सूचना नेपाल
२५ भाद्र २०८१, मङ्गलवार

आफैं बिरामी छ पोखराको विषादी प्रयोगशाला

पोखरामा खुलेको तरकारी तथा विषादी प्रयोगशाला राम्रोसँग सञ्चालन हुनै नपाईं फेरि आफैं बिरामी परेको छ । प्रयोगशाला कुन सरकार मातहत रहने अहिलेसम्म टुंगो छैन भने कर्मचारीको समेत अन्योल छ ।

शान्तिवनस्थित कृषि उपज संकलन केन्द्रको कार्यालयभित्र एउटा कोठामा प्रयोगशाला छ । तर, आइतबार कार्यालय पुग्दा न कर्मचारी थिए । एकातर्फ प्रयोगशालाको जेनतेन व्यवस्थापन भइरहेको छ भने अर्कोतर्फ जनशक्ति नै नभएको बाली प्रयोगशाला पोखराले जनाएको छ ।

अहिलेसम्म प्रयोगशाला केन्द्र सरकार मातहत नै छ । तर, केन्द्र सरकारले प्राविधिक नै नखटाउँदा प्रदेश मातहतको बाली प्रयोगशालाले एक जना शाखा अधिकृत र एक जना कार्यालय सहयोगी खटाएर धान्ने काममात्रै गरेको छ ।

‘सरकारले सातै प्रदेशमा विषादी प्रयोगशाला खोल्ने नीति त लियो तर त्यसको व्यवस्थापन र कर्मचारकिो व्यवस्था नै नगर्दा ठूलो समस्या भइरहेको छ,’ बाली संरक्षण प्रयोगशाला पोखराका वरिष्ठ बाली संरक्षण अधिकृत धनबहादुर रानाले भने, ‘साधन र स्रोतको अभावमा प्रयोगशालामा समस्या नै समस्या छ ।’

संघ सरकारको अनुरोधमा अहिले यो प्रयोगशालामा खटिएका सञ्जीव बास्तोला कर्मचारी समायोजनमा प्रदेशमा परेका छन् । प्रयोगशाला सञ्चालनमा आए पनि वैशाखअघि कुनै पनि सरकारले बजेटको व्यवस्था नै नगर्दा बन्दजस्तै बन्यो । वैशाखपछिमात्रै बजेटको व्यवस्था भएको र तरकारी तथा फलफुलको दुई समूहको मात्रै परीक्षण गर्ने काम भएको बास्तोलाले जानकारी दिए ।

पोखरा र आसपासका जिल्लाबाट आएका फलफुल तथा तरकारीको कार्बानेट र अर्गानो फस्फेट नामक विषादी समूहकोमात्रै नमूना परीक्षणमात्रै गर्ने गरिएको छ । व्यावसायिक तथा व्यापार आयोजना (प्याक्ट) ले द्रुत विषादी विश्लेषण प्रयोगशाला सञ्चालन गर्न मेसिन उपलब्ध गराएको थियो ।

प्याक्टको कार्यक्रम कृषि मन्त्रालयबाट सकिइसकेपछि उपलब्ध मेसिन चलाउने प्राविधिक, केमिकल र त्यसको व्यवस्थापनमा सरकारले चासो नदिँदा नागरिकले खाने कृषि उपजको प्रभावकारी परीक्षण नै हुन सकेको छैन ।

अहिले यो केन्द्रीय कृषि प्रयोगशालाअन्तर्गत पर्छ । ताइवानी प्रविधिको विषादी मापन मेसिन चलाउन जान्ने जनशक्ति उत्पादन गर्न पनि सरकारले ध्यान नदिएको वरिष्ठ अधिकृत रानाले गुखेसो पोखे । साउनदेखि संघ सरकारले पनि नराख्ने बताएकाले अब के हुन्छ भन्ने अन्योलमै रहेको उनको भनाइ थियो ।

शान्तिवनस्थित प्रयोगशालामा विषादी मापन नै नियमित नहुने र देखाउने दाँतमात्र बनेको त्यहीँका व्यवसायीको भनाइ छ । ‘विषादी मापन गरेर त्यसको प्रभाव अहिलेसम्म देखिइएकै छैन,’ व्यवसायी आरके दवाडीले भने ।

भारतबाट विषाक्त तरकारी आउने गरेको थाहा पाएका उपभोक्ता यतिबेला त्रस्त छन् । उनीहरुले यहीँ उत्पादित तरकारीमा पनि शंका गर्ने गरेका छन् । यहाँको तरकारीमा विषादी प्रयोग गरिएको छ, छैन र छ भने कतिसम्म छ भनेर यहाँँका उपभोक्ताले अहिलेसम्म जानकारी नै पाएको शान्ति वनबाटिकामै भेटिएका हरि थापाले बताए ।

पोखरामा खपत हुने फलफुलको ९० प्रतिशत भारतीय उत्पादनले नै धानेको छ । स्याउबाहेक अन्य फलफूल प्रमुखरुपमा भारतबाटै आयात हुन्छ । आँप, भुइँकटहर, खरभुजा, केरालगायतका फलफूल मुख्य आयात भारतबाटै हुन्छ ।

तरकारीमा करिब १५ प्रतिशत हिस्सा पोखराले ओगट्छ भने बाँकी ठूलै हिस्सा भारतीय उत्पादनले ओगट्ने कृषि उपज बजार सञ्चालक समितिका पूर्वअध्यक्ष रामकृष्ण दवाडीले जानकारी दिए । पोखरामा धादिङ, गोरखा, तनहुँ, चितवन, पालुङलगायतका ठाउँबाट पनि प्रमुख रुपमा तरकारी आयात हुन्छ ।

प्रदेश नाकामा भाडाको घरमा बोर्डमात्रै

गण्डकी प्रदेश सरकारले मुख्य दुई नाकामा गण्डकी प्रदेशका दुई प्रमुख नाका तनहुँको आँबुखैरेनी र स्याङ्जाको मालुंगामा विषादी मापन प्रयोगशाला स्थापना गरेको छ । वैशाख ७ गते आँबुखैरेनी गाउँपालिका–३ तनहुँ र चैत १५ गते स्याङ्जाको मालुंगा रामदीमा प्रयोगशालाको उद्घाटन भयो ।

३ महिला अगाडि नै मेसिन र विषादी मापन गर्ने रसायन नल्याइकन सरकार उद्घाटन गर्न हतारिएको हो । यी प्रयोगशालामा पनि साउनभित्र विषादी परीक्षण हुन अझै गाह्रो देखिएको छ । सरकारले घरका कोठा भाडामा लिएर प्रयोगशाला सञ्चालन गर्ने कर्मचारी र उपकरणको व्यवस्था नहुँदै उद्घाटन गरेको हो ।

प्रदेशको प्रमुख दुई नाकाबाट भित्रिने तरकारी तथा फलफुल र पशुपंक्षीको रोगसमेत परीक्षण गर्ने नीतिसहित सरकारले प्रयोगशाला खोल्न लागेको हो । यी प्रयोगशालामा पनि अधिकृतस्तरको प्राविधिक खटाउने सरकारको योजना रहे पनि अहिलेसम्म अत्तोपत्तो छैन ।

‘सरकार काम देखाउन हत्तपत्त उद्घाटन गर्ने र त्यसैमा रमाउने गरेको देखियो,’ तनहुँ आँबुखैरेनीका श्रीराम भट्टराईले भने । कृषि मन्त्रालयका अनुसार दुबै नाकाका लागि ४० लाख रुपैयाँ बराबरको कृषि उपजको विषादी परीक्षण गर्ने उपकरण आइपुगेको छ तर कर्मचारी र कर्मचारीलाई तालिमसमेत दिनुपर्ने भएकाले सुरु गर्न साउन महिनासम्म लाग्छ ।

एक जिल्लाबाट अर्को जिल्लामा आउने विषादीमुक्त कृषि उपज र पशुपंक्षीको रोग स्वच्छताका लागि सरकारले प्रयोगशाला खोल्न लागेको हो ।

onlinekhabar.com बाट

प्रतिकृया दिनुहोस्
ब्रेकिङ न्युज

समाचारसरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो

समाचारनेकपामा पुराना उम्मेदवार दोहोरिएनन्, के होला अर्थमन्त्री खतिवडाको सांसद पद ?

स्वास्थ्यके तपाईंंको पनि हतारमा खाना खाने बानी छ ?

खेलकुदइपिएलमा विदेशी खेलाडीका लागि नयाँ नियम

बिज्ञान / प्रविधीरुसले बनायो आवाजभन्दा २० गुणा तेज उड्न सक्ने मिसाइल, अमेरिका हेरेको हेर्यै

समाचारनेकपाले छान्यो नारायणकाजी श्रेष्ठसहित राष्ट्रिय सभाका १६ उम्मेदवार [नामावलीसहित]

समाचारसामान्य बदलावसहित प्रधानमन्त्री रोजगार कार्यक्रमको निरन्तरता, अढाइ अर्ब चाँडै पठाइँदै

प्रदेश ७डडेल्धुरामा भारी हिमपात : भिमदत्त राजमार्ग अवरुद्ध हुँदा ७ जिल्लाको यातायात ठप्प

अर्थ / पर्यटनसुनचाँदी धितोमा ३६ अर्ब ७९ करोड रुपैयाँ कर्जा

कला / साहित्यकसले पो देख्छ र मनको पहिरो !