सूचना नेपाल
१२ साउन २०८१, शनिवार

इरानसँग युद्ध चाहँदैनौं : साउदी

रियाद: साउदी अरबका विदेश राज्यमन्त्री अदेल अलजुबेरले विदेश राज्यमन्त्रीले प्रतिद्वन्द्वी इरानसँग आफूले युद्ध नचाहेको बताएका छन्। यद्यपि देशको रक्षा गर्न पछि नहट्ने बताएका छन्। ।

एक साताअघि संयुक्त अरब इमिरेट्सको तटीय क्षेत्रमा तेलवाहक चारवटा ट्यांकरमाथि आक्रमण भएलगत्तै आइतबार यस्तो भनाइ आएको हो। उक्त आक्रमण यमनका विद्रोहीले गरेको दाबी गरेका थिए। साउदीले भने आक्रमणमा इरानको हात रहेको बताउँदै आएको छ।

उक्त आक्रमणको अनुसन्धान भइरहेको बताइएको छ। अल जुबेरले भने, ‘हामी यस क्षेत्रमा शान्ति र स्थिरता चाहन्छौं। यद्यपि हामी हात बाँधेर भने बस्न सक्दैनौं।’ प्रमुख तेल उत्पादक देशका मन्त्रीहरूको मंगलवार साउदीमा बैठक बस्दै छ।

क्षेत्रीय बैठक आह्वान

साउदी अरबले खाडी क्षेत्रमा तनाव बढेपछि क्षेत्रीय खाडी सहयोग परिषद् र अरब लिगको बैठक तत्काल आह्वान गरेको छ। साउदीको समाचार संस्थाले शाह सलमानले खाडी र अरब देशका नेताहरूलाई यस क्षेत्रमा उत्पन्न आक्रमण र त्यसबाट परेको प्रभावका बारेमा छलफल गर्न ३० मेमा मक्कामा आपत्कालीन दुईवटा बैठक बोलाएको जानकारी दिएको छ।

इरानबाट आक्रमणको खतरा भएको भन्दै अमेरिकाले खाडी क्षेत्रमा विमानवाहन पोत र बमवर्षक विमान तैनाथ गरेको छ। यसबाट खाडी क्षेत्रमा तनाव बढेको छ। आइतवार फुजैरामा भएको आक्रमणमा साउदीका दुईवटा तेल ट्यांकरका साथै चारवटा जहाज क्षतिग्रस्त भएका थिए।

प्रतिकृया दिनुहोस्
ब्रेकिङ न्युज

समाचारसरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो

समाचारनेकपामा पुराना उम्मेदवार दोहोरिएनन्, के होला अर्थमन्त्री खतिवडाको सांसद पद ?

स्वास्थ्यके तपाईंंको पनि हतारमा खाना खाने बानी छ ?

खेलकुदइपिएलमा विदेशी खेलाडीका लागि नयाँ नियम

बिज्ञान / प्रविधीरुसले बनायो आवाजभन्दा २० गुणा तेज उड्न सक्ने मिसाइल, अमेरिका हेरेको हेर्यै

समाचारनेकपाले छान्यो नारायणकाजी श्रेष्ठसहित राष्ट्रिय सभाका १६ उम्मेदवार [नामावलीसहित]

समाचारसामान्य बदलावसहित प्रधानमन्त्री रोजगार कार्यक्रमको निरन्तरता, अढाइ अर्ब चाँडै पठाइँदै

प्रदेश ७डडेल्धुरामा भारी हिमपात : भिमदत्त राजमार्ग अवरुद्ध हुँदा ७ जिल्लाको यातायात ठप्प

अर्थ / पर्यटनसुनचाँदी धितोमा ३६ अर्ब ७९ करोड रुपैयाँ कर्जा

कला / साहित्यकसले पो देख्छ र मनको पहिरो !