सूचना नेपाल
२४ माघ २०८१, बिहिवार

इरानी सेनाले अमेरिकालाई फर्कायो जवाफ, दियो चेतावनी

एजेन्सी : तेहरान-वासिङ्टनबाट उसको हितका लागि तेहरानविरूद्ध हुने कुनै पनि आक्रमणको प्रभाव मध्यपूर्व क्षेत्रका लागि गम्भीर हुने शनिबार इरानले चेतावनी दिएको छ ।

“इरानविरूद्ध कुनै पनि किसिमको हतियारद्वारा हमला भएमा यसले अमेरिका र उसका सहयोगी मुलुकहरूमा पनि प्रभाव पार्नेछ,” इरानी तासिम न्यूज एजेन्सीले इरानी सेनाका प्रवक्ता ब्रिगेडियर जनरल अबोलफाजल सेकार्चीलाई उद्धृत गरी लेखेको छ ।

उनले भने, “आज मध्यपूर्वको अवस्था इरानको लाभ बनेको छ । यदि शत्रु, खासगरी अमेरिका र यसका मध्यपूर्वस्थित सहयोगीले अमेरिकाको हितका लागि इरानमा हतियार विस्फोट गराइयो भने यसले समग्र क्षेत्रलाई नै तनावमा ल्याउनेछ ।”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार मानवरहित अमेरिकी विमानलाई तेहरानले खसालेपछि अमेरिका इरानमा आक्रमण गर्नका लागि ‘हतियारसहित तयार भइसकेको’ तर अन्तिम समयमा फिर्ता भएको भन्ने भनाईको जवाफमा इरानी सेनाको उक्त प्रतिक्रिया आएको हो ।

मानवरहित अमेरिकी विमानलाई खसालेकोप्रति तेहरानले आफ्नो आकासमा अमेरिकाले हस्तक्षेप गरी अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन गरेपछि विमान खसालिएको तेहरानको दावी छ । तर अमेरिकाले भने यसलाई अस्वीकार गर्दै आएको छ र भनेको छ, दुई मुलुकबीचको तनाव इरानले सामुद्रिक मार्ग भएर हिँडेका दुई तेल ट्याङ्करमाथिको ‘इरानी हमला’ पछि अमेरिकाले सुरक्षाका लागि सजक बनेको छ ।

प्रतिकृया दिनुहोस्
ब्रेकिङ न्युज

समाचार390795651737853303

समाचार569284981737248530

समाचारसरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो

समाचारनेकपामा पुराना उम्मेदवार दोहोरिएनन्, के होला अर्थमन्त्री खतिवडाको सांसद पद ?

स्वास्थ्यके तपाईंंको पनि हतारमा खाना खाने बानी छ ?

खेलकुदइपिएलमा विदेशी खेलाडीका लागि नयाँ नियम

बिज्ञान / प्रविधीरुसले बनायो आवाजभन्दा २० गुणा तेज उड्न सक्ने मिसाइल, अमेरिका हेरेको हेर्यै

समाचारनेकपाले छान्यो नारायणकाजी श्रेष्ठसहित राष्ट्रिय सभाका १६ उम्मेदवार [नामावलीसहित]

समाचारसामान्य बदलावसहित प्रधानमन्त्री रोजगार कार्यक्रमको निरन्तरता, अढाइ अर्ब चाँडै पठाइँदै

प्रदेश ७डडेल्धुरामा भारी हिमपात : भिमदत्त राजमार्ग अवरुद्ध हुँदा ७ जिल्लाको यातायात ठप्प