सूचना नेपाल
१२ साउन २०८१, शनिवार

एमसीसीबारे नेपालले स्वतन्त्र निर्णय लिनुपर्छ : चीन

 अमेरिकाको मिलिनियम च्यालेन्ज कोअपरेसन (एमसीसी) बाट सहयोग लिने विषय नेपालले स्वतन्त्र निर्णय लिनुपर्ने चीनले प्रष्ट पारेको छ ।

नेपालले आफ्नो आर्थिक उन्नतिका लागि कुनै पनि देशसँग सहयोग लिन सक्ने नेपालका लागि चिनिया राजदूत होउ यान्कीले आज आयोजित पत्रकार सम्मेलनमा बताइन् । ‘नेपालले चीनसँग मात्र सहयोग लिनुपर्छ भन्ने छैन ‘कसैको दबावमा भन्दा आफ्नो हित हेरेर अन्तर्राष्ट्रिय समुदायको सहयोग स्वीकार गर्नुपर्छ ’ राजदूतले भनिन् ।

पत्रकार सम्मेलनमा उनले हालै नेपालमा पक्राउ परेका चिनीया नागरिकहरुको विषयमा पनि स्पष्टिकरण दिएकी छिन् । उनले भनिन्, ‘पर्यटक भिसामा नेपाल आएर गैर पर्यटन काम गरेकाहरुलाई नेपाल प्रहरीले समातेको हो । पक्राउ परेकाहरु अहिले हिरासतमै छन् ।’

राजदुत होउले त्रिदेशीय सहकार्यको विषयमा २ जोड १ को अवधारणाबारे पनि प्रष्ट पारिन् । उनले भनिन्, ‘२ जोड एक भनेको चीन र भारतले नेपाललाई डिक्टेट गर्ने होइन । सबै देश समान हुन् । यो त्रिदेशीय सहकार्यको अवधारणा हो ।’ यसको उदाहरणका रुपमा उनले अफगानिस्तानको सुरक्षा बललाई चीन र भारतले संयुक्तरुपमा तालिम दिइरहेको बताइन् ।

पत्रकारले तपाईं आफ्नो पदावधि नसकिँदै फर्किनुहुने चर्चाबारे प्रश्न गर्दा उनले त्यसलाई इन्कार गरिन् ।

प्रतिकृया दिनुहोस्
ब्रेकिङ न्युज

समाचारसरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो

समाचारनेकपामा पुराना उम्मेदवार दोहोरिएनन्, के होला अर्थमन्त्री खतिवडाको सांसद पद ?

स्वास्थ्यके तपाईंंको पनि हतारमा खाना खाने बानी छ ?

खेलकुदइपिएलमा विदेशी खेलाडीका लागि नयाँ नियम

बिज्ञान / प्रविधीरुसले बनायो आवाजभन्दा २० गुणा तेज उड्न सक्ने मिसाइल, अमेरिका हेरेको हेर्यै

समाचारनेकपाले छान्यो नारायणकाजी श्रेष्ठसहित राष्ट्रिय सभाका १६ उम्मेदवार [नामावलीसहित]

समाचारसामान्य बदलावसहित प्रधानमन्त्री रोजगार कार्यक्रमको निरन्तरता, अढाइ अर्ब चाँडै पठाइँदै

प्रदेश ७डडेल्धुरामा भारी हिमपात : भिमदत्त राजमार्ग अवरुद्ध हुँदा ७ जिल्लाको यातायात ठप्प

अर्थ / पर्यटनसुनचाँदी धितोमा ३६ अर्ब ७९ करोड रुपैयाँ कर्जा

कला / साहित्यकसले पो देख्छ र मनको पहिरो !