सूचना नेपाल
१२ साउन २०८१, शनिवार

पशुपतिको मूल ढुकुटीमा के छ ?

असार ६, २०७६

‘पशुपतिको मूल ढुकुटी खोल्नुपर्‍यो। यसलाई बन्द गरी राख्नुभएन’, सांसद खिमलाल भट्टराईले भने, ‘यसभित्र के छ ? भएको सम्पत्ति सबै खरानी भयो कि बाँकी छ ? हेरांै त ।’

राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समिति बैठकमा बिहीबार उनले राजनीतिक सहमति गरेर वा कानुनै बनाउनुपर्ने भए बनाएर पनि मूल ढुकुटी खोल्नुपर्ने बताए । उनी राष्ट्रियसभामा सत्तारुढ दलका प्रमुख सचेतक हुन् । उनले बन्द अवस्थामा रहेको मूल ढुकुटी खोल्ने वातावरण बनाउन पशुपति क्षेत्र विकास कोषलाई आग्रह गरे ।

राष्ट्रियसभामा विपक्षी दलका नेता सुरेन्द्रराज पाण्डेले मूल ढुकुटी नखोलिनुको कारण मागे । ‘ढुकुटी नखोल्ने कारण के हो ? ’, उनले भने, ‘धार्मिक मान्यता केही छ कि ? सर्वोच्च अदालतको आदेशक के हो ? ’ यसअघि ढुकुटी खोल्न खोज्दा सर्वोच्चले रोक लगाएको थियो । उनले पशुपतिको सम्पत्ति पारदर्शी हुनुपर्ने बताए ।

अन्य सांसदले पनि पशुपतिनाथ मन्दिरको ढुकुटीमा भएको सम्पत्तिमा चासो राखे । उनीहरूले ढुकुटी खोलेर त्यसको अवस्थाबारे सर्वसाधारणलाई जानकारी दिनुपर्ने बताए । सांसद बद्रीप्रसाद पाण्डेले ढुकुटीको अवस्था के छ भनी प्रश्न गरेका थिए । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा सुरेन्द्र काफ्लेले लेखेका छन् ।

प्रतिकृया दिनुहोस्
ब्रेकिङ न्युज

समाचारसरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो

समाचारनेकपामा पुराना उम्मेदवार दोहोरिएनन्, के होला अर्थमन्त्री खतिवडाको सांसद पद ?

स्वास्थ्यके तपाईंंको पनि हतारमा खाना खाने बानी छ ?

खेलकुदइपिएलमा विदेशी खेलाडीका लागि नयाँ नियम

बिज्ञान / प्रविधीरुसले बनायो आवाजभन्दा २० गुणा तेज उड्न सक्ने मिसाइल, अमेरिका हेरेको हेर्यै

समाचारनेकपाले छान्यो नारायणकाजी श्रेष्ठसहित राष्ट्रिय सभाका १६ उम्मेदवार [नामावलीसहित]

समाचारसामान्य बदलावसहित प्रधानमन्त्री रोजगार कार्यक्रमको निरन्तरता, अढाइ अर्ब चाँडै पठाइँदै

प्रदेश ७डडेल्धुरामा भारी हिमपात : भिमदत्त राजमार्ग अवरुद्ध हुँदा ७ जिल्लाको यातायात ठप्प

अर्थ / पर्यटनसुनचाँदी धितोमा ३६ अर्ब ७९ करोड रुपैयाँ कर्जा

कला / साहित्यकसले पो देख्छ र मनको पहिरो !