सूचना नेपाल
१२ साउन २०८१, शनिवार

सांसद्को दाबी–फास्ट ट्रयाक समयमै सकिँदैन

काठमाडौं । प्रतिनिधिसभाका सांसद्हरुले तराई मधेस द्रुतमार्ग निर्धारित समयमै पूरा हुनेमा शंका व्यक्त गरेका छन् । व्यवस्थापिका संसद्को विकास समितिले आयोजना गरेको बैठकमा बोल्दै सांसदहरुले आयोजनाबारे चिन्ता व्यक्त गरेका हुन् ।

सांसद् गणेश पहाडीले डीपीआर निर्माणको काम अहिलेसम्म नसकिएकाले २ वर्षको निर्धारित समयमा आयोजना निर्माणको काम सकिनेमा आशंका व्यक्त गरे । यसले लागत पनि बढाउने भन्दै उनले निर्माणलाई तीव्रता दिन माग गरे ।

खोकनाको विवादकैबीच २ कम्पनीलाई ठेक्का दिइएको विषयमा पनि सांसद् पहाडीले आपत्ति जनाए । विवादकै बीच निर्माणको ठेक्का दिन नहुने तर्क सांसद् पहाडीको छ ।

४ लाख ४७ हजार विरुवा रोप्नुपर्ने सहमति कार्यान्वयन नभएको तथा महँगो भाडा तिरेर ल्याइएका उपकरणको प्रयोगबारे पनि उनले जिज्ञासा राखेका थिए । ‘तोकिएको विरुवा नरोपिएको र महँगा उपकरण प्रयोगमा नआएको सुनिएको छ । यसको सत्यता के हो ?’, सांसद् पहाडीले बैठकमा भने ।

अर्का सांसद् अनिल कुमार झाले कूल ७२ किलोमिटर सडकमध्ये ५४ किलोमिटरमा मात्रै काम भइरहेको भन्दै बाँकी क्षेत्रको कामबारे जिज्ञासा राखेका थिए । ठूलो परिमाणमा रुख काटिए पनि वृक्षारोपणतर्फ ध्यान नदिएको भन्दै उनले पर्यावरणप्रति सचेत हुन सुझाए ।

सांसद् जिपछिरिङ लामाले पनि ४ वर्षमा आयोजना सम्पन्न हुनेमा शंका व्यक्त गरे । आयोजना निर्माण हुन सक्ने मिति र लागत नेपाली सेनाले भन्नू पर्ने उनले बताए । उनले भने, ‘छिटोछिटो काम भयो भने पनि अझै ५ वर्ष लाग्छ, सेनाले स्पष्ट जवाफ दिनुपर्‍यो । मेलम्चीको हालत नहोस ।’

सांसद रामबहादुर बिष्टले सेनाप्रति विश्वस्त भए पनि २ वर्षमा सम्पन्न नहुने हो कि भन्ने आशंका उत्पन्न भएको गुनासाे उक्त अवसरमा गरे ।

संसदको विकास तथा प्रविधि समितिकी सभापति कल्याण खड्काले पछिल्लो समय काममा ढिलासुस्ती भएको बताइन । अब २ वर्ष मात्रै समय बाँकी रहेकाले कार्ययोजना बनाएर मात्रै काम गर्न उनले सेनालाई सुझाएकी छन् ।

प्रतिकृया दिनुहोस्
ब्रेकिङ न्युज

समाचारसरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो

समाचारनेकपामा पुराना उम्मेदवार दोहोरिएनन्, के होला अर्थमन्त्री खतिवडाको सांसद पद ?

स्वास्थ्यके तपाईंंको पनि हतारमा खाना खाने बानी छ ?

खेलकुदइपिएलमा विदेशी खेलाडीका लागि नयाँ नियम

बिज्ञान / प्रविधीरुसले बनायो आवाजभन्दा २० गुणा तेज उड्न सक्ने मिसाइल, अमेरिका हेरेको हेर्यै

समाचारनेकपाले छान्यो नारायणकाजी श्रेष्ठसहित राष्ट्रिय सभाका १६ उम्मेदवार [नामावलीसहित]

समाचारसामान्य बदलावसहित प्रधानमन्त्री रोजगार कार्यक्रमको निरन्तरता, अढाइ अर्ब चाँडै पठाइँदै

प्रदेश ७डडेल्धुरामा भारी हिमपात : भिमदत्त राजमार्ग अवरुद्ध हुँदा ७ जिल्लाको यातायात ठप्प

अर्थ / पर्यटनसुनचाँदी धितोमा ३६ अर्ब ७९ करोड रुपैयाँ कर्जा

कला / साहित्यकसले पो देख्छ र मनको पहिरो !