सूचना नेपाल
१२ साउन २०८१, शनिवार

पूजालाई ‘पोइ पर्‍यो काले’

‘मान्छेको अनुहारको रङमा नजाऊँ। उसको मन हेर। असल बानी व्यहोरा हेर।’ निर्देशक शिशिर राणाले बाहिरी आवरण हेरेर मान्छेको मूल्यांकन गर्न नहुने भन्दै फिल्म बनाउने भएका छन्। र, उनको नयाँ फिल्मको नाम हुनेछ ‘पोइ पर्‍यो काले।’

सोमबार शुभमुहूर्त गर्दै उनले फिल्मको जानकारी गराए। ‘ए दिदी पोइ पर्‍यो काले, हुन्देऊ बैनी इज्जतै नफाल’ बोलको पुरानो गीतबाट नै फिल्मको नाम राखिएको हो। शुभमुहूर्तमा यही गीत बजाउँदै फिल्मका मुख्य कलाकार सौगात मल्ल, सृष्टि श्रेष्ठ, आकाश श्रेष्ठ, पूजा शर्मा अभिनय गर्न आएका थिए। पूजाले सौगातलाई देखाउँदै पोइ पर्‍यो कालेभन्दा फिल्मा उनको जोडी आकाश हुनेछन् या सौगात भन्ने कुरा स्पष्ट पारिएको छैन।

शुभमुहूर्तका लागि निर्देशनको जिम्मा चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले लिएका थिए भने क्यामरामा सम्झना रौनियार थिइन्। गोपाल कायस्थले क्लयाप सम्हाले भने सन्दीप सापकोटाले नरिबल फोडे।

फिल्ममा युवा कलाकारको जम्बो टोली हनेछ। फिल्ममा सोहित मानन्धर र सुरक्षा पन्तको पनि भूमिका रहने बताइएको छ। फिल्ममा राजाराम पौडेलको पनि प्रमुख भूमिका रहनेछ।

फिल्मबारे बोल्दै सौगातले पहिलो पटक पूजा र आकाशसँग काम गर्न पाउँदा राम्रो अनुभव बटुल्ने बताए। सृष्टिले भने फिल्ममा अनुबन्धित हुन पाउनु नै ठूलो उपलब्धि ठानेको बताइन्। फिल्ममा अनुबन्धित हुनुको कारण खुलाउँदै उनले भनिन्, ‘बाहिरी आवरणलाई विभेद गर्न नहुने सामाजिक मुद्दा यसमा उठाइएको छ।’

भर्खरै मुस्ताङबाट सम्हालिन्छ कहिले मनको सुटिङ सकाएर काठमाडौं आएकी पूजाले पोइ पर्‍यो कालेमा काम गर्नु चुनौतीपूर्ण हुने बताइन्। ‘अहिलेसम्म आफ्नै उमेरका साथीभाइसँग काम गरिरहेको थिएँ, उनले भनिन्, ‘यो फिल्ममा दिग्गज कलाकार, निर्देशक शिशिर राणासँग काम गर्ने मौका मिलेको छ।’ उनले पहिलो पटक फिल्मको नाम सुन्दा कमेडी मात्र होला भन्ने सोचेकी थिइन् तर फिल्म चेतनामूलक भएको उनले खुलाइन्। फिल्ममा मोटो रकम लिएर अनुबन्धित भएकी पूजाले स्क्रिप्ट राम्रो लागेर फिल्ममा आबद्ध भएको बताइन्।

फिल्मका अर्का मुख्य कलाकार आकाशले फिल्मको अफर आउँदाको रमाइलो किस्सा सुनाएर सबैलाई हँसाए। उनले भने, ‘फिल्मको नाम पोइ पर्‍यो काले सुन्दा मलाई किन अफर गरियो भन्ने सोचेँ। किनकि म त कालो छैन।’ फिल्म कमेडी जनरामा बन्ने भएकाले नयाँ अनुभव बटुल्न सकिने उनले बताए। पूजा र आकाशको जोडी राम कहानीबाट दर्शकले मन पराएसँगै यी दुई पछिल्लो समय लगातार अन्य फिल्ममा पनि काम गरिरहेका छन्।

पोखरा र मुस्ताङमा छायांकन हुने यो फिल्म लक्ष्मी पूजाको दिन रिलिज गरिने बताइएको छ। फिल्मको लेखन तथा निर्देशन शिशिर राणाले गर्दैछन् भने फिल्मको निर्माता राजीव गुरुङ (दीपक मनाङे) र अ. देवी राई हुन्। रेड बर्ड प्रोडक्सनको प्रस्तुतिमा बन्न लागेको श्यामबहादुर थापाको पोइ पर्‍यो कालेमा कार्यकारी निर्माता किरण नेपाली र रघु परियार छन् भने सहनिर्मातामा अर्जुन खनियाँ र रेव तामाङ रहेका छन्।

प्रतिकृया दिनुहोस्
ब्रेकिङ न्युज

समाचारसरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो

समाचारनेकपामा पुराना उम्मेदवार दोहोरिएनन्, के होला अर्थमन्त्री खतिवडाको सांसद पद ?

स्वास्थ्यके तपाईंंको पनि हतारमा खाना खाने बानी छ ?

खेलकुदइपिएलमा विदेशी खेलाडीका लागि नयाँ नियम

बिज्ञान / प्रविधीरुसले बनायो आवाजभन्दा २० गुणा तेज उड्न सक्ने मिसाइल, अमेरिका हेरेको हेर्यै

समाचारनेकपाले छान्यो नारायणकाजी श्रेष्ठसहित राष्ट्रिय सभाका १६ उम्मेदवार [नामावलीसहित]

समाचारसामान्य बदलावसहित प्रधानमन्त्री रोजगार कार्यक्रमको निरन्तरता, अढाइ अर्ब चाँडै पठाइँदै

प्रदेश ७डडेल्धुरामा भारी हिमपात : भिमदत्त राजमार्ग अवरुद्ध हुँदा ७ जिल्लाको यातायात ठप्प

अर्थ / पर्यटनसुनचाँदी धितोमा ३६ अर्ब ७९ करोड रुपैयाँ कर्जा

कला / साहित्यकसले पो देख्छ र मनको पहिरो !