सूचना नेपाल
२४ माघ २०८१, बिहिवार

मलेसिया रोजगारको गाँठो फुक्यो, स्वास्थ्य संस्थाको निरीक्षण गर्न मलेसियाली टोली नोभेम्बरमा आउने सहमति

काठमाडौँ — नेपाल सरकारद्वारा सूचीकृत एकसय २२ मध्ये ८६ वटा नयाँ स्वास्थ्य संस्थालाई निरीक्षण गर्न आगामी नोभेम्बरको पहिलो साता टोली पठाउन मलेसिया सरकार सहमत भएको छ । यसअघि बायोमेडिकल प्रणालीमा समावेश भइसकेका ३६ वटा स्वास्थ्य संस्थाहरुको भने निरीक्षण हुने छैन । दुई महिनाअघि मात्रै मलेसिया सरकारको वार्षिक निरीक्षणमा पास भइसकेकोले उनीहरुले कामदारको स्वास्थ्य परीक्षण गर्न पाउने बाटो खुल्ला भएको छ ।

मापदण्डमा उत्तीर्णलाई बायोमेडिकल प्रणालीमा समावेश गर्छौ : मलेसिया
मलेसिया अबिलम्ब खुल्छ : श्रम मन्त्री

मलेसियाको पुत्राजयमा नेपाल र मलेसियाका उच्च अधिकारीबीच बिहीबार दिउँसो सम्पन्न संयुक्त कार्यदलको बैठकमा यस्तो सहमति भएको हो। बैठक तीन दिनसम्म चलेको थियो। सहमतिमा दुवै पक्षले हस्ताक्षर गरेका छन्। बैठकको नेतृत्व नेपालको तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका वरिष्ठ सह-सचिव रामप्रसाद घिमिरेले गरेका थिए। बैठकमा परराष्ट्र र कानुन मन्त्रालयका उच्च अधिकारीको पनि सहभागिता थियो।
सहमति पत्रमा मलेसियाको मावन संशाधन नीति विभागका प्रमुख बेट्टी हसन र नेपालको तर्फबाट श्रम मन्त्रालयका सहसचिव घिमरेबीच हस्ताक्षर भएको हो।
‘मलेसियाबाट आउने निरीक्षण टोलीले सूचीकृत नयाँ स्वास्थ्य संस्थाको निरीक्षण गर्नेछ। निरीक्षणमा पास हुने स्वास्थ्य संस्थालाई मात्रै बायोमेडिकल प्रणालीमा समावेश गर्नेछ,’ बैठकमा सहभागी एक अधिकारीले मलेसियाबाट कान्तिपुरलाई भने, ‘पहिलेदेखि नै बायोमेडिकल सुरु भएको संस्थाले काम सुरु गर्न पाउनेछ। मलेसिया सरकारको स्थापित मापदण्ड पुग्नेलाई छनोट गर्नेछ।’
बैठकमा नेपाली टोलीले स्वास्थ्य मापदण्ड पुर्‍याउने संस्थालाई बायोमेडिकलमा सहभागी हुनेपर्ने अडान राखेका थिए। ‘कतिवटा संस्थाहरु छानिनेछ। त्यो सरकारको विषय होइन। विधि अनुसार स्वास्थ्य संस्थाको छनोट हुनुपर्छ,’ बैठकमा नेपाली पक्षले राखेको भनाई उद्धृत गर्दै ती अधिकारीले भने, ‘मापदण्ड पुग्नेले कामदारको स्वास्थ्य परीक्षण गर्न पाउनुपर्छ।’
मलेसियाले सुरुमा तत्कालको लागि ३६ वटा स्वास्थ्य संस्थाहरु नै प्रर्याप्त भएको भन्दै आवश्यकता अनुसार थप गर्दै जाने अडान राखेको थियो।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले मलेसियाको गतिरोध अबिलम्ब सुचारु हुने प्रतिक्रिया दिए। ‘मलेसियाको रोजगारीलाई सुचारु गर्ने वातावरण बनेको छ,’ उनले भने, ‘श्रम समझदारी अनुसार अब चाँडै नेपालीहरु कामको लागि मलेसिया जान पाउनेछन्।’

प्रतिकृया दिनुहोस्
ब्रेकिङ न्युज

समाचार390795651737853303

समाचार569284981737248530

समाचारसरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो

समाचारनेकपामा पुराना उम्मेदवार दोहोरिएनन्, के होला अर्थमन्त्री खतिवडाको सांसद पद ?

स्वास्थ्यके तपाईंंको पनि हतारमा खाना खाने बानी छ ?

खेलकुदइपिएलमा विदेशी खेलाडीका लागि नयाँ नियम

बिज्ञान / प्रविधीरुसले बनायो आवाजभन्दा २० गुणा तेज उड्न सक्ने मिसाइल, अमेरिका हेरेको हेर्यै

समाचारनेकपाले छान्यो नारायणकाजी श्रेष्ठसहित राष्ट्रिय सभाका १६ उम्मेदवार [नामावलीसहित]

समाचारसामान्य बदलावसहित प्रधानमन्त्री रोजगार कार्यक्रमको निरन्तरता, अढाइ अर्ब चाँडै पठाइँदै

प्रदेश ७डडेल्धुरामा भारी हिमपात : भिमदत्त राजमार्ग अवरुद्ध हुँदा ७ जिल्लाको यातायात ठप्प