सूचना नेपाल
१२ साउन २०८१, शनिवार

बढ्यो बाढी र डुबानको खतरा, वर्षाले खतराको तह पार गरेकाले सतर्क रहन आग्रह

काठमाडौं : गत बिहीबारदेखि भित्रिएको मनसुनी प्रभावले मुलुकका केही भेगमा भारी वर्षासमेत शुरु भएको छ । चितवन, नवलपरासी, पाल्पा, स्याङ्जा र आसपासमा भारी वर्षा जारी रहेकाले बाढीको प्रभाव समेत बढ्ने भएको छ ।

ती क्षेत्रमा शनिबार दिउँसोदेखि वर्षाको मात्रा बढेकाले नदी किनारा आसपासका भेगमा उच्च सर्तकता अपनाउन जल तथा मौसम विज्ञान विभागले अग्रिम सूचना जारी गरेको छ । विभाग मातहतको बाढी पूर्वानुमान शाखाका सिनियर हाइड्रोलोजिस्ट विनोद पराजुलीका अनुसार चितवन, नवलपरासी, पाल्पा, स्याङ्जा आसपासमा भारी वर्षासँगै बाढीको उच्च सम्भावना बढेको छ ।

आइतबार चितवन र चितवनभन्दा पश्चिमतर्फका खोला नदी किनारामा सर्तकता अपनाउनुपर्ने बताउँदै उनले भने– ‘खास गरी चुरे आसपासबाट बहने खहरे र मध्यम प्रकृतिका खोला किनारामा बाढीको जोखिम निकै बढ्ने देखिएको छ ।’

चितवनको रिउ खोला र आसपासको भेगमा शनिबार दिउँसोदेखि वर्षाले खतराको तह पार गरेकाले सतर्क रहन आग्रह गर्दै सो भेग आसपासका स्थानीयलाई ‘मास एसएमएस’ पठाइएको पराजुलीले जानकारी दिए । यो समाचार आजको नेपाल समाचारपत्रमा टीका बन्धनले लेखेका छन् ।

प्रतिकृया दिनुहोस्
ब्रेकिङ न्युज

समाचारसरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो

समाचारनेकपामा पुराना उम्मेदवार दोहोरिएनन्, के होला अर्थमन्त्री खतिवडाको सांसद पद ?

स्वास्थ्यके तपाईंंको पनि हतारमा खाना खाने बानी छ ?

खेलकुदइपिएलमा विदेशी खेलाडीका लागि नयाँ नियम

बिज्ञान / प्रविधीरुसले बनायो आवाजभन्दा २० गुणा तेज उड्न सक्ने मिसाइल, अमेरिका हेरेको हेर्यै

समाचारनेकपाले छान्यो नारायणकाजी श्रेष्ठसहित राष्ट्रिय सभाका १६ उम्मेदवार [नामावलीसहित]

समाचारसामान्य बदलावसहित प्रधानमन्त्री रोजगार कार्यक्रमको निरन्तरता, अढाइ अर्ब चाँडै पठाइँदै

प्रदेश ७डडेल्धुरामा भारी हिमपात : भिमदत्त राजमार्ग अवरुद्ध हुँदा ७ जिल्लाको यातायात ठप्प

अर्थ / पर्यटनसुनचाँदी धितोमा ३६ अर्ब ७९ करोड रुपैयाँ कर्जा

कला / साहित्यकसले पो देख्छ र मनको पहिरो !