सूचना नेपाल
१२ साउन २०८१, शनिवार

बाँध फुट्न थालेपछि मात्र भारतले ढोका खोल्यो

२८ असार, रौतहट । भारतले समयमै बाँधका ढोकाहरु नखोल्दा रौतहट पूर्णरुपमा डुबानमा परेको छ । लालबकैया र बाग्मती नदीमा आएको बाढीले सदरमुकाम गौरसहित अधिकांश भाग डुबाएको छ ।

गौरमा शुक्रबार राति नै बाढी पसेको थियो । सदरमुकामका मुख्य सडकमा एक तले घर डुब्ने गरी पानी जम्मा भएको छ भने जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरीको कार्यालय लगायत प्रहरी युनिटसमेत डुबानमा परेका छन् ।
बाढीले गौरसँगै गरुडा, कटहरीया, मत्सरी, बेलबिछवा, पिप्रा रजबाडा, बडहरवा, बन्जरहा, इनर्वा, लक्ष्मिनिया, मर्यादपुर, बसन्तपट्टी र तेजापाकड डुबाएको छ ।
डुबानका कारण जनजीवन निकै कस्टकर बनेको छ । डुबेर गौर ३ टिकुलियाका शिवमंगल पटेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी नविन कार्कीले बताए । मौलापुर नगरपालिकाको वडा नं. १, ३ र ४ मा चार सय घर प्रभावित भएका छन् भने २० हजार बढी विस्थापित भएका छन् ।

भत्किएको बाँध टालियो, ढोका खुलाइयो

नदीमा पानीको बहाव बढेपछि नेपाली सुरक्षाकर्मीहरुले शुक्रबार नै बाँधको ढोका खोल्न आग्रह गरेका थिए, तर भारतीय पक्षले सुनुवाई नगर्दा रौतहट डुबानमा पर्यो ।

शनिबार दिउँसो भारतीय गाउँ भकुरहर नजिकै बाँध फुटेर पानीले निकास पाएपछि गौरमा पानी सतह केही कम भयो । तर भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले भत्किएको बाँध तत्काल मर्मत गरेको छ । साथै बाँधको ढोका खोलेको छ ।

एसएसबीको क्याम्प नजिकैको बाँधको ढोका आंशिक रुपमा खोलिएको छ भने त्यसभन्दा पूर्व रहेको बाँधको ढोका पूर्णरुपमा खोलेर पानीलाई निकास दिइएको छ ।

बाँध भत्किँदा बस्ती नै बगाउने सम्भावना भएकाले भारतको भकुरहर, मुसाचक लगायतका बासिन्दा पनि बाँधको ढोका खोल्न एसएसबीलाई दबाव दिएका थिए ।

सडक सञ्जाल अवरुद्ध, प्रहरी युनिटहरु सम्पर्कविहीन

सिंगो जिल्ला जलमग्न भएपछि सडक सञ्जाल अवरुद्ध बनेका छन् । विद्युत पनि अवरुद्ध भएको छ । प्रहरी युनिटहरुमा विद्युत आपूर्ति नहुँदा उद्दार प्रभावित भएको छ भने क्षतिको यकिन विवरण समेत आउन नसकेको डीएसपी कार्कीले बताए ।
बाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले बोटको माध्यमले स्थानीयबासीको उद्धार गरेका छन् । तीन वटै सुरक्षा निकायको अलगअलग टोलीले बाढीमा फसेकाहरुको उद्धार गरेर सुरक्षित स्थानमा पुर्‍याएका छन् ।

प्रतिकृया दिनुहोस्
ब्रेकिङ न्युज

समाचारसरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो

समाचारनेकपामा पुराना उम्मेदवार दोहोरिएनन्, के होला अर्थमन्त्री खतिवडाको सांसद पद ?

स्वास्थ्यके तपाईंंको पनि हतारमा खाना खाने बानी छ ?

खेलकुदइपिएलमा विदेशी खेलाडीका लागि नयाँ नियम

बिज्ञान / प्रविधीरुसले बनायो आवाजभन्दा २० गुणा तेज उड्न सक्ने मिसाइल, अमेरिका हेरेको हेर्यै

समाचारनेकपाले छान्यो नारायणकाजी श्रेष्ठसहित राष्ट्रिय सभाका १६ उम्मेदवार [नामावलीसहित]

समाचारसामान्य बदलावसहित प्रधानमन्त्री रोजगार कार्यक्रमको निरन्तरता, अढाइ अर्ब चाँडै पठाइँदै

प्रदेश ७डडेल्धुरामा भारी हिमपात : भिमदत्त राजमार्ग अवरुद्ध हुँदा ७ जिल्लाको यातायात ठप्प

अर्थ / पर्यटनसुनचाँदी धितोमा ३६ अर्ब ७९ करोड रुपैयाँ कर्जा

कला / साहित्यकसले पो देख्छ र मनको पहिरो !