सूचना नेपाल
१२ साउन २०८१, शनिवार

फेवाताल जोगाउन साढे ३४ करोड खर्चेर ‘सिल्टेसन ड्याम’ बनाइँदै

फेवाताल जोगाउन गण्डकी प्रदेश र पोखरा महानगरले आधा/आधा लगानीमा ५ वटा थिग्राउने पोखरी अर्थात् सिल्टेसन ड्याम बनाउने भएका छन्।

फेवातालमा बगेर आउने ढल, ढुङ्गा, माटो, बालुवाले वर्षेनी ताल पुरिँदै गएपछि जोगाउन यस्तो पहल थालिएको हो। फेवातालमा जाने ढल, ढुङ्गा, माटोलाई थिग्राउनेगरी पोखरीमा जम्मा गर्ने र त्यहाँबाट सफा पानी मात्र फेवातालमा जाने गरी सिल्ट्रेसन ड्याम बनाउन लागिएको पोखरा महानगरका वरिष्ठ इञ्जिनियर शारदामोहन काफ्लेले जानकारी दिए।

वर्षामा बाढीसँगै ढल बगेर फेवाताल जाने ठाउँहरुमा ५ वटा थिग्राउने पोखरी बनाउन सम्झौता भएका छन्। यस्ता पोखरीहरु बेतयानी खोलामा ५ करोड ४६ लाख ५८ हजार लागतमा दुई वटा, घाँटीछिनामा ७ करोड ८८ लाख ६२ हजार लागतमा एउटा, लौरुकमा ५ करोड ७४ लाख ८४ हजारमा एउटा, अँधेरी कुनामा ९ करोड ६ लाख ४ हजारमा एउटा बन्नेछन्। यी पाँचवटा पोखरी बनाउन कुल ३४ करोड ४९ लाख रुपैयाँमा ठेक्का सम्झौता भइसकेको छ।

बेतयानीका दुई वटा पोखरी बनाउन गीता/जय नेपाल ईश्वर जेभीले ठेक्का पाएको छ। तीनवटा पोखरी बनाउन खड्का कृष्ण पिके जेभीले ठेक्का पाएको छ। यी सबै पोखरी १५ महिनामा निर्माण सक्ने गरी समय तोकिएको छ।

थिग्राउने पोखरी निर्माणको शिलान्यास बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले संयुक्त रुपमा गरे।

मुख्यमन्त्री गुरुङले यी पोखरीहरु निर्माण भएपछि फेवातालको संरक्षण हुने बताए। ‘पोखरा र फेवाताल परिपुरक हुन्’ गुरुङले भने, ‘पोखरामा पर्यटन फस्टाउन फेवातालको सौन्दर्य मुख्य रहेकाले पनि यसको संरक्षण गर्नुपर्छ।’

उनले फेवातालसँगै पोखरामा रहेको अन्य तालहरुको पनि संरक्षणमा लाग्ने बताए। फेवातालको अतिक्रमण हटाउन गर्नुपर्ने सिमांकन पनि आगामी २/३ महिनामा टुंगिने उनको भनाइ छ।

महानगरका प्रमुख जिसीले थिग्राउने पोखरीले आम्दानीको बाटो पनि खोल्ने बताए। विज्ञ टोलीको अध्ययन अनुसार थिग्राउने पोखरी बनाउन लागिएको भन्दै जिसीले यहाँ जम्मा हुने ढुङ्गा गिट्टी बालुवा आम्दानीको स्रोत हुने उनको भनाइ छ।

विज्ञटोलीले यी ५ पोखरीमा जम्मा भएको ढुङ्गा गिट्टी, बालुवा बेचेर वार्षिक २३ करोड आम्दानी हुने अनुमान लगाएका छन्। विज्ञ टोलीले हप्तामा १ लाख ५० हजार घनमिटर गेग्रान जम्मा हुने बताएको सुनाउँदै महानगर प्रमुख जिसीले भने, ‘हप्तैपिच्छे गेग्रान निकालेर बेच्छौं, फेवाताललाई सफा पनि राख्छौँ।’

Vai : Setopati.com

प्रतिकृया दिनुहोस्
ब्रेकिङ न्युज

समाचारसरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो

समाचारनेकपामा पुराना उम्मेदवार दोहोरिएनन्, के होला अर्थमन्त्री खतिवडाको सांसद पद ?

स्वास्थ्यके तपाईंंको पनि हतारमा खाना खाने बानी छ ?

खेलकुदइपिएलमा विदेशी खेलाडीका लागि नयाँ नियम

बिज्ञान / प्रविधीरुसले बनायो आवाजभन्दा २० गुणा तेज उड्न सक्ने मिसाइल, अमेरिका हेरेको हेर्यै

समाचारनेकपाले छान्यो नारायणकाजी श्रेष्ठसहित राष्ट्रिय सभाका १६ उम्मेदवार [नामावलीसहित]

समाचारसामान्य बदलावसहित प्रधानमन्त्री रोजगार कार्यक्रमको निरन्तरता, अढाइ अर्ब चाँडै पठाइँदै

प्रदेश ७डडेल्धुरामा भारी हिमपात : भिमदत्त राजमार्ग अवरुद्ध हुँदा ७ जिल्लाको यातायात ठप्प

अर्थ / पर्यटनसुनचाँदी धितोमा ३६ अर्ब ७९ करोड रुपैयाँ कर्जा

कला / साहित्यकसले पो देख्छ र मनको पहिरो !