सूचना नेपाल
१२ साउन २०८१, शनिवार

पुसे झरीमा रुझ्दै उखु किसानको आन्दोलन : कृषिमन्त्री राजीनामा दे !

गत २ हप्तादेखि उखुको भुक्तानी माग गर्दै काठमाडौंमा आन्दोलन गरिरहेका किसानले कृषिमन्त्री घनश्याम भुसालको राजीनामा मागेका छन् ।

बिहीवार काठमाडौंमा भएको पुसे झरीमा रुझ्दै माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका उखु किसानले ‘कृषिमन्त्री राजीनामा दे, कृषिमन्त्री मुुर्दावाद !’ भन्दै नाराबाजी गरिरहेका छन् ।

उखु किसानको भुक्तानी गराउन कृषिमन्त्री भुसालले पहल गरेको नदेखिएपछि आक्रोशित उखु किसान मन्त्रीविरुद्ध नाराबाजीमा उत्रिएका छन् । उखु किसानका समस्या सुन्न उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बुधवार वार्ता गरेपनि कृषिमन्त्री भुसालले वास्ता नै नगरेको किसानको गुनासो छ ।

कृषि मन्त्रीले माघ पहिलो हप्ताभित्र उखुको सबै भुक्तानी गरिने प्रतिबद्धता जनाएपनि किसानले लिखित प्रतिबद्धता माग्दै आन्दोलनलाई निरन्तरता दिएका छन् ।

प्रतिकृया दिनुहोस्
ब्रेकिङ न्युज

समाचारसरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो

समाचारनेकपामा पुराना उम्मेदवार दोहोरिएनन्, के होला अर्थमन्त्री खतिवडाको सांसद पद ?

स्वास्थ्यके तपाईंंको पनि हतारमा खाना खाने बानी छ ?

खेलकुदइपिएलमा विदेशी खेलाडीका लागि नयाँ नियम

बिज्ञान / प्रविधीरुसले बनायो आवाजभन्दा २० गुणा तेज उड्न सक्ने मिसाइल, अमेरिका हेरेको हेर्यै

समाचारनेकपाले छान्यो नारायणकाजी श्रेष्ठसहित राष्ट्रिय सभाका १६ उम्मेदवार [नामावलीसहित]

समाचारसामान्य बदलावसहित प्रधानमन्त्री रोजगार कार्यक्रमको निरन्तरता, अढाइ अर्ब चाँडै पठाइँदै

प्रदेश ७डडेल्धुरामा भारी हिमपात : भिमदत्त राजमार्ग अवरुद्ध हुँदा ७ जिल्लाको यातायात ठप्प

अर्थ / पर्यटनसुनचाँदी धितोमा ३६ अर्ब ७९ करोड रुपैयाँ कर्जा

कला / साहित्यकसले पो देख्छ र मनको पहिरो !