सूचना नेपाल
१२ साउन २०८१, शनिवार

प्रधानमन्त्रीकै नाम जोडीएको कार्यक्रममै भ्रष्टाचार ! महानिर्देशकसहित १३ जनाविरुद्ध मुद्दा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि आधुनिकीकरण परियोजनामार्फत प्रयोगशाला मोबाइल भ्यान खरीद गर्दा भ्रष्टाचार गरेको भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक संजीवकुमार कर्णसहित १३ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोजनाबाट चार वटा मोबाइल भ्यान खरीद गरेको भनिएपनि कार्यालयमा दाखिला नगरी प्राप्त भएको विवरण तयार पारी भ्रष्टाचार गरेको आरोपमा आयोगले महानिर्देशक कर्णविरुद्ध रु १२ करोड ४० लाख ४७ हजार ५५८ बिगो माग गर्दै मुद्दा दायर गरेको हो ।

उक्त भ्यानको आपूर्तिकर्तासँगको मिलेमतो गरी गैरकानूनी लाभ लिई नेपाल सरकारलाई हानी नोक्सानी पु¥याएको अध्ययनबाट पत्ता लागेको आयोगले जनाएको छ । चार थान प्रयोगशाला मोबाइल भ्यानको दुई पटक गरी रू २४ करोड ८० लाख ९५ हजार ११६ हिनामिना गरेको पाइएको थियो ।

आयोगले खरीद प्रक्रियामा मिलेमतो गर्ने विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत पूर्णचन्द्र वस्ती, लेखापाल रवीता श्रेष्ठ, नासु गुरुदत्त गौतम, शाखा अधिकृत भागिरथ आचार्य, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना व्यवस्थापन एकाइ खुमलटारका उपसचिव (लेखा) गणेशप्रसाद चालिसे र लेखापाल बालाराम पोख्रेल विरुद्ध आरोपत्र दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । त्यस्तै तत्कालीन परियोजना निर्देशक नरहरिप्रसाद घिमिरे, वरिष्ठ कृषि इञ्जिनीयर सरोज अधिकारी, वरिष्ठ योजना अधिकृत तिलकराज चौलागाईं, परियोजना निर्देशक लक्ष्मणप्रसाद पौडेल, वरिष्ठ अनुगमन मूल्याङ्कन अधिकृत इन्द्रहरि पौडेल र आपूर्तिकर्ताका प्रतिनिधि प्रवीण कुँवरविरुद्ध आरोपपत्र दायर गरिएको छ ।

आयोगले व्यावसायिक तथा सीप तालीम केन्द्र भद्रपुर झापाका शाखा अधिकृत सुमेन्द्र मण्डल र नासु राजकुमार धिमालविरुद्ध पनि विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । सीपमूलक तालीम सञ्चालन गरेबापतको भुक्तानी दिने क्रममा उनीहरुले सेवाग्राहीसँग रु ३५ हजार घुस लिएको आयोगले आरोप लगाएको छ ।

यसैगरी आयोगले कामपा ९ नं वडा कार्यालय गौशालाका कार्यालय सहयोगी गोविन्द खड्कालाई सेवाग्राहीसँग लिएको रु १० हजार घुससहित पक्राउ गरेको छ । सेवाग्राहीले व्यवसाय सञ्चालन गरेबापत वडा कार्यालयमा नियमानुसारको कर तिर्न जाँदा काममा आलटाल गरी निज खड्काले उक्त रकम घुस लिएको आयोगले जनाएको छ ।

प्रतिकृया दिनुहोस्
ब्रेकिङ न्युज

समाचारसरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो

समाचारनेकपामा पुराना उम्मेदवार दोहोरिएनन्, के होला अर्थमन्त्री खतिवडाको सांसद पद ?

स्वास्थ्यके तपाईंंको पनि हतारमा खाना खाने बानी छ ?

खेलकुदइपिएलमा विदेशी खेलाडीका लागि नयाँ नियम

बिज्ञान / प्रविधीरुसले बनायो आवाजभन्दा २० गुणा तेज उड्न सक्ने मिसाइल, अमेरिका हेरेको हेर्यै

समाचारनेकपाले छान्यो नारायणकाजी श्रेष्ठसहित राष्ट्रिय सभाका १६ उम्मेदवार [नामावलीसहित]

समाचारसामान्य बदलावसहित प्रधानमन्त्री रोजगार कार्यक्रमको निरन्तरता, अढाइ अर्ब चाँडै पठाइँदै

प्रदेश ७डडेल्धुरामा भारी हिमपात : भिमदत्त राजमार्ग अवरुद्ध हुँदा ७ जिल्लाको यातायात ठप्प

अर्थ / पर्यटनसुनचाँदी धितोमा ३६ अर्ब ७९ करोड रुपैयाँ कर्जा

कला / साहित्यकसले पो देख्छ र मनको पहिरो !