सूचना नेपाल
१२ साउन २०८१, शनिवार

विद्युतीय सवारी साधन सञ्चालमा जोड दिँदै महानगर

काठमाडौँ, ९ जेठ । काठमाडौँको वातावरण प्रदूषण सुधार गर्न काठमाडौँ महानगरपालिकाले विद्युतीय सवारी साधन सञ्चालन गर्ने जनाएको छ ।

कामपाले बुधबार यहाँ आयोजना गरेको ‘जलवायु परिवर्तनमा फोहरमैलाले पारेको प्रभाव’ विषय गोष्ठीमा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले सवारी साधनबाट आउने धुवाँ कम हुनासाथ वातावरण प्रदूषणमा सुधार आउने हुँदा त्यसका लागि सम्बन्धित निकायसँग छलफल भइरहेको जानकारी दिए ।  

काठमाडौँ उपत्यकामा उत्पादन भएको घरेलु फोहरलाई दिगोरूपमा व्यवस्थापन गरेर जलवायु परिवर्तनमा पर्ने असर रोक्न सामूहिक सहकार्य आवश्यक हुने पनि प्रमुख शाक्यले बताए ।    

प्रमुख शाक्यले भने, “शहरमा रहेका समस्या पहिचान गर्नेभन्दा पनि समाधानको उपाय खोज्ने व्यक्तिको आवश्यक रहेको हुँदा आम नागरिकसँग जोडिएका समस्या समाधानमा विकल्प दिने जोकोहीलाई पनि स्वागत छ ।”

गोष्ठीमा उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ) ले फोहरमैला व्यवस्थापन भनेको एक पक्षले मात्र काम गरेर नहुने भन्दै यसको सुधारका लागि व्यक्तिगत आचरण सुधारबाट अघि बढ्नुपर्ने बताए ।  

गोष्ठीमा वातावरणविद् भूषण तुलाधरले कामपामा उत्पादन हुने फोहरले जलवायु परिवर्तनमा पारेको प्रभावका विषयमा कार्यपत्र प्रस्तुत गर्दै यसबाट हुने असर कम गराउन व्यक्तिगत तहबाट काम थालनी गर्नुपर्ने धारणा राखेका छन् । रासस

प्रतिकृया दिनुहोस्
ब्रेकिङ न्युज

समाचारसरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो

समाचारनेकपामा पुराना उम्मेदवार दोहोरिएनन्, के होला अर्थमन्त्री खतिवडाको सांसद पद ?

स्वास्थ्यके तपाईंंको पनि हतारमा खाना खाने बानी छ ?

खेलकुदइपिएलमा विदेशी खेलाडीका लागि नयाँ नियम

बिज्ञान / प्रविधीरुसले बनायो आवाजभन्दा २० गुणा तेज उड्न सक्ने मिसाइल, अमेरिका हेरेको हेर्यै

समाचारनेकपाले छान्यो नारायणकाजी श्रेष्ठसहित राष्ट्रिय सभाका १६ उम्मेदवार [नामावलीसहित]

समाचारसामान्य बदलावसहित प्रधानमन्त्री रोजगार कार्यक्रमको निरन्तरता, अढाइ अर्ब चाँडै पठाइँदै

प्रदेश ७डडेल्धुरामा भारी हिमपात : भिमदत्त राजमार्ग अवरुद्ध हुँदा ७ जिल्लाको यातायात ठप्प

अर्थ / पर्यटनसुनचाँदी धितोमा ३६ अर्ब ७९ करोड रुपैयाँ कर्जा

कला / साहित्यकसले पो देख्छ र मनको पहिरो !