सूचना नेपाल
४ बैशाख २०८१, मङ्गलवार

क्लेशाः एउटा नाटक, एउटा सत्यवोध

एउटा नाटकभित्र के-के अटाउन सक्छ ? ‘क्लेशा’ मा धेरै कुरा अटाएको छ । हाँसो, रोदन, आक्रोश, कुण्ठा, द्वन्द्व, संयोग, बियोग आदि ।

पञ्चायतकालिन कथा हो यो । सामन्ती परिवारको युवकले सामान्य परिवारकी युवतीसँग प्रेम गर्छ । पेट बोकाउँछ । र, अन्त्यमा धोका दिन्छ ।

बदलाको भावमा युवतीको दाजुले युवकको भाउजु भूमीलाई अपहरण गर्छ । भूमीका श्रीमान प्रधानपञ्च हुन्छन् । एउटा सामन्ति परिवारभित्र ‘पिँजडाको सुगा’ जस्तो जीवन बाँचिरहेकी भूमी अपहृत भएर विपन्न बस्तीमा पुग्दा उल्टो उन्मुक्त अनुभव गर्छिन् । अपहरणकारीसँगै उनको अनौठो सम्वन्ध गाँसिन्छ । आफ्नो श्रीमानको दुश्मनलाई उनी आत्मीय साथी ठान्न थाल्छिन् । अपहरणकारीले उनलाई प्रेम गर्न थाल्छन् । यहीनेर कथा उत्कर्षमा पुग्छ ।

सरसर्ति कथा सुन्दा यो नाटकभन्दा फिल्मको कथा जस्तो लाग्छ । नाटकको अन्त्य पनि फिल्मी ढंगमा नै गरिएको छ । ब्याक ग्राउन्ड म्युजिक र संगीतले पनि नाटकभन्दा फिल्मकै अनुभूति गराउँछ । तर, नाटकमा ती खुराकहरु प्रशस्त छन्, जुन एउटा फिल्ममा भेटिँदैन । मौलिक परिवेश, रोचक संवाद र कलाकारको जिवन्त अभिनयले नाटकलाई शशक्त र हेर्नलायक बनाएको छ ।

शाब्दिक रुपमा क्लेशालाई ‘अनन्त पिडाको जाल’ भनेर अथ्र्याए पनि यस नाटकमा पीडा जति छ, हाँसो पनि उत्तिकै छ । एक हिसाबले यसलाई ‘डार्क कमेडी’ भन्न सकिन्छ । सुरुमा केही मिनेट सुस्त र अल्छिलाग्दो भए पनि पछि दर्शकहरु मज्जाले कथाभित्र बाँधिन्छन् ।

सबै कलाकारहरुले नाटकलाई जिवन्त बनाउन योगदान दिएका छन् । यस नाटकबाट रंगमञ्चमा डेब्यू गरेकी छिन् सुरक्षा पन्तले । कथा उनको वरिपरी घुमेको छ । उनको अभिनयमा खोट लगाउने ठाउँ छैन ।

अर्की अभिनेत्री रुजु शर्माले चञ्चल र भावुक दुवैखाले अभिनयमा आफूलाई प्रमाणित गरेकी छन् । यद्यपी, चञ्चलतामा उनी बढि खुलेकी छन् । छोटो भूमिका भए पनि दर्शकलाई सबैभन्दा बढि प्रभावित तुल्याउन सक्षम छन् नयाँ कलाकार स्वप्निल घिमिरे । उनको इन्ट्रीसँगै नाटकमा बेग्लै उर्जा थपिन्छ । खासगरी उनको रसिलो लवजमा एकप्रकारको गुरुत्वाकर्षण छ । भविष्यका लागि राम्रो सम्भावना देखाएका छन् रुजु र स्वप्निलले ।

अन्य कलाकारहरुको अभिनय पनि खारिएको छ । सिर्जना अधिकारी, रुजु शर्मा, कुशल पाण्डे, सविना थापा, राज खड्का, प्रतिक मरहट्टा, स्वप्निल घिमिरे, सुदिप खतिवडा, तुफान थापा, अमृत काउचा जीवननाथ पौडेल लगायत सबैले आआफ्नो भूमिकामा न्याय गरेका छन् ।

नाटकको लेखन प्रतिक्षा कट्टेलले गरेकी हुन् । उनको स्त्रिmप्ट उत्कृष्ट हुँदा हुँदै पनि यथार्थपरक कथाको अन्त्य फिल्मी स्टायलमा नगरिएको भए उचित हुन्थ्यो भन्ने अपेक्षा राख्न सकिन्छ । निर्देशक विजया कार्कीको काममा खोट लगाउने ठाउँ छैन ।

समग्रमा नाटकले एउटा सत्यवोध के गराएको छ भने सत्रुता र मित्रता दिर्घजीवी कुरा होइनन् । मण्डला थियटरमा प्रदर्शक भइरहेको ‘क्लेशा’ नाटक भोलीसम्म चल्ने छ ।

प्रतिकृया दिनुहोस्
ब्रेकिङ न्युज

समाचारसरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो

समाचारनेकपामा पुराना उम्मेदवार दोहोरिएनन्, के होला अर्थमन्त्री खतिवडाको सांसद पद ?

स्वास्थ्यके तपाईंंको पनि हतारमा खाना खाने बानी छ ?

खेलकुदइपिएलमा विदेशी खेलाडीका लागि नयाँ नियम

बिज्ञान / प्रविधीरुसले बनायो आवाजभन्दा २० गुणा तेज उड्न सक्ने मिसाइल, अमेरिका हेरेको हेर्यै

समाचारनेकपाले छान्यो नारायणकाजी श्रेष्ठसहित राष्ट्रिय सभाका १६ उम्मेदवार [नामावलीसहित]

समाचारसामान्य बदलावसहित प्रधानमन्त्री रोजगार कार्यक्रमको निरन्तरता, अढाइ अर्ब चाँडै पठाइँदै

प्रदेश ७डडेल्धुरामा भारी हिमपात : भिमदत्त राजमार्ग अवरुद्ध हुँदा ७ जिल्लाको यातायात ठप्प

अर्थ / पर्यटनसुनचाँदी धितोमा ३६ अर्ब ७९ करोड रुपैयाँ कर्जा

कला / साहित्यकसले पो देख्छ र मनको पहिरो !