भारतको लोकसभा निर्वाचनको मतगणना जारी छ । अहिलेसम्मको मतगणना अनुसार भारतीय जनता पार्टीको नेतृत्वमा रहेको नेसनल डेमोक्रेटिक एलाइन्स (एनडिए) ले स्पष्ट बहुमत ल्याउने देखिएको छ ।
ताजा मतपरिणामअनुसार सत्तारुढ एनडिएले ३४३ स्थानमा अग्रता लिएको छ । भारतीय कांग्रेस नेतृत्वको युनाइटेड प्रोग्रेसिभ एलाइन्स भने कमजोर देखिएको छ, उसले ८८ स्थानमा अग्रता लिएको छ भने अन्य दल १११ स्थानमा अगाडि छन् ।
५४३ सिट रहेको लोकसभामा सरकार गठनका लागि २७२ सिट आवश्यक पर्छ । अहिलेसम्मको मतपरिणामले सरकारमा भाजपा नेता नरेन्द्र मोदीको नेतृत्व दोहोरिने देखाएको छ ।
मतगणना आज रातीसम्ममा सम्पन्न हुने निर्वाचन आयोगले जनाएको छ ।
भाजपा नेतृत्वको गठबन्धन ३४३ सिटमा अगाडि, कांग्रेस कमजोर
लोकप्रिय
ध्यानः जीवनको एक रहस्यमयी खोज
पुष्पलाल नै समस्याका जड हुन्

आर्थिक वर्ष सकिन एक साता मात्र बाँकी रहँदा ७२.८० प्रतिशत मात्र बजेट खर्च, राजस्व सङ्कलन…

शालिकराम पुडासैनी मृत्यु प्रकरण: रबि लामिछानेलाई सोधपुछमा बोलाइयो, सोधपुछमा नगए गिरफ्तारीको सम्भावना
