सूचना नेपाल
१२ साउन २०८१, शनिवार

प्रहरीको चरित्र चिरफार गर्दै ‘कप्स’

काठमाडौं : नेपाली फिल्ममा नेपाल प्रहरीको चरित्र नकारात्मक देखाउँदै आएको बेला चलचित्र ‘कप्स’ (सत्य सेवा सुरक्षणम्) मा दर्शकले उनीहरूको चरित्र सकारात्मक देख्न पाउनेछन्। विश्वमा राम्रो प्रहरीको रूपमा नेपाली प्रहरीले बनाएको छवि आफूहरूले यो चलचित्रमा प्रस्तुत गरेको निर्देशक सम्राट सापकोटाले बताए।

प्रहरीले राम्रो काम गरेको भए पनि उनीहरूमाथि जनताको हेराइ र बुझाइ किन नकारात्मक छ भन्ने विषयलाई आफ्नो सिनेमाले चिरफार गर्ने पनि निर्देशक सापकोटाले बताए।

निर्देशक सापकोटाले भने, ‘नेपाल प्रहरी अहिले पनि विश्वमा सक्षम प्रहरी भनेर चिनिएको छ। त्यसैले मेरो चलचित्र कप्सले अपराध नियन्त्रणमा नेपाल प्रहरीको सफलताको कथा प्रस्तुत गरेको छ।’ यस अघि दुई दर्जनभन्दा बढी चलचित्रमा अभिनय गरेका सम्राटले चलचित्र कप्सबाट निर्देशनमा हात हालेका हुन्।

१७ जेठबाट देशव्यापी रिलिज हुने यो चलचित्रमा प्रहरी नायब उपरीक्षकका रूपमा अभिनेता अनुपविक्रम शाहीलाई उतारिएको छ।

यसअघि प्रायः खलचरित्रमा उत्रने गरेको अनुपलाई कप्समा एउटा सक्षम र देशभक्त प्रहरीको रूपमा प्रस्तुत गरिएको पनि निर्देशक सापकोटाले बताए। कप्समा अनुपविक्रमसँगै सन्दीपा लिम्बू, अमित गिरी, रामराज क्षेत्री, अनुपमा भण्डारी, निरुता स्याङ्तान, रोशन सुवेदी, सुन्दर श्रेष्ठलगायतको मुख्य भूमिका रहेको छ।

राम शाक्यले निर्माण गरेको यो फिल्ममा सुसन प्रजापतिको छायांकन, विपिन मल्लको सम्पादन, स्वयम्भूराज शाक्यको संगीत छ

प्रतिकृया दिनुहोस्
ब्रेकिङ न्युज

समाचारसरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो

समाचारनेकपामा पुराना उम्मेदवार दोहोरिएनन्, के होला अर्थमन्त्री खतिवडाको सांसद पद ?

स्वास्थ्यके तपाईंंको पनि हतारमा खाना खाने बानी छ ?

खेलकुदइपिएलमा विदेशी खेलाडीका लागि नयाँ नियम

बिज्ञान / प्रविधीरुसले बनायो आवाजभन्दा २० गुणा तेज उड्न सक्ने मिसाइल, अमेरिका हेरेको हेर्यै

समाचारनेकपाले छान्यो नारायणकाजी श्रेष्ठसहित राष्ट्रिय सभाका १६ उम्मेदवार [नामावलीसहित]

समाचारसामान्य बदलावसहित प्रधानमन्त्री रोजगार कार्यक्रमको निरन्तरता, अढाइ अर्ब चाँडै पठाइँदै

प्रदेश ७डडेल्धुरामा भारी हिमपात : भिमदत्त राजमार्ग अवरुद्ध हुँदा ७ जिल्लाको यातायात ठप्प

अर्थ / पर्यटनसुनचाँदी धितोमा ३६ अर्ब ७९ करोड रुपैयाँ कर्जा

कला / साहित्यकसले पो देख्छ र मनको पहिरो !