सूचना नेपाल
१२ साउन २०८१, शनिवार

चैते धान सुक्यो

बर्दिबास, महोत्तरी — महोत्तरीमा लगाइएको चैते धान सिंचाइ अभावमा सुक्न थालेको छ । भंगाहा, बर्दिवास, रामगोपालपुर, गौशाला, औरहीलगायत नगरपालिकाका विभिन्न ठाउँमा किसानले लगाएको धान पानी नभएपछि सुक्न थालेको हो । 

भंगाहा नगरपालिकाभित्र किसानले लगाएको सबै धान डढेलो लगाए झैं डढेको स्थानीय शशांक अधिकारीले बताए । निकै मेहेनत गरेर लगायको धान बाली भित्र्याउन नपाउने भएपछि किसानहरू चिन्तित छन् ।

भगाहा ५ की किसान मधुकरवाली साहले आफ्नो १० कट्ठा जग्गामा लगाएको धान सबै सुकेर बर्बाद भएको बताइन् । जिल्लामा इनार, बोरिङ, चापाकाल, ढिकीपम्पको भरमा किसानहरूले खेती गर्दै आएका छन् । सिंचाइको राम्रो प्रबन्ध नहुँदा जिल्लाका धेरै खेतीयोग्य जग्गामा अझै भनेजस्तो बाली उत्पादन गर्न नसकेको किसान बताउँछन् ।

यो समय अन्नबाली सबै सुकिसकेको र खानेपानीको समेत हाहाकार भएको बर्दिवास ६ किसाननगरका रघुराज काफ्लेले बताए । महोत्तरीको करिब ६० हेक्टर खेतीयोग्य जग्गामा किसानले लगाएका धानबाली पानि नभएपछि सुकेको छ । रोपेको एक महिना नहुँदै धान सुके मात्र छैन, खेतसमेत चिराचिरा परेर फुट्न थालेको छ ।

गर्मी बढेसँगै महोत्तरीमा पानीका मुहान पनि सुक्दै गएका छन् । मुहान सुकेपछि जिल्लाका विभिन्न ठाउँमा खानेपानीको हाहाकार भएको छ । यसअघि किसानले लगाउने चैते धान महोत्तरीमा राम्रो उत्पदन हुँदै आएको र यसपालि भने सिंचाइका मुहान नै सुकेकाले महोत्तरीमा धान उत्पादन शून्य हुने देखिएको कृषि ज्ञान केन्द्र मलङगवा सर्लाहीका प्राविधिक सहायक रामकैलाश साहले बताए ।
किसानको सुविधालाई मध्यनजर गर्दै यस वर्ष मात्रै नगरपालिकामा ४० वटा इनार बनाइएको भंगाहा नगरपालिकाका मेयर सञ्जीवकुमार साहले बताए । पानीका मुहान नै सुकेपछि यस वर्ष चैते धानमा भने किसानको मेहेनत खेर जाने देखिएको उनले जनाए ।

प्रतिकृया दिनुहोस्
ब्रेकिङ न्युज

समाचारसरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो

समाचारनेकपामा पुराना उम्मेदवार दोहोरिएनन्, के होला अर्थमन्त्री खतिवडाको सांसद पद ?

स्वास्थ्यके तपाईंंको पनि हतारमा खाना खाने बानी छ ?

खेलकुदइपिएलमा विदेशी खेलाडीका लागि नयाँ नियम

बिज्ञान / प्रविधीरुसले बनायो आवाजभन्दा २० गुणा तेज उड्न सक्ने मिसाइल, अमेरिका हेरेको हेर्यै

समाचारनेकपाले छान्यो नारायणकाजी श्रेष्ठसहित राष्ट्रिय सभाका १६ उम्मेदवार [नामावलीसहित]

समाचारसामान्य बदलावसहित प्रधानमन्त्री रोजगार कार्यक्रमको निरन्तरता, अढाइ अर्ब चाँडै पठाइँदै

प्रदेश ७डडेल्धुरामा भारी हिमपात : भिमदत्त राजमार्ग अवरुद्ध हुँदा ७ जिल्लाको यातायात ठप्प

अर्थ / पर्यटनसुनचाँदी धितोमा ३६ अर्ब ७९ करोड रुपैयाँ कर्जा

कला / साहित्यकसले पो देख्छ र मनको पहिरो !