सूचना नेपाल
१२ साउन २०८१, शनिवार

वर्षा घट्दो क्रममा, कस्तो हुनेछ आजको मौसम ?

असार २९, २०७६

काठमाडौँ– मध्य र पूर्वी नेपालको तराई भूभाग तथा पश्चिमी नेपालको पहाडी भूभाग नजिकको मध्य र पूर्वको न्यून चापीय क्षेत्र कमजोर अवस्थामा रहेकाले वर्षा घट्दो क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

उक्त प्रणालीका कारण मनसुन अझै सक्रिय रहे पनि विस्तारै कमजोर हुँदै जाने विभागका मौसमविद् मिनकुमार अर्यालले जानकारी दिए ।

 विभागले शुक्रबारको जस्तो अविरलरुपमा भने वर्ष नहुने जानकारी दिएको छ । केही दिन सतर्कता अपनाउन भने आग्रह गरेको छ । अहिले देशका धेरैजसो स्थानमा मनसुनी वर्षा भने जारी रहेको अर्यालले जानकारी दिए । 

आइतबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा वर्षा हुने र मुलुकको पूर्व र मध्यक्षेत्रका केही स्थानमा र पश्चिमका एक–दुई स्थानमा भारी वर्षा हुने विभागको विष्लेषण छ ।  
 
    सोही राति देशभर पूर्ण बदली रही अधिकांश स्थानमा वर्षा हुने देशको पूर्व र मध्यक्षेत्रका थोरै स्थानमा र पश्चिमका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ । सोमबार पनि अवस्था उस्तैउस्तै रहने जनाइएको छ । 
 
    देशको पूर्व र मध्यक्षेत्रका केही स्थानमा र पश्चिमी भू–भागको एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाले पूर्व र मध्यक्षेत्रका पहाडी भूभागमा पहिरो जान सक्ने विभागले जनाएको छ । मुलुको पूर्वी, मध्य र पश्चिमी तराई क्षेत्रका नदीमा जलको बहाव र स्तर हल्का बढ्न सक्ने भएकाले सतर्कता अपनाउनसमेत भनिएको छ ।

    साथै देशभर विशेषतः हवाई तथा सडक यातायातमा समेत वर्षा र कम भिजिविलिटीका कारण अवरोध आउन सक्ने भएकाले सतर्कता अपनाउन विभागले सूचना जारी गरी जानकारी दिएको छ । 

प्रतिकृया दिनुहोस्
ब्रेकिङ न्युज

समाचारसरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो

समाचारनेकपामा पुराना उम्मेदवार दोहोरिएनन्, के होला अर्थमन्त्री खतिवडाको सांसद पद ?

स्वास्थ्यके तपाईंंको पनि हतारमा खाना खाने बानी छ ?

खेलकुदइपिएलमा विदेशी खेलाडीका लागि नयाँ नियम

बिज्ञान / प्रविधीरुसले बनायो आवाजभन्दा २० गुणा तेज उड्न सक्ने मिसाइल, अमेरिका हेरेको हेर्यै

समाचारनेकपाले छान्यो नारायणकाजी श्रेष्ठसहित राष्ट्रिय सभाका १६ उम्मेदवार [नामावलीसहित]

समाचारसामान्य बदलावसहित प्रधानमन्त्री रोजगार कार्यक्रमको निरन्तरता, अढाइ अर्ब चाँडै पठाइँदै

प्रदेश ७डडेल्धुरामा भारी हिमपात : भिमदत्त राजमार्ग अवरुद्ध हुँदा ७ जिल्लाको यातायात ठप्प

अर्थ / पर्यटनसुनचाँदी धितोमा ३६ अर्ब ७९ करोड रुपैयाँ कर्जा

कला / साहित्यकसले पो देख्छ र मनको पहिरो !