सूचना नेपाल
१२ साउन २०८१, शनिवार

बिग मर्जरले सेयर बजारलाई देला त ‘बिग बुस्ट’ ? विश्लेषक भन्छन् : नकारात्मक प्रभाव पर्न सक्छ

२४ असार, काठमाडौं । वित्तीय बजारमा ठूला बैंकहरुको मर्जर (बिग मर्जर) को चर्चा चलिरहदा सेयर बजारमा समेत यसको प्रभाव देखिन थालिसकेको छ । नेपालमा बैंंकिङ क्षेत्रले सेयर बजारको ठूलो हिस्सा ओगटेका कारण पनि बैंक मर्जरको चर्चा चल्दा प्रत्यक्ष प्रभाव परेको हो ।

बिग मर्जरको चर्चा चलेसँगै सेयर बजारमा बाणिज्य बैंकहरुको कारोबार उच्च भएको छ । आइतबार र सोमबार बजारमा धेरै कारोबार हुनेहरुको शीर्ष स्थानमा वाणिज्य बैंकहरु नै परे । मंगलबार पनि सेयर बजारमा वाणिज्य बैंकको वर्चश्व देखिएको छ ।

ग्लोबल आइएमई बैंक र जनता बैंक नेपालबीच मर्जर सम्झौता नै भइसकेपछि लगानीकर्ताहरु थप उत्साहित भएका छन् । लगानीकर्ताहरुको ओइरो यतिबेला वाणिज्य बैंकमै लागेको छ ।

शीर्ष १० मा वाणिज्य बैंक मात्रै

शुक्रबार ग्लोबल र जनताले सम्झौता गरेपछि पहिलोपटक खुलेको आइतबारको कारोबारमा बाणिज्य बैंकको वर्चश्व देखियो । नेप्से परिसूचक भने ओरालो लाग्यो । धेरै लगानीकर्ताहरुले लगानी गुमाए । वाणिज्य बैंकको सेयरमा लगानीकर्ताको आकर्षण भने अत्यधिक देखियो ।

आइतबार ५४ करोड ४ लाख २९ हजार रुपैयाँको सेयर कारोबार भएको थियो । जसमध्ये दश वाणिज्य बैंकको २७ करोड ७३ लाख १० हजार रुपैयाँको सेयर किनबेच भएको थियो । यो कूल कारोबारको ५१ प्रतिशत भन्दा बढी हो । कारोबार रकमका आधारमा सिभिल बैंक पहिलो स्थानमा देखिएको थियो । आइतबार सिभिलको करिब ६ करोड रुपैयाँको हाराहारीमा सेयर कारोबार भयो ।

सिभिलपछि दोस्रोमा मेगा देखियो भने तेस्रोमा नेपाल बैंक । यि दुबै बैंकहरुको ४ करोड माथिको कारोबार भयो । त्यसपछि क्रमशः सेञ्चुरी कमर्सीयल, कुमारी बैंक, प्रभु बैंक, नेपाल क्रेडिट एण्ड कमर्श बैंक, कृषि विकास बैंक, लक्ष्मी बैंक र सानिमा बैंक कारोबार रकमका आधारमा उच्च स्थानमा पर्न सफल भए ।

आइतरबार देखिएको यो क्रम सोमबार पनि जारी रहृयो । सोमबार बढी कारोबार भएका १० कम्पनीमध्ये ९ कम्पनी त बाणिज्य बैंकहरु मात्र थिए । सोमबार सबैभन्दा बढी कारोबार प्रभु बैंकको प्रमोटर सेयरको भएको थियो ।

प्रभुको संस्थापक सेयर ११ करोड ४५ लाख ७० हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । दोस्रोमा सिभिल बैंक देखियो जसको करिब ४ करोड रुपैयाँको हाराहारीमा सेयर कारोबार भयो । तेस्रोमा साल्ट ट्रेडिङ रह्यो भने टप १० को सूचीमा अन्य सबै वाणिज्य बैंक नै पर्न सफल भए ।

साताको तेस्रो कारोबार मंगलबार पनि सेयर बजारमा वाणिज्य बैंककै वर्चश्व देखिने पक्का छ । नेपाल स्टक एक्सचेञ्जमा यो समाचार तयार पार्दासम्म नेपाल इन्भेष्टमेन्ट बैंक, एनआईसी एशिया बैंक, प्रभु बैंक, नेपाल बैंक, सिभिल बैंक लगायतको उच्च कारोबार भइरहेको छ ।

‘सेयर बजारमा नकरात्मक असर’

बैंकिङ क्षेत्रमा बिग मर्जरको चर्चा चलिरहदा सेयर बजार निरन्तर ओरालो दिशामा छ । ठूला बैंकहरुको कारोबार रकम उच्च भए पनि लगानीकर्ताहरुले कमाउन भने सकेका छैनन् । परिसूचक ओरालो लागेका कारण सेयर बजार राताम्मे छ ।

अहिले मात्रै होइन विग मर्जर शुरु भइसकेपछि पनि बजारलाई नकारात्मक प्रभाव पर्ने विज्ञको धारणा छ । सेयर बजारका विज्ञ एवं हाथवे फाइनान्स कम्पनीका अध्यक्ष अम्बिका पौडेल बिग मर्जरले सेयर बजारमा सकारात्मक प्रभाव पार्न नसक्ने बताउँछन् ।

अहिले भर्खर शुरु भएको बिग मर्जरको चर्चा थप चुलिदै जाँदा असर पनि नकारात्मक पर्दै जाने उनको विश्लेषण छ ।

मर्जरका लागि सहमति गरे पनि प्रक्रिया पूरा हुन लामो समय लाग्छ । लामो समयसम्म सेयर कारोबार रोक्का भएर होल्ड हुँदा लगानीकर्तालाई समस्या पर्ने उनी बताउछन् । विगतमा सेयर कारोबार गर्ने अभ्यास ठिकै भए पनि अहिलेको सन्दर्भमा सहमति हुने वित्तिकै कारोबार रोक्न नहुने उनको तर्क छ ।

के भन्छन् लगानीकर्ता ?

बिग मर्जरको चर्चा चलिरहदा सेयर बजारमा नकारात्मक असर पर्ने लगानीकर्ताहरुको पनि पूर्वानुमान छ । नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल बिग मर्जरले बैंकको सेयर मूल्यमा गिरावट आउने बताउँछिन् । यसले ठूला बैंकभन्दा पनि साना बाणिज्य बैंकहरुलाई धेरै असर पर्ने उनको बुझाइ छ ।

अध्यक्ष पोखरेल भन्छिन्, ‘ठूला बैंकको सेयर मूल्यमा खासै परिवर्तन नआए पनि साना बैंकको सेयर मूल्यमा गिरावट आउन सक्छ र यस्ले समग्र ईन्डेक्सलाई ऋणात्मक तिर धकेल्न सक्छ ।’

अहिले चलिरहेको बिग मर्जरलाई स्वच्छिक रुपले हुनदिनु पर्ने उनको धारणा छ । उपर्युक्त पार्टनर खोजेर मर्जरहमा जानका लागि राष्ट्र बैंकले स्वतस्फूर्त अघि बढ्ने वातावरण बनाउन पर्ने उनी बताउँछिन् । अन्यथा बजारमा यसले ठूलो प्रभाव पार्ने उनको बुझाइ छ ।

बिग मर्जरले लगानीकर्ताहरु मारमा पर्ने पाका लगानीकर्ता डम्बरुबल्ल घिमिरे बताउछन् । करिब ४० वर्ष अघिदेखि निरन्तर सेयर बजारमा लगानी गर्दै आएका घिमिरे भन्छन्, ‘मर्जर हुनु नराम्रो विषय त होइन, तर लामो समयसम्म सेयर होल्ड हुँदा साना लगानीकर्ताहरुलाई धेरै समस्या पर्छ ।’

भन्नलाई २/३ महिनाभित्रै मर्ज भएर एकीकृत कारोबार शुभारम्भ गर्छौ भन्ने गरेको भए पनि सहमति भएको एक वर्षसम्म एकीकृत कारोबार शुभारम्भ हुन समय लाग्ने भएका कारण लगानीकर्ता मारमा पर्ने उनी बताउँछन् ।

‘मर्जरले अब अहिले एकैचोटी धेरै बैंकहरुको सेयर कारोबार रोक्का हुनेवाला छ’ उनले भने, ‘अब भएको पुँजी त्यहिँ हुन्छ, एकीकृत कारोबार शुरु नहुँदासम्म कारोबार खुल्दैन अनि लामो समय होल्ड हुँदा त समस्या पर्ने भयो नि ।’

अनलाइनखबरमा रोयल आचार्य द्वारा प्रकासित लेख .

प्रतिकृया दिनुहोस्
ब्रेकिङ न्युज

समाचारसरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो

समाचारनेकपामा पुराना उम्मेदवार दोहोरिएनन्, के होला अर्थमन्त्री खतिवडाको सांसद पद ?

स्वास्थ्यके तपाईंंको पनि हतारमा खाना खाने बानी छ ?

खेलकुदइपिएलमा विदेशी खेलाडीका लागि नयाँ नियम

बिज्ञान / प्रविधीरुसले बनायो आवाजभन्दा २० गुणा तेज उड्न सक्ने मिसाइल, अमेरिका हेरेको हेर्यै

समाचारनेकपाले छान्यो नारायणकाजी श्रेष्ठसहित राष्ट्रिय सभाका १६ उम्मेदवार [नामावलीसहित]

समाचारसामान्य बदलावसहित प्रधानमन्त्री रोजगार कार्यक्रमको निरन्तरता, अढाइ अर्ब चाँडै पठाइँदै

प्रदेश ७डडेल्धुरामा भारी हिमपात : भिमदत्त राजमार्ग अवरुद्ध हुँदा ७ जिल्लाको यातायात ठप्प

अर्थ / पर्यटनसुनचाँदी धितोमा ३६ अर्ब ७९ करोड रुपैयाँ कर्जा

कला / साहित्यकसले पो देख्छ र मनको पहिरो !