सूचना नेपाल
१२ साउन २०८१, शनिवार

विश्वकप टोलीबाट हटाइएका जुनेद खानको यस्तो विरोध

एजेन्सी । एकदिवसिय क्रिकेटको विश्वकप शुरु हुन अब केहि दिनमात्र बाँकि रहेको छ । विश्वकपमा सहभागि टोलीहरु यहि प्रतियोगिता लक्षित गर्दै आफ्नो अन्तिम टोली घोषणाको क्रममा रहेका छन् ।

केहि अपत्यारिलो अनुहारहरु विश्वकपमा देखिने भएका छन् भने केहि विश्व क्रिकेटमा स्थापित भइसकेका खेलाडीहरुले यो विश्वकप गुमाउने भएका छन् ।

यस्तोमा पाकिस्तानले पनि सोमबार विश्वकप खेल्ने आफ्नो टोलीको घोषणा गरेको छ । उक्त टोलीमा यसअघि सम्भावित खेलाडीको सूचीमा रहेका जुनेद खान, अबिद अली र फहिम असरफले अन्तिम टोलीमा स्थान बनाउन सकेनन् । यी तीनको स्थानमा मोहम्मद आमीर, आसिफ अली र वाहाब रियाजलाई छनौट गरिएको छ ।

इंग्ल्याण्ड विरुद्धको पछिल्लो एकदिवसिय सिरिजमा ४–० ले पराजित भएपछि टोलीमा यस्तो परिवर्तन गरिएको दाबी गरिएको छ ।

टोलीको घोषणा भए लगत्तै सामाजिक संजालको प्रयोग गर्दै विरोध जाहेर गरेका छन् । उनले मुखमा कालो टेप लगाउँदै, ‘म केहि भन्न चाहन्न, सत्य तितो हुन्छ । ’ भन्दै आफ्नो धारणा राखेका छन् ।

जुनेदलाई पाकिस्तानको रिसर्भ खेलाडीको सूचीमा नराखिएपछि यो विषय चर्चित बन्दै गइरहेको छ । उनको उक्त पोष्ट अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ ।

प्रतिकृया दिनुहोस्
ब्रेकिङ न्युज

समाचारसरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो

समाचारनेकपामा पुराना उम्मेदवार दोहोरिएनन्, के होला अर्थमन्त्री खतिवडाको सांसद पद ?

स्वास्थ्यके तपाईंंको पनि हतारमा खाना खाने बानी छ ?

खेलकुदइपिएलमा विदेशी खेलाडीका लागि नयाँ नियम

बिज्ञान / प्रविधीरुसले बनायो आवाजभन्दा २० गुणा तेज उड्न सक्ने मिसाइल, अमेरिका हेरेको हेर्यै

समाचारनेकपाले छान्यो नारायणकाजी श्रेष्ठसहित राष्ट्रिय सभाका १६ उम्मेदवार [नामावलीसहित]

समाचारसामान्य बदलावसहित प्रधानमन्त्री रोजगार कार्यक्रमको निरन्तरता, अढाइ अर्ब चाँडै पठाइँदै

प्रदेश ७डडेल्धुरामा भारी हिमपात : भिमदत्त राजमार्ग अवरुद्ध हुँदा ७ जिल्लाको यातायात ठप्प

अर्थ / पर्यटनसुनचाँदी धितोमा ३६ अर्ब ७९ करोड रुपैयाँ कर्जा

कला / साहित्यकसले पो देख्छ र मनको पहिरो !