सूचना नेपाल
१२ साउन २०८१, शनिवार

सूचना महामार्गको शिलान्यास

धादिङ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बर्षको बजेटले देश विकासको गियर बढाउने बताएका छन् । धादिङको गल्छीमा मध्य पहाडी लोकमार्गमा सूचना महामार्ग निर्माण कार्यको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन । ‘जेठ १५ मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुन्छ । यसले देश विकासको गियर परिवर्तन गर्छ’ प्रधानमन्त्री ओलीले भने, ‘देश विकासको गति दुई गियरमा छ भने तीनमा पु¥याउँछ । तीनमा छ भने चारमा पु¥याउँछ ।’

प्रधानमन्त्री ओलीले मध्यपहाडी लोकमार्गको सुरुआती विन्दु पाँचथरदेखि अन्तिम विन्दु बैतडीसम्म सूचना महामार्गको बिस्तारले डिजिटल नेपाल बनाउन सहयोगी हुने बताए । ‘हामी देशलाई विकासमा हरेक दिन एक कदम अघि बढाउन चाहन्छौँ’ प्रधानमन्त्री ओलीले भने, ‘सूचना महामार्गको शिलान्यासले विकासमा एक कदम थपेको छ ।’

प्रधानमन्त्री ओलीले सरकारले विकास,शिक्षा ,स्वास्थ्य आदि क्षेत्रमा सामान्य सुधार मात्र नभई आमूल परिवर्तन गर्न चाहेको बताएको छ । ‘सरकारले साविक जस्तै काम गरेर दिन कटाउने हैन विविध क्षेत्रमा सामान्य सुधारको काम मात्र हैन, आमूल परिवर्तन गरेर देशको मुहार फेर्न चाहको छ’ प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्री ओलीले २०३८ सालपछि सबै भन्दा बढी आर्थिक बृद्धिदर यसै बर्ष भएको बताए । सरकार विकासको बाटोबाट नै समृद्धि हासिल गर्ने पक्षमा रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । ‘हामी केही वर्ष भित्रै नेपाललाई तीव्र विकास हुने देशमा रुपान्तरण गर्दैछौँ’ प्रधानमन्त्री ओलीले भने ।

प्रतिकृया दिनुहोस्
ब्रेकिङ न्युज

समाचारसरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो

समाचारनेकपामा पुराना उम्मेदवार दोहोरिएनन्, के होला अर्थमन्त्री खतिवडाको सांसद पद ?

स्वास्थ्यके तपाईंंको पनि हतारमा खाना खाने बानी छ ?

खेलकुदइपिएलमा विदेशी खेलाडीका लागि नयाँ नियम

बिज्ञान / प्रविधीरुसले बनायो आवाजभन्दा २० गुणा तेज उड्न सक्ने मिसाइल, अमेरिका हेरेको हेर्यै

समाचारनेकपाले छान्यो नारायणकाजी श्रेष्ठसहित राष्ट्रिय सभाका १६ उम्मेदवार [नामावलीसहित]

समाचारसामान्य बदलावसहित प्रधानमन्त्री रोजगार कार्यक्रमको निरन्तरता, अढाइ अर्ब चाँडै पठाइँदै

प्रदेश ७डडेल्धुरामा भारी हिमपात : भिमदत्त राजमार्ग अवरुद्ध हुँदा ७ जिल्लाको यातायात ठप्प

अर्थ / पर्यटनसुनचाँदी धितोमा ३६ अर्ब ७९ करोड रुपैयाँ कर्जा

कला / साहित्यकसले पो देख्छ र मनको पहिरो !