सूचना नेपाल
१२ साउन २०८१, शनिवार

मझौला योजनामा बजेट केन्द्रित हुने

विराटनगर — मुख्यमन्त्री शेरधन राईले यस पटकको बजेट जथाभावी छर्ने किसिमको नल्याइने बताएका छन् । प्रदेश १ को पूर्व बजेट अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले अघिल्लो वर्षको जस्तो बजेट नछर्ने बताएका हुन् ।

‘यसपटक बजेट छर्दैनौं,’ उनले भने, ‘मझौला तहका योजना आयोजनामा बढी केन्द्रित हुन्छौं, साना आयोजना स्थानीय तहको जिम्मामा दिन्छौं ।’ प्रदेश सरकारले आव ०७६/७७ को बजेट मझौला तहका योजना र आयोजनामा केन्द्रित हुने र साना योजनाका लागि आवश्यक बजेट प्रबन्ध गरी स्थानीयतहमार्फत काम गरिने उनले बताए ।
प्रदेश सरकारले आफ्नो आवधिक योजनाको प्रस्तावना स्वीकृत गरिसकेको बताउँदै मुख्यमन्त्रीले सोही योजनाको जगमा उभिएर प्रदेशका प्राथमिकताको क्षेत्र निर्धाण गरिने र सोही आधारमा बजेट आउने बताए ।प्रदेश सरकारले कृषि, पर्यटन र पूर्वाधार विकासलाई विशेष प्राथमिकतामा राखेको छ । यसकै आधारमा ठोस, छरितो र स्पष्ट बजेट ल्याउने मुख्यमन्त्री राईले बताए । प्रदेश एक कृषि उत्पादनमा अत्यधिक सम्भावना भएको प्रदेश भएकाले कृषिमा नयाँ ढंगले अगाडि बढ्ने योजनाका साथ बजेट विनियोजन गरिने उनले बताए ।

चालु वर्षको बजेट अपेक्षा गरे अनुरुप खर्च हुन नसकेको स्वीकार गर्दै मुख्यमन्त्री राईले अब आउने बजेट ९५ प्रतिशत खर्च गर्ने लक्ष्यका साथ ल्याउने बताए । कर्मचारी अभाव, आवश्यक संरचना नहुनु र अधिकार हस्तान्तरण ढिलोगरी भएकाले चालु आर्थिक वर्षको २ वटा चौमासिक यत्तिकै बितेका कारण पनि २५ प्रतिशत मात्रै बजेट खर्च भएको उनले बताए ।
‘असारसम्ममा ६० प्रतिशत बजे खर्च भइसक्छ,’ उनले भने, ‘कर्मचारी अभाव, संरचना नहुनु लगायतका तमाम समस्याका बाबजुद पनि ६० प्रतिशत बजेट खर्च हुनुलाई सकारात्मक नै मान्नुपर्छ ।’ आर्थिक मामिला तथा योजनामन्क्री इन्द्रबहादुर आङ्बोले विगतमा जस्तो राजनीतिक दबाबमा कार्यत्रम छनोट गर्ने र त्यसकै आधारमा बजेट विनियोजन गर्ने प्रवृत्तिको अन्त्य गरिने बताए ।

प्रतिकृया दिनुहोस्
ब्रेकिङ न्युज

समाचारसरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो

समाचारनेकपामा पुराना उम्मेदवार दोहोरिएनन्, के होला अर्थमन्त्री खतिवडाको सांसद पद ?

स्वास्थ्यके तपाईंंको पनि हतारमा खाना खाने बानी छ ?

खेलकुदइपिएलमा विदेशी खेलाडीका लागि नयाँ नियम

बिज्ञान / प्रविधीरुसले बनायो आवाजभन्दा २० गुणा तेज उड्न सक्ने मिसाइल, अमेरिका हेरेको हेर्यै

समाचारनेकपाले छान्यो नारायणकाजी श्रेष्ठसहित राष्ट्रिय सभाका १६ उम्मेदवार [नामावलीसहित]

समाचारसामान्य बदलावसहित प्रधानमन्त्री रोजगार कार्यक्रमको निरन्तरता, अढाइ अर्ब चाँडै पठाइँदै

प्रदेश ७डडेल्धुरामा भारी हिमपात : भिमदत्त राजमार्ग अवरुद्ध हुँदा ७ जिल्लाको यातायात ठप्प

अर्थ / पर्यटनसुनचाँदी धितोमा ३६ अर्ब ७९ करोड रुपैयाँ कर्जा

कला / साहित्यकसले पो देख्छ र मनको पहिरो !