सूचना नेपाल
१२ साउन २०८१, शनिवार

सप्तकोशी नदीमा खतराको संकेत रातो बत्ति बालियो

सुनसरी । निरन्तर वर्षाको कारण सप्तकोशी नदीको बाहाव यो वर्षकै उच्च भएको छ । आज विहान ८ बजे १ लाख ७० हजार ६ सय ४५ क्युसेक प्रतिसेकेण्ड पानीको बाहाव मापन गरिएको कोशी व्यारेज कन्ट्रोलरुमले जनाएको छ ।

पानीको बाहाव बिहिबार साँझदेखि बढेपछि कोशी व्यारेजको ५६ ढोका मध्ये २३ वटा ढोका खोलिएको छ भने खतराको सूचक रातो बत्ति बालिएको छ । चार दिनदेखि भइरहेको लगातारको वर्षा नरोकिएकोले सप्तकोशीको बहाव अझै उच्च हुन सक्ने बताईएको छ ।

यसै विच निरन्तरको वर्षासँगै खसेको पहिरोले चतरा बराहक्षेत्र सडकखण्ड बिहीबारदेखि अवरुद्ध भएको छ । बराहाक्षेत्र जानेबाटो मोटीडाँडा मुनि पहिरो झर्नुका साथै अरु ठाउँमा पनि पहिरो झरेकोले बराहा क्षेत्र चतरा सडक खण्डमा सवारी सञ्चालन हुन नसकेको बराहाक्षेत्रबासी योगेस भण्डारीले बताए ।

वर्षा नरोकिएकाले बाटो खुलाउने कार्य सुरु गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरिक्षक अर्जुन पोखरेलले बताए । वर्षा रोकिएसँगै बाटो खुलाउने काम थालिने उनले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्
ब्रेकिङ न्युज

समाचारसरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो

समाचारनेकपामा पुराना उम्मेदवार दोहोरिएनन्, के होला अर्थमन्त्री खतिवडाको सांसद पद ?

स्वास्थ्यके तपाईंंको पनि हतारमा खाना खाने बानी छ ?

खेलकुदइपिएलमा विदेशी खेलाडीका लागि नयाँ नियम

बिज्ञान / प्रविधीरुसले बनायो आवाजभन्दा २० गुणा तेज उड्न सक्ने मिसाइल, अमेरिका हेरेको हेर्यै

समाचारनेकपाले छान्यो नारायणकाजी श्रेष्ठसहित राष्ट्रिय सभाका १६ उम्मेदवार [नामावलीसहित]

समाचारसामान्य बदलावसहित प्रधानमन्त्री रोजगार कार्यक्रमको निरन्तरता, अढाइ अर्ब चाँडै पठाइँदै

प्रदेश ७डडेल्धुरामा भारी हिमपात : भिमदत्त राजमार्ग अवरुद्ध हुँदा ७ जिल्लाको यातायात ठप्प

अर्थ / पर्यटनसुनचाँदी धितोमा ३६ अर्ब ७९ करोड रुपैयाँ कर्जा

कला / साहित्यकसले पो देख्छ र मनको पहिरो !