सूचना नेपाल
१२ साउन २०८१, शनिवार

मलेसियाविरुद्धको टी-२० सिरिज नेपालद्वारा ‘क्लिन स्विप’, दोस्रो खेलमा ६ रनले विजयी

मलेसियाविरुद्धको २ खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिज नेपालले ‘क्लिन स्विप’ गरेको छ।

आइतबार क्वालालम्पुरस्थित किनरारा ओभलमा भएको दोस्रो खेलमा नेपालले मलेसियालाई ६ रनले हराएर दुवै खेल जितेको हो। 

नेपालले टी-२० सिरिज क्लिन स्विप गरेको यो  पहिलो पटक हो। ६ महिनाअघि युएईविरुद्धको ३ खेलको सिरिज नेपालले २-१ ले जितेको थियो।

यसअघि नेपालले शनिबार भएको पहिलो टी-२० खेलमा मलेसियलाई ७ विकेटले हराएको थियो। 

आइतबार नेपालले दिएको १७४ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ७ विकेटको क्षतिमा १६७ रन मात्र जोड्न सक्यो। 

अन्तिम ओभरमा जितका लागि १६ रन चाहिएको मलेसियाको ३ विकेट बचेको थियो। तर नेपालका अभिनास बोहराले अन्तिम ओभरमा ७ रन मात्र दिँदा मलेसियाले सिरिज बराबरी गर्ने मौका गुमायो। 

मलेसियाका लागि ओपनिङ ब्याट्सम्यान सयद अजिजले ५० रनको योगदान दिए। उनले ३७ बलमा ७ चौका र १ छक्का हिर्काए। अर्का ओपनर विरन्दीप सिंहले २३ रन जोडे।

अजिज र सिंहबीच पहिलो विकेटका लागि ७१ रनको साझेदारी हुँदा नेपाल दबाबमा परेको थियो। तर दशौं ओभरमा नेपालका अभिनासले अजिजलाई आउट गरेका थिए। 

मलेसियाका लागि अमिमुद्दीन रामले ११ बलमा ३ छक्काको मद्दतमा २४ रन बनाए। मोहमद साहददले नटआउट २१ रन जोडे पनि जितका लागि पर्याप्त हुन सकेन। 

बलिङमा नेपालका सोमपाल कामी र सन्दीप लामिछानेले २-२ विकेट लिए। अभिनास बोहरा, करण केसी र कप्तान पारस खड्काले १-१ हात पारे।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेटको क्षतिमा १७३ रन जोड्यो।

नेपालका लागि मध्यक्रमका ब्याट्सम्यान विनोद भण्डारीले अर्धशतक प्रहार गरे। उनले नटआउट ५१ रन जोडे। विनोदले २५ बलमा ३ चौका र ५ छक्का हिर्काए।

शरद भेषावकरले ४० रनको योगदान दिए। उनले २८ बलमा ४ चौका र २ छक्का प्रहार गरे। ओपनर तथा कप्तान पारस खड्काले २३ रन जोडे।उनले १९ बलमा समान २-२ चौका र छक्का हिर्काए। अर्का ओपनर पवन सर्राफ भने १० रनमै आउट भए। उनले ११ बलमा २ चौका हिर्काए।

ज्ञानेन्द्र मल्ल ३ बलमा ७ रनमा आउट भए। यस्तै रोहित कुमार पौडेलले २३ बलमा १९ रन बटुले। करण केसी १० बलमा १६ रन जोडेर आउट भए। उनले १ चौका र १ छक्का हिर्काए।

बलिङमा मलेसियाका फित्री सामले ३ विकेट लिए। उनले ३ ओभरमा २६ रन खर्चिए।

आगामी साउन ६ देखि सिंगापुरमा हुने आइसिसी टी-२० विश्ववकप एसिया छनोट प्रतियोगिताको तयारीका लागि नेपालले मलेसियासँग २ खेलको टी-२० सिरिज खेलेको हो।

प्रतिकृया दिनुहोस्
ब्रेकिङ न्युज

समाचारसरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो

समाचारनेकपामा पुराना उम्मेदवार दोहोरिएनन्, के होला अर्थमन्त्री खतिवडाको सांसद पद ?

स्वास्थ्यके तपाईंंको पनि हतारमा खाना खाने बानी छ ?

खेलकुदइपिएलमा विदेशी खेलाडीका लागि नयाँ नियम

बिज्ञान / प्रविधीरुसले बनायो आवाजभन्दा २० गुणा तेज उड्न सक्ने मिसाइल, अमेरिका हेरेको हेर्यै

समाचारनेकपाले छान्यो नारायणकाजी श्रेष्ठसहित राष्ट्रिय सभाका १६ उम्मेदवार [नामावलीसहित]

समाचारसामान्य बदलावसहित प्रधानमन्त्री रोजगार कार्यक्रमको निरन्तरता, अढाइ अर्ब चाँडै पठाइँदै

प्रदेश ७डडेल्धुरामा भारी हिमपात : भिमदत्त राजमार्ग अवरुद्ध हुँदा ७ जिल्लाको यातायात ठप्प

अर्थ / पर्यटनसुनचाँदी धितोमा ३६ अर्ब ७९ करोड रुपैयाँ कर्जा

कला / साहित्यकसले पो देख्छ र मनको पहिरो !