ?’

निलमका बुवा डा. निरञ्जन साहले छोरी निलम र आफ्नो जीवनको सुरक्षा हुनुपर्ने माग गरे । उनी सम्धी गम्भिरा साहले मागेको २५ लाख नदिएका कारण नै छोरीको यो अवस्था बनेको दावी गर्छन् ।

तर राजेशले भने निलमसँग आफ्नो जीवन चल्न नसक्ने अडान राख्दै आएका छन् । उनले ०७५ चैत २७ गते अदालतमा सम्बन्ध विच्छेदको मुद्धा दर्तासमेत गरेका थिए, जुन अदालतमा विचाराधीन छ । निलमले पनि घरेलु हिंसासँगै अंशबण्डापत्र वदर र जालसाजीको मुद्धा दिएकी छन् । सँगै उनले ०७६ वैशाख २६ गते जिल्ला प्रशासन कार्यालय पर्सामा जीउधनको सुरक्षाका लागि समेत निवेदन दिएकी छन् ।

पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले भने कुटपिट भएको भन्ने कुरामा प्रमाण नपुगेकाले उजुरी दर्ता नगरेको बताए ।

‘उनीहरुको पर्सा अदालतमा घरेलु हिंसा, सम्बन्ध विच्छेद तथा अंशवण्डाको मुद्धा चलिरहेको छ । कुटपिट भयो भनेर मकहाँ निलमजी आउनुभएको थियो । बेलुका अर्को पक्ष आउनुभयो । प्रारम्भिक अनुसन्धानका क्रममा आरोप अनुसारको प्रमाण पनि देखिएन । अन्यथा कुटपिटको उजुरी नलिने भन्ने कुरै हुँदैन,’ राठौरले दावी गरे ।

प्रतिकृया दिनुहोस्
ब्रेकिङ न्युज

समाचारसरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो

समाचारनेकपामा पुराना उम्मेदवार दोहोरिएनन्, के होला अर्थमन्त्री खतिवडाको सांसद पद ?

स्वास्थ्यके तपाईंंको पनि हतारमा खाना खाने बानी छ ?

खेलकुदइपिएलमा विदेशी खेलाडीका लागि नयाँ नियम

बिज्ञान / प्रविधीरुसले बनायो आवाजभन्दा २० गुणा तेज उड्न सक्ने मिसाइल, अमेरिका हेरेको हेर्यै

समाचारनेकपाले छान्यो नारायणकाजी श्रेष्ठसहित राष्ट्रिय सभाका १६ उम्मेदवार [नामावलीसहित]

समाचारसामान्य बदलावसहित प्रधानमन्त्री रोजगार कार्यक्रमको निरन्तरता, अढाइ अर्ब चाँडै पठाइँदै

प्रदेश ७डडेल्धुरामा भारी हिमपात : भिमदत्त राजमार्ग अवरुद्ध हुँदा ७ जिल्लाको यातायात ठप्प

अर्थ / पर्यटनसुनचाँदी धितोमा ३६ अर्ब ७९ करोड रुपैयाँ कर्जा

कला / साहित्यकसले पो देख्छ र मनको पहिरो !