सूचना नेपाल
१२ साउन २०८१, शनिवार

भारत र न्युजिल्यान्डबीचको खेल आज पनि वर्षाले प्रभावित भए के हुन्छ?

आइसिसी क्रिकेट विश्वकप २०१९ अन्तर्गत भारत र न्युजिल्यान्डबीचको सेमिफाइनल खेल ‘रिजर्व डे’ अर्थात् बुधबार हुँदैछ।

मंगलबार टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ४६.१ ओभरमा ५ विकेटको क्षतिमा २११ रन बनाएर खेलिरहदा वर्षाले खेल प्रभावित भएको थियो। म्यानचेस्टरमा भएको खेलमा वर्षा नरोकिएपछि खेल बुधबारसम्मका लागि स्थगित गरिएको थियो।

अम्पायरले भारी वर्षाका कारण आउटफिल्ड गिलो भएका कारण रिजर्व डेमा खेल पूरा गर्ने निर्णय गरेका थिए।

अब बुधबार वर्षा नभएको अवस्थामा न्युजिल्यान्डले ४६.१ ओभरदेखि ब्याटिङ गर्नेछ। त्यसपछि भारतले आफ्नो ब्याटिङ सुरु गर्नेछ।

बुधबार पनि वर्षा भएको अवस्थामा भने भारतलाई ओभर घटाएर नयाँ लक्ष्य दिइनेछ। भारतले नयाँ लक्ष्य पाएर खेल हुनका लागि कम्तिमा २० ओभरको खेल सम्भव हुनु पर्नेछ।

भारतले २० ओभरमा १४८ रन, २५ ओभरमा १७२ रन, ३० ओभरमा १९२ रन, ३५ ओभरमा २०९ रन र ४० ओभरमा २२३ रन लक्ष्य पाउनेछ। यस्तै ४६ ओभरको खेल सम्भव भएमा भारतलाई २३७ रनको लक्ष्य दिइनेछ।

वर्षाका कारण २० ओभर पनि खेल हुन नसकेको अवस्थामा भने लिग चरणको अंकको आधारमा नतिजा तय हुनेछ। खेल नभएमा लिग चरणमा शीर्ष बनेको भातरले चौथो बनेको न्युजिल्यान्डलाई पछि पारेर फाइनलमा स्थान बनाउनेछ।

बुधबार वर्षाको सम्भावना
बुधबार नेपाली समयअनुसार दिउँसो सवा तीन बजेदेखि खेल सुरु हुनेछ। ब्रिटेनको मौसम विभागले बुधबार पनि म्यानचेस्टरमा बादल लाग्ने रबेलाबेला वर्षा हुन सक्ने पूर्वानुमान गरेको छ।

बीबीसीको मौसम रिपोर्टले पनि म्यानचेस्टरमा मंगलबार रात बादल लागेको तथा बुधबार विहान र दिउँसो हल्का वर्षा हुन जनाएको छ।

बुधबारको खेलमा मौसमले प्रभाव पार्ने भए पनि मंगलबारकै जस्तो खेल नै हुन नसक्ने स्थिति भने नरहने बताइएको छ।

प्रतिकृया दिनुहोस्
ब्रेकिङ न्युज

समाचारसरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो

समाचारनेकपामा पुराना उम्मेदवार दोहोरिएनन्, के होला अर्थमन्त्री खतिवडाको सांसद पद ?

स्वास्थ्यके तपाईंंको पनि हतारमा खाना खाने बानी छ ?

खेलकुदइपिएलमा विदेशी खेलाडीका लागि नयाँ नियम

बिज्ञान / प्रविधीरुसले बनायो आवाजभन्दा २० गुणा तेज उड्न सक्ने मिसाइल, अमेरिका हेरेको हेर्यै

समाचारनेकपाले छान्यो नारायणकाजी श्रेष्ठसहित राष्ट्रिय सभाका १६ उम्मेदवार [नामावलीसहित]

समाचारसामान्य बदलावसहित प्रधानमन्त्री रोजगार कार्यक्रमको निरन्तरता, अढाइ अर्ब चाँडै पठाइँदै

प्रदेश ७डडेल्धुरामा भारी हिमपात : भिमदत्त राजमार्ग अवरुद्ध हुँदा ७ जिल्लाको यातायात ठप्प

अर्थ / पर्यटनसुनचाँदी धितोमा ३६ अर्ब ७९ करोड रुपैयाँ कर्जा

कला / साहित्यकसले पो देख्छ र मनको पहिरो !