सूचना नेपाल
१२ साउन २०८१, शनिवार

छवि ओझाविरुद्ध नायिका शिल्पा पोखरेलको उजुरी

अभिनेत्री शिल्पा पोखरेलले छविराज ओझाविरुद्ध उजुरी दिएकी छन् । उनले घरेलु हिंसा भएको भन्दै शान्ति सुरक्षाको माग गर्दै प्रहरीमा उजुरी दिएकी हुन् ।

शिल्पाले बुधबार महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिएको परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जाकारी दिए ।

‘शान्ति सुरक्षाको माग गर्दै अभिनेत्री शिल्पाले उजुरी दिएकी छन् । आज बुधबार छलफलका लागि उनीहरू दुवैलाई बोलाएका छौं,’ डीएसपी बोगटीले भने ।

अभिनेत्री रेखा थापासँग डिभोर्स गरेपछि चलचित्र निर्माता ओझा अभिनेत्री पोखरेलसँग २०७३ साल दसैंमा विवाह बन्धनमा बाँधिएका थिए ।

उनीहरु दुवैले विवाह गरेकाे तत्कालै स्वीकार नगरे पनि गत वर्ष मात्र उनीहरुले आफूहरूले विवाह गरेको सार्वजनिक रूपमा स्वीकार गरेका थिए ।

छविले शिल्पालाई ‘लज्जा’ चलचित्रबाट डेब्यु गराएका थिए । शिल्पाले त्यसपछि छविको ब्यानरमा निर्माण भएका ‘मंगलम’ तथा ‘हबल्दार सुन्तली’ मा अभिनय गरेकी थिइन् ।

शिल्पा चल्तीकी नायिका भए पनि चलचित्रमा भन्दा  म्युजिक भिडियोमा बढी सक्रिय छिन् ।

प्रतिकृया दिनुहोस्
ब्रेकिङ न्युज

समाचारसरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो

समाचारनेकपामा पुराना उम्मेदवार दोहोरिएनन्, के होला अर्थमन्त्री खतिवडाको सांसद पद ?

स्वास्थ्यके तपाईंंको पनि हतारमा खाना खाने बानी छ ?

खेलकुदइपिएलमा विदेशी खेलाडीका लागि नयाँ नियम

बिज्ञान / प्रविधीरुसले बनायो आवाजभन्दा २० गुणा तेज उड्न सक्ने मिसाइल, अमेरिका हेरेको हेर्यै

समाचारनेकपाले छान्यो नारायणकाजी श्रेष्ठसहित राष्ट्रिय सभाका १६ उम्मेदवार [नामावलीसहित]

समाचारसामान्य बदलावसहित प्रधानमन्त्री रोजगार कार्यक्रमको निरन्तरता, अढाइ अर्ब चाँडै पठाइँदै

प्रदेश ७डडेल्धुरामा भारी हिमपात : भिमदत्त राजमार्ग अवरुद्ध हुँदा ७ जिल्लाको यातायात ठप्प

अर्थ / पर्यटनसुनचाँदी धितोमा ३६ अर्ब ७९ करोड रुपैयाँ कर्जा

कला / साहित्यकसले पो देख्छ र मनको पहिरो !