सूचना नेपाल
१२ साउन २०८१, शनिवार

सगरमाथामा आलिया !

मुम्बई : भारतीय महिला आरोही अरुणिमा सिंहमाथि बन्न लागेको बायोपिक फिल्ममा अभिनय गर्न बलिउड अभिनेत्री आलिया भट्ट सगरमाथा क्षेत्र पुग्ने भएकी छन्। फिल्मको छायांकन सगरमाथा आधार शिविरमा हुने छ ।
फिल्म सिंहमाथि लेखिएको पुस्तक ‘बर्न अगेन अन द माउन्टेन’ माथि बन्न लागेको हो। सन् २०२० मा फिल्म युनिट छायांकनका लागि सगरमाथा क्षेत्रमा आउने बताइएको छ। धर्मा प्रोडक्सन र विवेक अग्निहोत्रीको डर प्रोडक्सनको ब्यानरमा फिल्म बन्न लागेको हो ।

सन् १९८८ मा जन्मेकी अरुणिमालाई चोरहरूले गुडिरहेको रेलबाट फ्याँकिदिएका थिए। यो दुर्घटनामा परी उनले देब्रे खुट्टा गुमाएकी थिइन्। उनले २१ मे २०१३ मा सगरमाथाको सफल आरोहण गरेकी थिइन्। उनी सगरमाथा आरोहण गर्ने पहिलो अपांगता भएकी भारतीय महिला बन्न सफल भएकी थिइन् ।

भारत, उत्तरप्रदेशकी अरुणिमा दुर्घटनामा पर्नुअघिसम्म उत्तरप्रदेश महिला भलिबल टिममा थिइन्। उनले सन् १९८४ मा सगरमाथा आरोहण गर्ने पहिलो भारतीय महिला बचेन्द्री पाललाई आदर्श बनाउँदै सगरमाथा चढ्ने निधो गरेकी थिइन्।

प्रतिकृया दिनुहोस्
ब्रेकिङ न्युज

समाचारसरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो

समाचारनेकपामा पुराना उम्मेदवार दोहोरिएनन्, के होला अर्थमन्त्री खतिवडाको सांसद पद ?

स्वास्थ्यके तपाईंंको पनि हतारमा खाना खाने बानी छ ?

खेलकुदइपिएलमा विदेशी खेलाडीका लागि नयाँ नियम

बिज्ञान / प्रविधीरुसले बनायो आवाजभन्दा २० गुणा तेज उड्न सक्ने मिसाइल, अमेरिका हेरेको हेर्यै

समाचारनेकपाले छान्यो नारायणकाजी श्रेष्ठसहित राष्ट्रिय सभाका १६ उम्मेदवार [नामावलीसहित]

समाचारसामान्य बदलावसहित प्रधानमन्त्री रोजगार कार्यक्रमको निरन्तरता, अढाइ अर्ब चाँडै पठाइँदै

प्रदेश ७डडेल्धुरामा भारी हिमपात : भिमदत्त राजमार्ग अवरुद्ध हुँदा ७ जिल्लाको यातायात ठप्प

अर्थ / पर्यटनसुनचाँदी धितोमा ३६ अर्ब ७९ करोड रुपैयाँ कर्जा

कला / साहित्यकसले पो देख्छ र मनको पहिरो !