सूचना नेपाल
१२ साउन २०८१, शनिवार

सामसङको जे८ नेपाली बजारमा

हाम्रोदेस

काठमाडौं । सामसङले हालै नेपाली बजारमा ग्यालेक्सी जे८ स्मार्टफोन प्रस्तुत गरेको छ । जे८ सामसङको इन्फिनिटी सिरिज अन्तर्गतको एक हिस्सा हो । जसमा ६ इन्चको सुपर एमोलेड इन्पिmनिटी डिस्प्ले तथा डुअल क्यामेरा रहेको छ ।

जे८मा अत्याधुनिक प्रविधियुक्त क्यामरा रहेको छ । यसको डुयल रियर क्यामराले जे८ स्मार्टफोनलाई अझ बढी अद्वितीय तुल्याएको छ । यसमा भएको आर्टिफिसियल इन्टलिजेन्सको माध्यमबाट अगाडिको फोटो तथा व्याकग्राउन्ड तस्वीरलाई सहजै छुट्याउन सक्दछ ।

त्यसैले गर्दा जे८ बाट खिचिएको तस्वीर एकदमै दक्षव् यक्तिले खिचेको जस्तै देखिन्छ । लाइभ फोकस फिचरले गर्दा प्रयोग कर्ताले सफाएवं स्पष्ट फोटो लिन सक्छन् । व्याक ग्राउन्डलाई फोटो खिच्नु अगाडि वा खिचिसके पछि ब्लर बनाउन सकिन्छ ।
उपभोक्ताको आवश्यकतालाई मध्यनजर गरी च्याटओभर भिडियो जस्तो प्रभावशाली फिचर समाबेश गरिएको छ, जसको कारण प्रयोगकर्ताले भिडियो हेर्दै गर्दाको अवस्थामा पनि च्याटगर्न सक्नेछन् ।

ग्यालेक्सी जे८को नेपाली मूल्य केवल रु। ३३ हजार ४९०तोकिएको छ । यो फोन नेपालका रिटेलहरु मार्फत यही महिनादेखि उपलब्ध हुने छ । ग्यालेक्सी जे८ आकर्षक नीलो, कालो तथा ग्लोल्ड कलरमा उपलब्ध छ ।

आइएम विजका प्रमुख प्रणय रत्न स्थापितले भने “ग्राहकहरुको चाहना एवं आवश्यकतालाई मध्यनजर गरी मोबाइल फोनको उत्पादन गर्दै आएका छौं । फलस्वरुप हामीले क्यामरामा केन्द्रित भई आफ्ना उत्पादनहरुलाई बजारमा ल्याएका छौं । आज संसारबाट डाउनलोड हुने ३ वटा एप्सहरु मध्ये २ वटा फोटो इडिटिङ्ग एप्स हुने गरेको छ । जहाँसम्म ग्यालेक्सी जे८मा उपभोक्ताले कुनै पनि तेस्रो एप्प विना नै फोटोलाई सहजै इडिट गर्न सक्नुहुन्छ । लाइभ फोकस फिचर तथा पहिलो पटक प्रोट्रेट डोली, प्रोट्रेट ब्याक ड्रप, तथा ब्याकग्राउण्ड ब्रससेप गर्न सकिने सुविधाहरु विद्यमान रहेका छन् ।’

ब्याकग्राउण्ड ब्रससेपको सुविधाबाट प्रयोगकर्ताले फोटोलाई अझ चुस्त बनाउनुका साथै विभिन्न सेपमा बदल्न पनि सक्नेछन् ।

त्यस्तै प्रोट्रेट डोली फिचरको माध्यमबाट सिनेम्याटिक फोटोग्राफिको अनुभव मिल्नुका साथै, फोनको व्याकग्राउन्डमा जीआईएफ इमेज राख्न सकिन्छ । त्यस्तै प्रोट्रेट ब्याक ड्रप ले ब्याकग्राउन्डलाई जिबन्त एवं रमाइलो बनाइदिन्छ ।

ग्यालेक्सी जे८मा रहेको इन्फिनिटी डिस्प्लेको सुविधाले ग्राहकलाई १५ प्रतिशत ज्यादा स्क्रीन प्रदान गर्दछ । त्यसैले ग्यालेक्सी जे ८को इन्पिmनिटि डिजाइनले ठूलो डिस्प्ले एरिया प्रदान गर्दछ ।

डिस्प्ले हार्डवेरमा गरिएको परिवर्तनले १८।५ः९ को एसपेक्ट रेसियो प्रदान गरेको छ । एमोलेड प्रविधि जसले प्रयोगकर्ताहरुलाई सेपेरियर भ्युइङ अनुभव प्रदान गर्ने छ ।

इन्फिनिटि डिस्प्लेको अनुभबलाई अझ बढी प्रभावशाली बनाउन फिजिकल होम बटनको साटोमा सफ्टवेयर पावर्ड इनडिस्प्ले होम बटन राखिएको छ । सहजताको लागि फिङ्गर सेन्सर बटनलाई पछाडिको भागमा लगिएको छ भने फिङ्गर प्रिन्टबाट नै मोबाइल फोनलाई अनलक गर्न सकिने सुविधा पनि रहेको छ ।

नयाँ जे८फोनमा पोलिकार्वोनट युनिबडी तथा ६ इन्च एचडिप्लस डिस्प्लेले आकर्षक एवं सुन्दर तुल्याएको छ । साथै यो हातमा सहजै लिन सकिने खालको छ ।

यस क्यामराले जस्तो सुकै अवस्थामा, जहाँपनि आकर्षक सेल्फी खिच्न सकिन्छ । जे ८मा १६ मेगापिक्सलको रियर सुटरको साथ १।७ अपर्चर तथा ५ मेगापिक्सलको साथ १।९ अपर्चर क्यामरा रहेको छ ।

यसमा एन्ड्रोइड ओरेओ अपरेटिङ्ग सिस्टम रहेको छ । ४५० को स्न्यापड्रागन प्रोसेर राखिएको छ, जसले यसको कार्यक्षमतालाई अझ बढी चुस्त तुल्याएको छ । साथै यसमा ३५०० एम ए एचव्याट्रि रहेको छ ।

जे८ मा ४ प्लसप ६५ जीबी र्‍यामररोममाउपलब्ध रहेको छ । मेमोरी कार्डको माध्यमबाट २५६ जिबिसम्म बढाउन सकिने छ ।

ग्राहकहरुकोे लागि ग्यालेक्सी जे८मा ६ हजार एमबिको डाटा बन्डलिङ्ग पनि प्रदान गरिएको छ । यसबाट ग्राहकहरुले प्रतिहप्ता ५०० एमबीका दरले १२ हप्ता सम्म एनसेलको डाटाप्याक पनि निःशुल्क प्राप्त गर्न सक्नेछन् ।

प्रतिकृया दिनुहोस्
ब्रेकिङ न्युज

समाचारसरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो

समाचारनेकपामा पुराना उम्मेदवार दोहोरिएनन्, के होला अर्थमन्त्री खतिवडाको सांसद पद ?

स्वास्थ्यके तपाईंंको पनि हतारमा खाना खाने बानी छ ?

खेलकुदइपिएलमा विदेशी खेलाडीका लागि नयाँ नियम

बिज्ञान / प्रविधीरुसले बनायो आवाजभन्दा २० गुणा तेज उड्न सक्ने मिसाइल, अमेरिका हेरेको हेर्यै

समाचारनेकपाले छान्यो नारायणकाजी श्रेष्ठसहित राष्ट्रिय सभाका १६ उम्मेदवार [नामावलीसहित]

समाचारसामान्य बदलावसहित प्रधानमन्त्री रोजगार कार्यक्रमको निरन्तरता, अढाइ अर्ब चाँडै पठाइँदै

प्रदेश ७डडेल्धुरामा भारी हिमपात : भिमदत्त राजमार्ग अवरुद्ध हुँदा ७ जिल्लाको यातायात ठप्प

अर्थ / पर्यटनसुनचाँदी धितोमा ३६ अर्ब ७९ करोड रुपैयाँ कर्जा

कला / साहित्यकसले पो देख्छ र मनको पहिरो !