सूचना नेपाल
२४ माघ २०८१, बिहिवार

डुबेर दुई विद्यार्थी मृत्यु प्रकरण : सहमतिपछि आन्दोलन रोकियो (अपडेट)

खोटाङ — डुबेर मृत दुई विद्यार्थीका आफन्तले शनिबारदेखि सुरु गरेको प्रदर्शन राहत र किरिया खर्च पाउने भएपछि टुंगिएको छ । शनिवार बिहान साप्सुखोलामा डुबेर मृत्यु भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका १९ वर्षीय एलिश बस्नेत र १९ वर्षीय विक्रम भट्टराईका आफन्तले विभिन्न माग राखी शनिबार बेलुकीदेखि सुरु गरेको प्रदर्शन रोकिएको हो ।

दिक्तेलस्थित दित्तेल प्राविधिक शिक्षालयले अध्ययन भ्रमणमा मेवाखोला हाइड्रोपावर लैजाने क्रममा खोलामा पौडी खेल्दा उनीहरूको मृत्यु भएको थियो। मृतकका आफन्तले मृतकलाई सहिद घोषणा, प्राविधिक शिक्षालय खारेज, उचित क्षतिपूर्ति लगायतको माग राखेर दिक्तेल बजारमा नाराबाजी गर्दै बन्द गराएका छन्। प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालयमा समेत नाराबाजी गरेका थिए। आफन्तले जिल्ला अस्पतालमा पनि शनिबार राति अबेरसम्म प्रदर्शन गरेका थिए।
आइतबार जिल्ला प्रशासन कार्यालयमा भएको दुई पक्षीय छलफलमा मृतकका आफन्तलाई पाँच लाख रुपैयाँका दरले राहत र एक लाख रुपैयाँका दरले किरिया खर्च प्राविधिक शिक्षालयले दिने सहमतिपछि आन्दोलन बन्द गरेको प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्यायले बताए।
उनका अनुसार सहमतिपछि पोस्टमार्टम गरेर शव बुझ्ने बाटो खुलेको छ। ‘दुई पक्षीय वार्तापछि आन्दोलन फिर्ता लिनु भएको छ।’ प्रजिअ उपाध्यायले भने,‘भोलि पोस्टमार्टम गरी शव बुझ्ने सहमति भएको छ।’

प्रतिकृया दिनुहोस्
ब्रेकिङ न्युज

समाचार390795651737853303

समाचार569284981737248530

समाचारसरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो

समाचारनेकपामा पुराना उम्मेदवार दोहोरिएनन्, के होला अर्थमन्त्री खतिवडाको सांसद पद ?

स्वास्थ्यके तपाईंंको पनि हतारमा खाना खाने बानी छ ?

खेलकुदइपिएलमा विदेशी खेलाडीका लागि नयाँ नियम

बिज्ञान / प्रविधीरुसले बनायो आवाजभन्दा २० गुणा तेज उड्न सक्ने मिसाइल, अमेरिका हेरेको हेर्यै

समाचारनेकपाले छान्यो नारायणकाजी श्रेष्ठसहित राष्ट्रिय सभाका १६ उम्मेदवार [नामावलीसहित]

समाचारसामान्य बदलावसहित प्रधानमन्त्री रोजगार कार्यक्रमको निरन्तरता, अढाइ अर्ब चाँडै पठाइँदै

प्रदेश ७डडेल्धुरामा भारी हिमपात : भिमदत्त राजमार्ग अवरुद्ध हुँदा ७ जिल्लाको यातायात ठप्प