सूचना नेपाल
१२ साउन २०८१, शनिवार

कान्स फिल्म फेस्टिभलमा प्रियंका

लन्डन : फ्रान्समा जारी कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा नेपाली अभिनेत्री प्रियंका कार्की पनि देखिएकी छन्। हलिउड र बलिउड स्टारसहित संसारभरका सेलिब्रिटी आइकनका साथमा पहिलोपटक नेपाली अभिनेत्री पनि यो फेस्टिभलको रेड कार्पेटमा सहभागी भएकी हुन्।

संसारकै सबैभन्दा प्रख्यात तीन अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमध्येको एक मानिने कान्स फिल्म फेस्टिभलको ७२औं संस्करण मे १४ देखि २५ तारिखसम्म चलिरहेको छ।

कान्समा पहिलोपटक नेपालको एम्बासडरका रुपमा प्रियंकाले प्रतिनिधित्व गरेकी हुन् उनले सोमबारदेखि शुक्रबारसम्म आयोजना हुने विभिन्न चार वटा इभेन्टमा भाग लिनेछिन्।

फेस्टिभलका लागि अहिले फ्रान्समा रहेकी प्रियंकाले इन्स्टाग्राममार्फत आफ्नो उत्साह व्यक्त गरेकी छन्। फेस्टिभल स्थलमै खिचाएको तस्बिर सेयर गर्दै उनले लेखेकी छन्, ‘कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुन पाउनु मेरो लागि ठूलो सौभाग्य हो। विगत लामो समयदेखि यो रेड कार्पेटमा संसारका प्रसिद्ध कलाकारलाई देखिरहँदा मभित्र पनि एक दिन यहाँसम्म पुग्नेछु भन्ने सपना थियो।’

यस वर्षको कान्स फेस्टिभलमा बलिउडबाट दीपिका पादुकोण, प्रियंका चोपडा, ऐश्वर्य राय, सोनम कपुरलगायतका चर्चित अभिनेत्री सहभागी हुँदैछन्।

सन् १९४६ देखि सुरु भएको यो प्रतिष्ठित फिल्म फेस्टिभलमा संसारभरका चलचित्र, लघुचलचित्रको प्रदर्शनका साथै विभिन्न विधामा अवार्डसमेत वितरण गर्ने गरिन्छ।

प्रतिकृया दिनुहोस्
ब्रेकिङ न्युज

समाचारसरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो

समाचारनेकपामा पुराना उम्मेदवार दोहोरिएनन्, के होला अर्थमन्त्री खतिवडाको सांसद पद ?

स्वास्थ्यके तपाईंंको पनि हतारमा खाना खाने बानी छ ?

खेलकुदइपिएलमा विदेशी खेलाडीका लागि नयाँ नियम

बिज्ञान / प्रविधीरुसले बनायो आवाजभन्दा २० गुणा तेज उड्न सक्ने मिसाइल, अमेरिका हेरेको हेर्यै

समाचारनेकपाले छान्यो नारायणकाजी श्रेष्ठसहित राष्ट्रिय सभाका १६ उम्मेदवार [नामावलीसहित]

समाचारसामान्य बदलावसहित प्रधानमन्त्री रोजगार कार्यक्रमको निरन्तरता, अढाइ अर्ब चाँडै पठाइँदै

प्रदेश ७डडेल्धुरामा भारी हिमपात : भिमदत्त राजमार्ग अवरुद्ध हुँदा ७ जिल्लाको यातायात ठप्प

अर्थ / पर्यटनसुनचाँदी धितोमा ३६ अर्ब ७९ करोड रुपैयाँ कर्जा

कला / साहित्यकसले पो देख्छ र मनको पहिरो !