सूचना नेपाल
१२ साउन २०८१, शनिवार

बाढी पहिरोबाट देशभर १७ जनाको मृत्यु, आइतबारसम्म लगातार पानी पर्ने

बीपी र मध्यपहाडी राजमार्ग अवरूद्ध, अधिकांश विमानस्थल बन्द

बिहीबार साँझदेखि अवरिल रूपमा परेको पानीले  बाढी पहिरो आउँदा शुक्रबार साँझसम्म १७ जनाको मृत्यु भएको छ।

नेपाल प्रहरीले दिएको जानकारीअनुसार देशका बीस जिल्लामा बाढी र पहिरोले नागरिक प्रभावित भएका छन्। बाढी पहिरोमा परी ७ जना बेपत्ता भएका छन् भने अरू सात जना घाइते भएका छन्।

प्रहरीका अनुसार खोटाङका ३काठमाडौंमा ३काभ्रे र भोजपुरमा २/२ जनाको मृत्यु भएको छ। त्यस्तै ओखलढुंगापर्सारामेछापसिन्धुलीमकवानपुरधादिङ र ललितपुरमा १/१ जनाको मृत्यु भएको छ।  

काठमाडौंमा एक सय १५ मिलिलिटर वर्षा परेको छ। बिहीबारदेखि शुक्रबार साँझसम्म निरन्तर वर्षा हुँदा काठमाडौं उपत्यकामा ३ जनाको मृत्यु भएको छ भने बागमतीविष्णुमति नदी कोरिडोर क्षेत्र डुवानमा परेका छन्।

जल तथा मौसम विज्ञान विभागले नदी तथा खोला आसपासका क्षेत्रमा सचेतना अपनाउन पनि आग्रह गरेको छ।

आइतबारसम्म वर्षा जारी रहने भएकोले नदी छेउ वस्ती भएका बासिन्दालाई सुरक्षित स्थानमा जान गृह मन्त्रालयले आग्रह गरेको छ।

विभागका अनुसार काठमाडौंमा एक सय १५.२ मिलिलिटर वर्षा भएको छ। सिमरामा तीन सय ११ मिलिलिटर वर्षा भएको हो। ओखलढुंगामा पनि भारी वर्षा भएको छ। यहाँ एक सय एक मिलिलिटर वर्षा भएको हो। धनकुटामा ७५.५ मिलिलिटर वर्षा भएको छ भने भैरहवामा ४३ मिलिलिटर वर्षा भएको हो। पोखरामा कम वर्षा भएको छ। यहाँ ४.७ मिलिलिटर वर्षा भयो। दीपायलडडेलधुराधनगढीमा भने निकै कम वर्षा भएको विभागले जनाएको छ।

बिहीबार रातिदेखि देशैभर मुसलधारे वर्षा भइराखेको छ।

निरन्तरको वर्षाले तराईका विभिन्न जिल्लामा डुबान भएको छ भने पहाडमा ठाउँठाउँमा पहिरो खसेको छ।

सडकमा पहिरो खसेपछि गए रातिदेखि बीपी राजमार्ग र मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ ।

गोलन्जोर र सुनकोशी गाउँपालिकामा बीपी राजमार्ग अवरुद्ध भएको छ ।

गए राति गोलन्जोर गाउँपालिका५ को सोलाभञ्याङ र खनियाखर्कको बीचमा सडकमा माथिबाट पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जानकारी जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले दिए।

यस्तै सुनकोशी गाउँपालिका१ कमरेमा पनि पहिरोका कारण बीपी राजमार्ग अवरुद्ध भएको उनले बताए। उनका अनुसार पहिरोका कारण राजमार्ग अवरुद्ध भएपछि अहिले पहिरो पन्छाउने काम भइरहेको छ।

यसैबीच माथिबाट खसेको पहिरोका कारण गोलन्जोर गाउँपालिकाअन्तर्गत मध्यपहाडी लोकमार्ग पनि अवरुद्ध भएको छ।

अवरुद्ध राजमार्ग हटाई सवारी आवागमन सञ्चालन गर्न गाउँपालिका अध्यक्षसँग समन्वय भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमुख विष्णु बस्नेतले बताए। बिहानको समय भएकाले अहिले थोरै सङ्ख्यामा मात्र सवारी जाममा परेको उनको भनाइ छ। आवश्यक समन्वय गरी डोजर ल्याएर पहिरो पन्छाउने उनले बताए।

राजमार्ग अवरुद्ध हुँदा गन्तव्यमा हिँडेका यात्रु बीचमै अलपत्र परेका छन् ।

भारी वर्षाका कारण काठमाडौं बाहिरका विमानस्थलमा उडान प्रभावित भएको छ।

बिहीबारदेखि लगातार परिराखेको वर्षाले अधिकांश विमानस्थल बन्द छ।

त्रिभुवन विमानस्थलका प्रवक्ता प्रताप तिवारीका अनुसार लुक्लाभोजपुरतुम्लिङटारफाल्पुलामिडाँडा र धनगढी विमानस्थल बन्द छन्।

तिवारीले भैरहवापोखराविराटनगर र भद्रपुर विमानस्थल भने वर्षा भइराखे पनि सुचारु रहेको जानकारी दिए।

जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार दिनभर मुसलधारे वर्षा भइरहनेछ। मौसमविद् सुवास रिमालले देशैभर भारी र मुसलधारे वर्षा हुने बताए।

शनिबारसम्म नै वर्षा जारी रहन्छ,’ उनले भने, ‘सतर्क रहनुपर्छ। अधिकांश ठाउँमा भारी वर्षा हुने देखिन्छ।

वर्षासँगै हावाहुरी पनि चल्ने उनले जानकारी दिए।

मध्य तथा पूर्वीय क्षेत्रमा न्युनचापीय रेखा बनेको छ। त्यसले नै हावाहुरी र भारी वर्षा गराएको हो,’ उनले भने ‘तीन दिनसम्म मनसुन सक्रिय रहन्छ। केही ठाउँमा भारी र केही ठाउँमा अति भारी वर्षा हुने पनि सम्भावना छ।

वर्षाले नदी छेउका वस्तीमा डुबान हुनसक्ने भन्दै सरकारले सचेत रहन आग्रह गरेको छ।

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

असार २७  गते (शुक्रबार)

दिउँसो: देशभर अधिकांश बदली रही धेरैजसो स्थानहरुमा वर्षा हुनेछ। देशको खासगरि पूर्व र मध्य क्षेत्रका केही स्थानहरुमा भारि वर्षा हुने छ भने पूर्व क्षेत्रका तराई र मध्य पहाडका थोरै ठाउँहरुमा अति भारी वर्षासमेत हुनेछ। देशको केहि स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ।

राति: देशभर अधिकांश बदली रही धेरैजसो स्थानहरूमा वर्षा हुनेछ। देशको खासगरि पूर्व र मध्य क्षेत्रका केही स्थानहरुमा भारी वर्षा हुनेछ भने पूर्वक्षेत्रका तराई र मध्य पहाडका थोरै ठाउँहरुमा धेरै भारी वर्षासमेत हुनेछ। देशको केही स्थानमा हावाहुरीको सम्भावना रहेको छ।

असार २८   गते (शनिबार)

दिउसो: देशभर व्यापक क्षेत्रमा वर्षा जारी रहनेछ। खासगरी पूर्व र मध्य क्षेत्रका केही स्थानहरूमा भारी वर्षा हुनेछ भने पूर्व र मध्य क्षेत्रका मध्य पहाड र तराईका थोरै ठाउँहरूमा धेरै भारी वर्षासमेत हुनेछ। देशका केही स्थानहरूमा हावाहुरीको सम्भावना छ।

राति: देशभर व्यापक क्षेत्रमा वर्षा जारी रहनेछ। देशको खासगरि पूर्व र मध्य क्षेत्रका केही स्थानहरूमा भारी वर्षा हुनेछ भने पूर्व र मध्यक्षेत्रका मध्य पहाड र तराईका थोरै ठाउँहरूमा धेरै  भारी वर्षासमेत हुनेछ। देशको केही स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ।

असार २९   गते (आइतबार)

दिउसो: देशभर व्यापक क्षेत्रमा वर्षा जारी रहनेछ। देशको खासगरि पूर्व र मध्य क्षेत्रका केही स्थानहरूमा भारी वर्षा हुनेछ भने पूर्व र मध्य क्षेत्रका मध्य पहाड र तराईका थोरै ठाउँहरुमा धेरै भारी वर्षा समेत हुनेछ।

राति: देशभर व्यापक क्षेत्रमा वर्षा जारी रहनेछ। देशको खासगरि पूर्व र मध्य क्षेत्रका केही स्थानहरूमा भारी वर्षा  हुनेछ भने पूर्व र मध्य क्षेत्रका मध्य पहाड र तराईका थोरै ठाउँहरूमा धेरै भारी वर्षासमेत हुनेछ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशको खासगरी पूर्व र मध्यक्षेत्रका केही स्थानहरुमा भारी वर्षा  हुने र पूर्व क्षेत्रका तराई र मध्य पहाडका थोरै ठाउँहरूमा धेरै भारीसमेत हुने भएकोले पूर्व र मध्य क्षेत्रका पहाडी भू-भागमा पहिरो जान सक्ने र पूर्व र मध्य तराई क्षेत्रका नदीहरूमा जलको बहाव, स्तर बढ्न सक्ने भएको उच्च सतर्कता अपनाउनु पर्ने देखिन्छ। साथै, देशभर हवाई तथा सडक यातायातमा समेत अवरोध आउने सक्ने भएकोले उच्च सतर्क रहनुपर्ने देखिन्छ।

साभार setopati.com

प्रतिकृया दिनुहोस्
ब्रेकिङ न्युज

समाचारसरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो

समाचारनेकपामा पुराना उम्मेदवार दोहोरिएनन्, के होला अर्थमन्त्री खतिवडाको सांसद पद ?

स्वास्थ्यके तपाईंंको पनि हतारमा खाना खाने बानी छ ?

खेलकुदइपिएलमा विदेशी खेलाडीका लागि नयाँ नियम

बिज्ञान / प्रविधीरुसले बनायो आवाजभन्दा २० गुणा तेज उड्न सक्ने मिसाइल, अमेरिका हेरेको हेर्यै

समाचारनेकपाले छान्यो नारायणकाजी श्रेष्ठसहित राष्ट्रिय सभाका १६ उम्मेदवार [नामावलीसहित]

समाचारसामान्य बदलावसहित प्रधानमन्त्री रोजगार कार्यक्रमको निरन्तरता, अढाइ अर्ब चाँडै पठाइँदै

प्रदेश ७डडेल्धुरामा भारी हिमपात : भिमदत्त राजमार्ग अवरुद्ध हुँदा ७ जिल्लाको यातायात ठप्प

अर्थ / पर्यटनसुनचाँदी धितोमा ३६ अर्ब ७९ करोड रुपैयाँ कर्जा

कला / साहित्यकसले पो देख्छ र मनको पहिरो !