सूचना नेपाल
१२ साउन २०८१, शनिवार

सभामुख निर्वाचनमा जुटेन सहमति, संसद् बैठक सूचना टाँसेर स्थगित गर्ने तयारी

त्तारुढ दल नेकपाले उम्मेदवार तय गर्न नसक्दा नयाँ सभामुख निर्वाचनका लागि संसद् सचिवालयले तयार गरेको कार्यतालिका प्रभावित हुने भएको छ ।

नेकपाले निर्णय गर्न नसक्दा शुक्रवार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक सूचना टाँसेर स्थगित गर्ने सचिवालयको तयारी छ । 

हिउँदे अधिवेशनको पहिलो दिन पुस ४ गते छोटो समयका लागि बसेको प्रतिनिधि सभाको बैठक सभामुख निर्वाचनको गृहकार्यका लागि भन्दै शुक्रवारसम्मका लागि स्थगित भएको थियो ।

सत्तारुढ नेकपाले उम्मेदवार तय गर्न नसक्दा शुक्रवारको बैठक सूचनामार्फत पुस १६ गते बुधवारसम्मका लागि स्थगित गर्ने सचिवालयको आन्तरिक तयारी छ । 

आजको बैठकबाट सभामुख निर्वाचनको कार्यतालिका प्रकाशित गर्नेगरी सचिवालयले निर्वाचनको सम्भावित कार्यतालिका तयार गरेको थियो ।

आइतवार उम्मेदवारी मनोनयनको समय राखेर सोमवारको बैठकबाट सभामुख निर्वाचन गर्नेगरी सचिवालयले तयार गरेको थियो । 

नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले ११ गते बस्ने बैठकले सभामुख निर्वाचनको मिति तोक्ने बताएका थिए । 

नेकपामा रस्साकस्सी

नेकपाका एक प्रभावशाली नेताले पार्टीमा सभामुखको सर्वसम्मत् उम्मेदवार तय हुन नसकेको बताए । प्रधामनन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले नेम्वाङलाई सभामुख बनाउनु पर्ने अडान लिएका छन् । 

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने नेता अग्नि सापकोटाको नाम अगाडि सारेका छन् । 

नेकपाभित्रको एउटा समूहले भने उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई नै सभामुख बनाउन दबाब दिइरहेको छ ।

‘पार्टीभित्र सभामुखको उम्मेदवारबारे सहमति जुट्न नसक्दा संसद् बैठक नै प्रभावित हुने देखियो,’ नेकपाका एक सांसदले भने । 

मंसिर ४ गते नै हिउँदै अधिवेशन शुरू भएको राष्ट्रिय सभाले भने आफ्नो नियमित काम शुरू गरिसकेको छ । सभामुख नहुँदा प्रतिनिधि सभा भने अनिर्णयको बन्दी बनेको छ । 

संसद् सचिवालयमा कार्यरत एक महिलामाथि यौन दुर्व्यवहारको आरोप लागेपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका थिए ।

महराको राजीनामापछि असोज १४ गतेयता प्रतिनिधि सभाको सभामुख पद रिक्त छ ।


प्रतिकृया दिनुहोस्
ब्रेकिङ न्युज

समाचारसरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो

समाचारनेकपामा पुराना उम्मेदवार दोहोरिएनन्, के होला अर्थमन्त्री खतिवडाको सांसद पद ?

स्वास्थ्यके तपाईंंको पनि हतारमा खाना खाने बानी छ ?

खेलकुदइपिएलमा विदेशी खेलाडीका लागि नयाँ नियम

बिज्ञान / प्रविधीरुसले बनायो आवाजभन्दा २० गुणा तेज उड्न सक्ने मिसाइल, अमेरिका हेरेको हेर्यै

समाचारनेकपाले छान्यो नारायणकाजी श्रेष्ठसहित राष्ट्रिय सभाका १६ उम्मेदवार [नामावलीसहित]

समाचारसामान्य बदलावसहित प्रधानमन्त्री रोजगार कार्यक्रमको निरन्तरता, अढाइ अर्ब चाँडै पठाइँदै

प्रदेश ७डडेल्धुरामा भारी हिमपात : भिमदत्त राजमार्ग अवरुद्ध हुँदा ७ जिल्लाको यातायात ठप्प

अर्थ / पर्यटनसुनचाँदी धितोमा ३६ अर्ब ७९ करोड रुपैयाँ कर्जा

कला / साहित्यकसले पो देख्छ र मनको पहिरो !