सूचना नेपाल
१२ साउन २०८१, शनिवार

समायोजनले प्रदेश ३ का ७ घरेलु कार्यालय कर्मचारीविहीन

कर्मचारी समायोजनसँगै प्रदेश ३ का ७ जिल्लाका घरेलु तथा साना उद्योग विकास समिति कर्मचारी बिहीन हुने भएका छन् ।

सात जिल्लामा रहेका स्थायी कर्मचारीको साउनबाट स्थानीय तहमा समायोजनसँगै कार्यालय खोल्ने कर्मचारीसमेत नहुने अवस्था रहेको छ ।

देश ३ का सिन्धुली, रामेछाप, दोलखा, रसुवा, नुवाकोट सिन्धुपाल्चोक र धादिङका कार्यालय कर्मचारी विहीन हुने भएका हुन् ।

सात जिल्लाका प्रमुखुसहित ४२ जना कर्मचारी स्थानीय तहमा समायोजन भएसँगै विकास समितिले गर्ने उद्योग, व्यवसाय दर्ता, नवीकरण, प्रवधनात्मक सिपमुलक तालिम दिने काम प्रभावित हुने भएकोछ ।

प्रदेश सरकार मातहत पठाइएका ७ जिल्लाका विकास समितिमा कर्मचारी नहुने भएपछि प्रदेश ३ सरकारले कर्मचारी पठाउनका लागि तयारी गरिरहेको उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्रालयले जनाएको छ ।

सिन्धुली र रसुवा बाहेक अन्य जिल्लामा कार्यालय खोल्नका लागि पहिलो चरणमा एकरएकजना कर्मचारी पठाउने तयारी गरिएको मन्त्रालयले जनाएको छ ।

स्थायी कर्मचारी स्थानिय तहमा समायोजन भएसँगै बिकास समितीमा कार्यरत करारका कर्मचारीको व्यवस्थापन हुन सकेको छैन ।

विकास समिति ऐन २०१३ अनुसार कर्मचारीको व्यवस्थापन भैरहे पनी कार्यरत रहेका सबै करारका कर्मचारी खाली हात घर फर्कनु पर्ने अवस्था रहेको छ ।

onlinekhabar.com बाट साभार

प्रतिकृया दिनुहोस्
ब्रेकिङ न्युज

समाचारसरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो

समाचारनेकपामा पुराना उम्मेदवार दोहोरिएनन्, के होला अर्थमन्त्री खतिवडाको सांसद पद ?

स्वास्थ्यके तपाईंंको पनि हतारमा खाना खाने बानी छ ?

खेलकुदइपिएलमा विदेशी खेलाडीका लागि नयाँ नियम

बिज्ञान / प्रविधीरुसले बनायो आवाजभन्दा २० गुणा तेज उड्न सक्ने मिसाइल, अमेरिका हेरेको हेर्यै

समाचारनेकपाले छान्यो नारायणकाजी श्रेष्ठसहित राष्ट्रिय सभाका १६ उम्मेदवार [नामावलीसहित]

समाचारसामान्य बदलावसहित प्रधानमन्त्री रोजगार कार्यक्रमको निरन्तरता, अढाइ अर्ब चाँडै पठाइँदै

प्रदेश ७डडेल्धुरामा भारी हिमपात : भिमदत्त राजमार्ग अवरुद्ध हुँदा ७ जिल्लाको यातायात ठप्प

अर्थ / पर्यटनसुनचाँदी धितोमा ३६ अर्ब ७९ करोड रुपैयाँ कर्जा

कला / साहित्यकसले पो देख्छ र मनको पहिरो !